• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

metakhabar by metakhabar
२९ असार २०८३,
0
धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर (धनुषा), २९ असारः मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा विश्वभर परिचित जनकपुरधामले पछिल्ला वर्षमा धार्मिक आस्थाको केन्द्रबाट पर्यटन, संस्कृति, व्यापार र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा आफ्नो पहिचान विस्तार गर्दै गएको छ ।

प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा विदेशी श्रद्धालु तथा पर्यटकको आगमनले जनकपुरधामलाई नेपालको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गरिरहेको छ ।

जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, धनुषसागर, गङ्गासागर, विभिन्न प्राचीन मठ–मन्दिर, मिथिला कला, परम्परागत संस्कृति र धार्मिक उत्सवहरूले जनकपुरधामको पहिचानलाई अन्तरराष्ट्रिय स्तरमा पुर्‍याएका छन् । विशेषगरी भारतसँगको सांस्कृतिक सम्बन्ध, राम–जानकी विवाह परम्परा र विवाहपञ्चमी महोत्सवले धार्मिक पर्यटनलाई थप जीवन्त बनाएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्रदेशको आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने बताउनुहुन्छ । धार्मिक पर्यटनलाई रोजगारी, लगानी र स्थानीय उत्पादनसँग जोडेर अघि बढाउने प्रदेश सरकारको नीति रहेको उहाँको भनाइ छ ।

पर्यटन पूर्वाधार विस्तार, सडक सुधार, सरसफाइ, सुरक्षा तथा पर्यटकमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । जनकपुरधामलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न मन्त्रालयले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेल बताउनुहुन्छ । जनकपुर–अयोध्या धार्मिक सर्किट, निजी क्षेत्रसँगको सहकार्य, पर्यटन पूर्वाधार विस्तार तथा मिथिला संस्कृतिको अन्तरराष्ट्रिय प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो ।

हिन्दू धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा दैनिक हजारौँ श्रद्धालुले दर्शन गर्ने गरेका छन् । दैनिक हुने गङ्गाआरती, विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झूलनोत्सव, दीपावली र छठजस्ता पर्वमा यहाँ लाखौँ श्रद्धालुको उपस्थिति रहने गर्दछ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोषण दास वैष्णवले जनकपुरधाम सम्पूर्ण हिन्दू समुदायको आस्थाको केन्द्र भएकाले यसको धार्मिक गरिमा, मौलिकता र सम्पदाको संरक्षणमा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महन्त राम तपेश्वर दास वैष्णवले जनकपुरधाम धार्मिक आस्था मात्र नभई मिथिला सभ्यता, संस्कृति र आध्यात्मिक जीवनदर्शनको केन्द्र भएको बताउनुहुन्छ । धार्मिक पर्यटनलाई संस्कृति संरक्षणसँग जोडेर अघि बढाउनुपर्ने उहाँको धारणा छ । राम–जानकीसँग सम्बन्धित सम्पूर्ण धार्मिक स्थललाई एउटै धार्मिक पर्यटन मार्गका रुपमा विकास गर्न सके जनकपुरधाम विश्वस्तरीय गन्तव्य बन्नसक्ने सम्भावना रहेको छ ।

जनकपुरधाम धार्मिक पर्यटनसँगै सांस्कृतिक पर्यटनको पनि महत्वपूर्ण केन्द्र हो । मिथिला चित्रकला, मैथिली भाषा, लोकसंस्कृति, परम्परागत वेशभूषा, स्थानीय परिकार तथा सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गरिरहेका छन् । विशेषगरी मिथिला चित्रकलाले अन्तरराष्ट्रिय बजारमा समेत छुट्टै पहिचान बनाएको छ । जनकपुरधामको महत्व धार्मिक पर्यटनमा मात्र सीमित नरही मिथिला सभ्यता, इतिहास, भाषा, साहित्य र संस्कृतिसँग जोडिएको छ । यसको अन्तरराष्ट्रिय पहिचान स्थापित गर्न अनुसन्धान, अभिलेखीकरण र प्रभावकारी प्रचारप्रसार आवश्यक छ ।

