• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

metakhabar by metakhabar
११ साउन २०८३,
0
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ । नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको हो ।

तीन सदस्यीय टोलीले आइएसएसमा २४१ दिनको वैज्ञानिक तथा प्राविधिक अभियान पूरा गरेको थियो । यो अभियान विलियम्स र मिकेभका लागि पहिलो अन्तरिक्ष यात्रा थियो भने कुड–स्वेर्चकोभका लागि दोस्रो अन्तरिक्ष मिसन बनेको छ ।

अवतरणपछि चालक दललाई हेलिकप्टरमार्फत कारागान्डा लगिने कार्यक्रम रहेको छ । त्यसपछि नासाका अन्तरिक्ष यात्री विलियम्स अमेरिका फर्केर ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर जानुहुनेछ भने रुसी अन्तरिक्ष यात्री कुड–स्वेर्चकोभ र मिकेभ मस्को नजिकैको स्टार सिटीस्थित प्रशिक्षण केन्द्र फर्कनुहुनेछ ।

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धी रहेका अमेरिका र रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा भने लामो समयदेखि सहकार्य गर्दै आएका छन् । सन् २०२२ मा युक्रेन युद्धपछि दुई देशबीच राजनीतिक सम्बन्ध तनावपूर्ण बने पनि अन्तरिक्ष कार्यक्रमअन्तर्गत दुवै देशले संयुक्त अभियानलाई निरन्तरता दिएका छन् । त्यसअनुसार अमेरिकी र रुसी अन्तरिक्ष यात्रीहरू दुवै देशका अन्तरिक्षयानमार्फत नियमित रूपमा आइएसएसमा आवतजावत गर्दै आएका छन् ।

यसैबीच, जुलाई १४ मा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोसमोसका अन्तरिक्ष यात्री प्योत्र डुब्रोभ र अन्ना किकिना सवार नयाँ टोली कजाकिस्तानस्थित बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपणपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेको थियो । उहाँहरूले आठ महिनाको नयाँ अभियान सुरु गर्नुभएको छ ।

उक्त प्रक्षेपणमा नासाका प्रशासक जारेड आइज्याकम्यान पनि सहभागी हुनुभएको थियो । यो आठ वर्षयता नासा प्रमुखको बैकोनुर कोस्मोड्रोम भ्रमणको पहिलो अवसर भएको जनाइएको छ ।

हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको ‘एक्सपिडिसन–७५’ अभियानमा नासाका जेसिका मीर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोट तथा रोस्कोसमोसका आन्द्रेई फेडयेभ कार्यरत हुनुहुन्छ ।

Previous Post

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

Next Post

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
सुरु भयो मिथिलामा झुलनोत्सव
आर्थिक

सुरु भयो मिथिलामा झुलनोत्सव

३१ साउन २०८३,
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
Load More
Next Post
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In