• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

metakhabar by metakhabar
९ भदौ २०८३,
0
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ९ भदौः म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिनुभयो ।

सिँचाइ सुविधा विस्तारका लागि छ हजार पाँच सय ८० मिटर पक्की नहर, पाँच हजार नौ सय मिटर पाइपलाइन जडान र ५९ वटा विभिन्न संरचना निर्माण भएका छन् । खानेपानीतर्फ १२ किलोमिटर सात सय ७० मिटर मुख्य, ६९ दशमलव १४ किलोमिटर शाखा, तीन सय २० घनमिटर क्षमताका २० वटा पानी सङ्कलन गर्ने ट्याङ्की र एक सय ७८ वटा अन्य संरचना निर्माण भएका छन् ।

यस्ता छन् सम्पन्न भएका सिँचाइ आयोजना

रघुगङ्गा गाउँपालिका–३ मा राँखुपिप्ले सिँचाइ योजना, वडा नम्बर १ बृहत् बेगखोला सिँचाइ योजना र बाँदुक सिँचाइ योजना सम्पन्न भएर किसान लाभान्वित भएका छन् । मालिका गाउँपालिका–५ मा गौरखोला सिँचाइ योजना, वडा नं ७ मा बेल्फी लुर्बाङ सिँचाइ योजना, मङ्गला गाँउपालिका–२ मा तल्लो ओखलढुङ्गा गडहरे सिँचाइ योजना, रणबाङ सिँचाइ योजना र घोरेनी कोत्रेबाङ सिम सिँचाइ योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गला–४ मा बुकेनी सिँचाइ योजना, अन्नपूर्ण गाउँपालिका–७ मा औल सिँचाइ योजना, बेनी नगरपालिका–१ मा १९२५ साले सिँचाइ योजना र वडा नम्बर २ मा बगरफाँट सतह तथा भूमिगत सिँचाइ योजना निर्माण भएपछि किसानले समयमै रोपाइँ गर्न पाएपछि खुसी भएका छन् ।

यसैगरी, रघुगङ्गा–३, मौवाफाँटमा घट्टेखोला पुर्नढाँड सिँचाइ योजना, मङ्गला–१ मा तुसारेपानी काउले पैयुँपाटा सिँचाइ योजना, वडा नम्बर २ मा नेवारेखोला सिँचाइ योजना, वडा नम्बर ३ मा अर्जेखोला आरबाङ सिँचाइ योजना, सिमकुना कस्केरी सातबिसे योजना र झ्याप्रेखोला बिसौना सिँचाइ योजना निर्माण भई किसानको खेतमा सिँचाइ सुविधा विस्तार भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिका–९, घतानमा बाहुनपँधेरा पोखरी सिँचाइ योजना, वडा नं ४ मा राहुखोला सिँचाइ योजना, सामतुङ सोता सिँचाइ योजना, मङ्गला–५, अर्मनमा पिपलबोट शेरा सिँचाइ योजना मर्मत र महखोला सिँचाइ योजना र मालिका गाउँपालिका–१ मा खोप्ती सिँचाइ योजना सम्पन्न भएको कार्यालयका इन्जिनियर विश्वासकुमार बस्नेतले जानकारी दिनुभयो ।

सम्पन्न भएका खानेपानी र नदी नियन्त्रण योजनाहरु

चिमखोला भगवती बृहत् खानेपानी योजना, भुकभुके खानेपानी योजना, तल्लो शिख, शिख उपल्लोगाउँ, ओखले, चिप्लेटी, एकपाटे, थाकनपोखरी, डम्मरा, चुत्रेनी खानेपानी योजना सम्पन्न भएका छन् । यसैगरी बिम तल्लो गाउँ लिफ्टिङ, खालखोला थाप्ले, कोसेपानी घोरेपानी र बगुवाखोला खानेपानी आयोजना निर्माण सकिएका कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको छ । यसैगरी चार वटा योजनामार्फत नदी कटान, बाढी र पहिरो रोकथामका लागि २६ मिटर पक्की र ७५ मिटर ग्यावीयन पर्खाल निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका–५ देवीस्थानको पन्थोकमा रहेको गौराखोला लघुजलविद्युत् परियोजना मर्मत गरि एक सय ८० घरमा विद्युत् आपूर्ति गरिएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जातर्फ पुँजीगत शीर्षकमा रु नौ करोड ६४ लाख ८५ हजार बजेट विनियोजन भएकोमा रु आठ करोड ८५ हजार विनियोजन भएको छ ।

Previous Post

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

metakhabar

metakhabar

सम्बन्धित खबर

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
आवाज

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

९ भदौ २०८३,
पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
आर्थिक

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

९ भदौ २०८३,
भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In