धार्मिक पर्यटनसँगै शैक्षिक तथा अनुसन्धान पर्यटनको विकासमा पनि जनकपुरधामको ठूलो सम्भावना रहेको छ । धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । होटल, लज, रेष्टुरेन्ट, यातायात, धार्मिक सामग्री, हस्तकला, मिथिला चित्रकला, फूलमाला, प्रसाद, स्थानीय मिठाई तथा साना व्यवसाय धार्मिक पर्यटककै कारण फस्टाउँदै गर्दा हजारौँ स्थानीय नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।

जनकपुरधाम आउने पर्यटकको यकिन तथ्याङ्क उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयसँग छैन । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेका अनुसार मन्त्रालयमा पर्यटक आगमनको एकीकृत र अद्यावधिक अभिलेख प्रणाली नहुँदा आधिकारिक तथ्याङ्क उपलब्ध गराउन कठिनाइ भएको छ । पर्यटकको यथार्थ तथ्याङ्क सङ्कलन, अभिलेखीकरण तथा पर्यटन व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री बनाउने दिशामा मन्त्रालयले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले धार्मिक पर्यटन स्थानीय व्यापार र सेवा क्षेत्रको मेरुदण्ड बनेको बताउनुभयो । गुणस्तरीय होटल, आधुनिक सुविधा र व्यवस्थित बजार विकास गर्नसके पर्यटकको बसाइ अवधि बढाउन सकिने उहाँको भनाइ छ ।

सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका सल्लाहकार मनिषरमण साहको जोड रहेको छ । धार्मिक पर्यटनलाई उद्योग, व्यापार, स्थानीय उत्पादन र रोजगारीसँग जोड्नसके मधेस प्रदेशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने उहाँको भनाइ छ ।

विवाहपञ्चमी, रामनवमी, छठ, सीता नवमी तथा अन्य धार्मिक पर्वका बेला होटलहरूको ‘अकुपेन्सी’ उल्लेख्य रूपमा बढ्ने गरेको बताइन्छ । जनकपुरधाममा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन गुणस्तरीय सेवा, पर्याप्त आवास, आधुनिक सुविधा र पर्यटनमैत्री वातावरण आवश्यक रहेको छ । जनकपुरधामलाई धार्मिक पर्यटनसँगै सांस्कृतिक तथा सम्मेलन पर्यटनको केन्द्रका रूपमा विकास गर्न सके होटल व्यवसायसहित समग्र स्थानीय अर्थतन्त्रले थप गति लिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

जनकपुरधाममा पार्किङ, सूचना केन्द्र, बहुभाषिक पर्यटक मार्गदर्शक, सरसफाइ, डिजिटल सूचना प्रणाली, हरियाली संरक्षण तथा आधुनिक पूर्वाधार विस्तारमा अझै काम गर्नुपर्ने आवश्यकता छ । धार्मिक सम्पदाको संरक्षणसँगै आधुनिक व्यवस्थापनलाई प्राथमिकता दिन सके जनकपुरधाम दक्षिण एसियाकै उत्कृष्ट धार्मिक पर्यटन गन्तव्य बन्न सक्नेछ । धार्मिक आस्था, मिथिला सभ्यता, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता, स्थानीय आतिथ्य र बढ्दो पूर्वाधार विकासका कारण जनकपुरधाम नेपालको पर्यटन क्षेत्रको उज्ज्वल भविष्य बोकेको नगरीका रूपमा स्थापित हुँदै गएको छ ।

धार्मिक पर्यटनलाई दिगो विकास, रोजगारी सिर्जना, सांस्कृतिक संरक्षण र आर्थिक समृद्धिसँग जोड्नसके जनकपुरधामले नेपालको पर्यटन क्षेत्रमा अझ महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

Previous Post

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

Next Post

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

metakhabar

metakhabar

सम्बन्धित खबर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
समाचार

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

३० असार २०८३,
Load More
Next Post
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In