• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

metakhabar by metakhabar
२९ असार २०८३,
0
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ असारः सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ । ”
भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभएको सभामुख अर्यालले बताउनुभयो ।

“साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गर्नुभयो, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पु¥यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो । नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ । भानुभक्तले रामायण दिनुभयो । रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो । त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ”, उहाँले भन्नुभयो ।

भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिनुभयो । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जोड छ ।

भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन् । कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उहाँहरुले नेपाली साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो ।

साहित्यकार शर्मा उमेर, ज्ञान र सिर्जना वैभवले पाको हुनुहुन्छ । संस्कृतिको खोज र अन्वेषणका लागि समर्पित डा स्टिरले नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँहरूलाई सभामुख अर्यालले सम्मान गर्नुभएको थियो । औपचारिक कार्यक्रम अघि सम्मानित व्यक्तित्वद्वयलाई रथारोहण गरी प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा साहित्यकार एवं विभिन्न विद्यालयका छात्रछात्राको पनि सहभागिता थियो । सो अवसरमा प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

Previous Post

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

Next Post

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
Load More
Next Post
पानी परेपछि पर्साका किसानमा खुशी

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In