• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रविधिको सहारामा अन्तरराष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदैः राष्ट्रसङ्घ

metakhabar by metakhabar
६ साउन २०८३,
0
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिणपूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र सङ्गठित सञ्जालको प्रयोग गर्दै एसियाबाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडीसी) को प्रतिवेदनअनुसार, अनलाइन ठगीबाट मात्र सन् २०२५मा विश्वभर करिब ८८ अर्ब ३० करोडदेखि एक खर्ब १४ अर्ब १० करोड अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रतिवेदनले दक्षिणपूर्वी एसियामा केन्द्रित अन्तरराष्ट्रिय अपराध सञ्जाल लागुऔषध, मानव बेचबिखन तथा वन्यजन्तु तस्करीजस्ता गतिविधिमा सङ्लग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ ।

अपराधीले कृत्रिम बुद्धिमत्ता (एआइ), क्रिप्टोकरेन्सी, इन्क्रिप्टेड सञ्चार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धीकरण (मनी लन्ड्रिङ) र पीडितको पहिचान लुकाउनेगरिरहेको प्रतिवेदनमा जनाइएको छ ।

बालबालिका बढ्दो जोखिममा
प्रतिवेदनले एआइ र अनलाइन प्लेटफर्मको दुरुपयोगका कारण बालबालिकामाथिको जोखिम बढेको औँल्याएको छ । दक्षिणपूर्वी एसियामा रहेका सयौँ ठगी केन्द्र मानव बेचबिखन, यौन शोषण तथा बाल यौन दुव्र्यवहार सामग्री उत्पादन र बिक्रीका लागि प्रयोग भइरहेको उल्लेख गरिएको छ ।

युएनओडीसीका अनुसन्धानकर्ता इन्सिक सिमले एआइ प्रयोग गरी तयार गरिएका बाल यौन दुव्र्यवहार सामग्रीमा वृद्धि भएको र त्यस्ता सामग्री इन्क्रिप्टेड सञ्चारमाध्यमबाट फैलाइने गरेको बताउनुभयो ।

प्रतिवेदनका अनुसार आपराधिक समूहले जेनेरेटिभ एआइ, डीपफेक प्रविधि र मालवेयरको प्रयोग गरी यौन शोषण तथा अन्य अपराधलाई थप जटिल बनाइरहेका छन् ।

लागुऔषध र तस्करीको सञ्जाल विस्तार
प्रतिवेदनले दक्षिणपूर्वी एसिया र आसपासका क्षेत्रमा अवैध लागुऔषध कारोबारको वार्षिक मूल्य करिब १०९ अर्ब अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरेको छ ।

मेथाम्फेटामाइन, हेरोइन र केटामाइनजस्ता लागुऔषधको तस्करी बढिरहेको उल्लेख गर्दै प्रतिवेदनले इन्डोनेसिया, मलेसिया र फिलिपिन्सबीचको सुलु–सेलेबेस समुद्री क्षेत्रलाई लागुऔषध तथा अन्य अवैध सामग्री ओसारपसारको महत्वपूर्ण मार्गका रूपमा औँल्याएको छ ।

यस क्षेत्रमा वन्यजन्तु र साना हतियारको तस्करी हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

घोटाला केन्द्रहरू भूमिगत हुँदै
राष्ट्रसङ्घका अनुसार, म्यानमार, लाओस र कम्बोडियाका सीमावर्ती क्षेत्रमा रहेका ठूला घोटाला केन्द्रमाथि कारबाही गरिए पनि अपराधीले आफ्नो गतिविधि अन्य स्थानमा सारिरहेका छन् ।

युएनओडीसीका विश्लेषक सेओङजे शिनले घोटाला केन्द्र बन्द भए पनि अपराध पूर्ण रूपमा रोक्न नसकिएको बताउनुभयो ।

उहाँका अनुसार, यस्ता केन्द्र अहिले भिल्ला तथा अन्य निजी भवनमा सरेर भूमिगत रूपमा सञ्चालन भइरहेका छन् ।

प्रतिवेदनले सङ्गठित अपराध नियन्त्रणका लागि देशबीच सूचना आदानप्रदान, वित्तीय निगरानी, डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव दिएको छ ।

Previous Post

शिक्षा सुधारमा निजी क्षेत्रको सहकार्य अपरिहार्य : शिक्षामन्त्री पोखरेल

Next Post

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
फिचर-ब्यानर

बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

२१ भदौ २०८३,
भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

२१ भदौ २०८३,
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन
फिचर-ब्यानर

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

२१ भदौ २०८३,
बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन
फिचर-ब्यानर

बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

२१ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In