• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ असार २०८३,
0
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), २३ असारः गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् ।

एक समय खेतबारीको चहलपहल र मेलापातले गुञ्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेको छ । गाउँमा रहेका अधिकांश बूढापाका छोराछोरी र नाति नातिनाको प्रतीक्षामा दिन बिताइरहेका छन् । चाडपर्व वा विशेष अवसरमा मात्र परिवारका सदस्य घर फर्कने भएकाले वर्षको अधिकांश समय बूढापाका एक्लोपनसँग जुध्न बाध्य छन् ।

तिनाउ गाउँपालिकाकी ७९ वर्षीया धनकला बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नुहुन्न । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःखसुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि धनकलाले एक्लो महसुस गर्दै हुनुहुन्छ ।

तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ५०-६० घरधुरी थियो, गाउँमा उर्वरभूमि थियो । हरेकले आफूलाई पुग्ने खाद्यान्न र तरकारी फलाउँथे । सबैजसोका बारीमा फलफूल थिए । बस्तुभाउ पाल्नका लागि दुःख थिएन तर समयको त्यो चक्र हेर्दाहेर्दै परिवर्तन भएको छ ।

एक दशकयता एकपछि अर्को गर्दै छिमेकीहरू बसाइँसराइ गरी तराई र सहरतिर गएपछि उहाँ एक्लिनिुभयो । उहाँका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोडेर बसाइँ सरेका छन् । यो अवस्था कचल र तानसेनका ग्रामीण क्षेत्रको मात्र होइन सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्र यतिबेला खाली छन् । सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ गर्ने बढेपछि यहाँका घर खाली भएका हुन् । गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्ती रित्तिँदै गएका छन् ।

वैदेशिक रोजगारी र सहरमुखी बसाइँसराइका कारण गाउँका धेरै घर वर्षौंदेखि बन्द छन् । कतिपय घर जीर्ण बन्दै गएका छन् भने केही घरका आँगनमा झारपात उम्रिएका छन् । खेतीयोग्य जमिनसमेत बाँझो हुन थालेपछि गाउँको उत्पादन र आर्थिक गतिविधिमा पनि असर परेको छ । वृद्धवृद्धाले स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक अवस्थामा सहयोग पाउन कठिनाइ हुने गरेको गुनासो गर्छन् ।

हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा सुविधा बढ्दै गएको छ तर गाउँबाट सहर झर्नेहरू घटेका छैनन् । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थातथलो छोडेर सहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ । केही स्थानीय तहले युवालाई रोक्न प्रयास गरे पनि त्यसो हुन सकेको छैन । युवाको पलायन रोक्न नीति तथा कार्यक्रममा केही कार्यक्रम ल्याइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

कृषि क्षेत्रको विकासमार्फत युवा रोजगारी बढ्ने उहाँले विश्वास लिनुभयो । उहाँले भन्नुभयो, “अब जसरी हुन्छ, बसाइँसराइ रोक्नुपर्नेछ ।” मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ स्थानीय सरकारले ध्यान नदिने हो भने गाउँमा बूढाबूढीबाहेक अरू कोही पनि नहुने रिब्दीकोटका गोविन्द पोखरेलको भनाइ छ ।

Previous Post

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

Next Post

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

metakhabar

metakhabar

सम्बन्धित खबर

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

२३ असार २०८३,
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
समाचार

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

२३ असार २०८३,
बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी
फिचर-ब्यानर

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

२३ असार २०८३,
देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ
समाचार

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

२३ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

२३ असार २०८३,
Load More
Next Post
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In