• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तेल मूल्यको जोखिमबीच भारतमा ब्याजदर यथावत्

metakhabar by metakhabar
२१ साउन २०८३,
0
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको अनिश्चितता र त्यसले मुद्रास्फीतिमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । मुद्रास्फीति तत्काल व्यापक रूपमा नफैलिएको निष्कर्ष निकाल्दै भारतीय रिजर्भ बैंक (आरबीआई) ले थप स्पष्ट अवस्था नआएसम्म मौद्रिक नीतिमा परिवर्तन नगर्ने सङ्केत दिएको छ ।

आरबीआईको छ सदस्यीय मौद्रिक नीति समितिले सर्वसम्मत निर्णय गर्दै वाणिज्यिक बैंकलाई प्रदान गरिने पुनर्खरिद (रेपो) दर ५.२५ प्रतिशतमै कायम राखेको हो ।

फेब्रुअरीदेखि मध्यपूर्वमा उत्पन्न तनावका कारण इन्धनको मूल्यमा उतारचढाव बढेपछि इन्डोनेसिया, श्रीलङ्का लगायतका उदीयमान अर्थतन्त्रका केन्द्रीय बैंकहरूले मुद्रास्फीति नियन्त्रण र आफ्ना मुद्रालाई स्थिर राख्न ब्याजदर बढाएका छन् । भारतले भने हालका लागि प्रतीक्षाको नीति अपनाएको छ ।

भारत सरकारले सीमित रूपमा इन्धनको मूल्य समायोजन गरेकाले युद्धको प्रत्यक्ष आर्थिक असर सर्वसाधारणमा कम देखिए पनि आगामी दिनमा दबाब बढ्न सक्ने सङ्केत देखिएको छ । जुन महिनामा खुद्रा मुद्रास्फीति ४.४ प्रतिशत पुगेको थियो । यो १७ महिनापछि पहिलो पटक आरबीआईको ४ प्रतिशतको मध्यम लक्ष्यभन्दा माथि पुगे पनि अझै २ देखि ६ प्रतिशतको सहनशील सीमा भित्रै रहेको छ ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले घरेलु माग सन्तोषजनक रहेकाले आर्थिक वृद्धि लचिलो अवस्थामा रहेको बताउनुभयो । उहाँका अनुसार मुद्रास्फीतिमा देखिएको वृद्धि मुख्यतः खाद्यान्न र इन्धन आपूर्तिसम्बन्धी दबाबका कारण भएको हो र त्यसले अझै समग्र मूल्य प्रणालीमा व्यापक प्रभाव पारेको छैन ।

उहाँले मुद्रास्फीतिको आगामी दिशा र यसको संरचनाबारे थप स्पष्टता आएपछि मात्रै नीतिगत निर्णय लिन उपयुक्त हुने बताउनुभयो ।

यसैबीच भारतीय रुपैयाँमाथि पनि दबाब कायम रहेको छ । जुन महिनाको मौद्रिक नीति बैठकअघि रुपैयाँ अमेरिकी डलरको तुलनामा ऐतिहासिक न्यून स्तरमा पुगेको थियो । ब्याजदर वृद्धि नगरी आरबीआईले गैरआवासीय भारतीयलाई लक्षित निक्षेप योजनालगायतका उपायमार्फत डलर भित्र्याउने रणनीति अघि बढाएको छ । ती कदमले केही समयका लागि रुपैयाँलाई स्थिर बनाए पनि मुद्रा बजारमा नयाँ चुनौती कायम रहेको विश्लेषण गरिएको छ ।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले आफ्नो कुल कच्चा तेल आयातको करिब आधा हिस्सा हर्मुज जलघाँटी हुँदै प्राप्त गर्ने गर्छ । फेब्रुअरी २८ यता मध्यपूर्वमा बढेको तनावका कारण उक्त समुद्री मार्ग प्रभावित बनेपछि ऊर्जा आपूर्तिसम्बन्धी जोखिम बढेको छ ।

विश्लेषकहरूका अनुसार कच्चा तेल र रासायनिक मलको मूल्य बढ्दा भारतको आयात खर्च उल्लेखनीय रूपमा वृद्धि हुने सम्भावना छ । यसले भारतलाई विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरताबाट बढी प्रभावित हुन सक्ने अर्थतन्त्रमध्ये एक बनाएको उनीहरूको विश्लेषण छ ।

Previous Post

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

Next Post

धनुषामा गतआवमा ५७ किमी सडक ढलान

metakhabar

metakhabar

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

धनुषामा गतआवमा ५७ किमी सडक ढलान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In