• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकीको कटानले जोखिममा पुल

    कालीगण्डकीको कटानले जोखिममा पुल

    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

    चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज खोल्न जर्मनीको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ साउन २०८३,
0
भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण, सीमा विवाद तथा लामो समयदेखि विचाराधीन पानी बाँडफाँटलगायतका विषय समाधान गर्न चाहेको जनाएको छ । बङ्गलादेशको संसद्को विदेश मामिला मन्त्रालयसम्बन्धी स्थायी समितिका अध्यक्ष तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का सांसद जह्रत अदीब चौधरीले भारतसँग ‘राम्रो र स्वस्थ सम्बन्ध’ निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभएको हो ।

एएनआईसँगको कुराकानीमा चौधरीले करिब दुई वर्षको राजनीतिक अस्थिरतापछि गत फेब्रुअरीमा जनादेश प्राप्त गरी सरकार गठन गरेको बीएनपीले विदेश नीतिमा ‘बङ्गलादेश पहिलो’ दृष्टिकोण अपनाएको बताउनुभयो । उहाँले भारतसँगको सम्बन्ध पनि दुवै देशलाई लाभ हुने ‘विन–विन’ रणनीतिका आधारमा अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

“भारत हाम्रो सबैभन्दा ठूलो छिमेकी हो । बङ्गलादेशका लागि हामी हाम्रो छिमेकीसँग राम्रो र स्वस्थ सम्बन्ध राख्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

चौधरीले बङ्गलादेश र भारतबीच केही महत्त्वपूर्ण मतभेद तथा लामो समयदेखि समाधान हुन नसकेका विषय रहेको स्वीकार गर्नुभयो । भारतमा रहनुभएकी पूर्वप्रधानमन्त्री हसिनाको प्रत्यर्पण, सीमा विवाद र पानीको अधिकारसम्बन्धी विषयलाई उहाँले प्रमुख मुद्दाका रूपमा उल्लेख गर्नुभयो ।

“हामीसँग धेरै चुनौती छन् । शेख हसिना अहिले भारतमा हुनुहुन्छ । हाम्रो सीमा विवाद छ र लामो समयदेखि पानीको अधिकारसम्बन्धी मुद्दा पनि बाँकी छन् । त्यसैले भारतसँग हामीले समाधान गर्न चाहेका धेरै विषय छन्”, उहाँले भन्नुभयो ।

बीएनपी सरकारले ती विषयलाई बङ्गलादेशको राष्ट्रिय गरिमा कायम राख्दै व्यावसायिक र सम्मानजनक ढङ्गबाट समाधान गर्न चाहेको चौधरीले बताउनुभयो । उहाँले भारतबाट पनि त्यही प्रकारको प्रतिबद्धता र सम्मानको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

“बङ्गलादेश आफ्ना कुनै पनि छिमेकीसँग वैमनस्यमा विश्वास गर्दैन । तर हामी मर्यादा, सम्मान, आफ्नो उचित अधिकारको स्वीकार र पारस्परिक हितका आधारमा सम्बन्ध अघि बढाउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

चौधरीको यस्तो भनाइ बङ्गलादेशले भारतसँग पूर्वप्रधानमन्त्री हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो गर्न आग्रह गरेको एक दिनपछि आएको हो । भारतीय उच्चायुक्त दिनेश त्रिवेदीले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया तीव्र बनाउने अपेक्षा बङ्गलादेशले गरेको उल्लेख गरिएको थियो ।

बङ्गलादेश सचिवालयस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुवै पक्षले प्रमुख द्विपक्षीय विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री रहमानले बङ्गलादेश र भारतबीचको सम्बन्धलाई अघि बढाउन उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । भेटमा विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।

त्रिवेदीले प्रधानमन्त्री रहमानसँग भेट गर्नुअघि बङ्गलादेशका विदेशमन्त्रीसँग पनि छलफल गर्नुभएको थियो । हसिनाको भारतमा उपस्थितिलाई लिएर पछिल्लो समय ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव बढिरहेका बेला उच्चायुक्त र बङ्गलादेशको शीर्ष नेतृत्वबीच भएको भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि बङ्गलादेशबाट बाहिरिनुभएकी हसिना त्यसयता भारतमा रहँदै आउनुभएको छ । गत अगस्ट ५ मा नयाँदिल्लीमा आयोजित भर्चुअल प्रेस अन्तरक्रियामा उहाँले आफूविरुद्ध जेल वा मृत्युदण्डको जोखिम भए पनि लोकतन्त्र पुनःस्थापना गर्न र देशलाई सही बाटोमा फर्काउन डिसेम्बरमा स्वदेश फर्कने दृढता व्यक्त गर्नुभएको थियो ।

हसिनाको उक्त सार्वजनिक अभिव्यक्तिप्रति बङ्गलादेशले कडा आपत्ति जनाएको थियो । बङ्गलादेशको विदेश मन्त्रालयले त्यसबाट जनताको भावनामा असर परेको र दुई देशबीच सहयोग विस्तार गर्ने प्रयास थप जटिल बनेको जनाएको थियो ।

भारतले भने हसिनासँग सम्बन्धित उक्त कार्यक्रममा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यहाँ व्यक्त गरिएका विचारलाई भारत सरकारले समर्थन नगर्ने बताउनुभएको थियो ।

“तपाईंले उल्लेख गर्नुभएको अन्तरक्रिया निजी सञ्चार संस्थाले आयोजना गरेको हो । यसमा सरकारको कुनै संलग्नता छैन र उक्त मञ्चमा व्यक्त गरिएका कुनै पनि विचारलाई भारत सरकारले समर्थन गर्दैन”, जयसवालले भन्नुभएको थियो ।

बङ्गलादेशको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र समान हितका आधारमा अघि बढाउने बताउँदै आएको छ । हसिनाको प्रत्यर्पणसँगै सीमा, पानी बाँडफाँट र अन्य द्विपक्षीय विषय समाधान गर्न दुवै पक्षबीच निरन्तर संवाद आवश्यक रहेको बङ्गलादेशको भनाइ छ ।

Previous Post

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

Next Post

कालीगण्डकीको कटानले जोखिममा पुल

metakhabar

metakhabar

सम्बन्धित खबर

कालीगण्डकीको कटानले जोखिममा पुल
आवाज

कालीगण्डकीको कटानले जोखिममा पुल

२७ साउन २०८३,
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
आर्थिक

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

२७ साउन २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

२७ साउन २०८३,
चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?
फिचर-ब्यानर

चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

२७ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्न जर्मनीको आग्रह

२७ साउन २०८३,
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
समाचार

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

२७ साउन २०८३,
Load More
Next Post
कालीगण्डकीको कटानले जोखिममा पुल

कालीगण्डकीको कटानले जोखिममा पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In