• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग

    मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपति क्षेत्रमा सरसफाइ

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको अमेरिकी सेनाको दाबी

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जानेः सरकार

    स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जानेः सरकार

    जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा

    जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

metakhabar by metakhabar
२० जेष्ठ २०८३,
0
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की, २० जेठः विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताउनुभएको महानगर प्रमुख आचार्यले जानकारी दिनुभयो ।

उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताउनुभयो । विमानस्थलहरूको अन्तरराष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएकोसमेत बताउनुभयो ।

सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गर्नुभयो ।

नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयहरुमा अन्तरराष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तरराष्ट्रिय उडान भर्न सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो ।

“पोखराबाट अन्तरराष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ । पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्नका लागिसमेत अन्तरराष्ट्रिय उडानहरू आवश्यक छ । त्यसतर्फ हामीले जोड दिएका छौँ । आजको भेटले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,” प्रमुख आचार्यले भन्नुभयो ।

भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । मित्रराष्ट्र चीनको सहयोगमा रु २२ अर्ब बढी लगानीमा निर्माण भएर विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तरराष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको छ ।

Previous Post

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

Next Post

नासाका चन्द्रमा योजनामा असर पर्ने चिन्ता, ब्लु ओरिजिनको पुनर्निर्माण २०२८ सम्म लम्बिन सक्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग
आर्थिक

मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग

३ साउन २०८३,
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
जीवन शैली

पशुपति क्षेत्रमा सरसफाइ

३ साउन २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
अन्तर्राष्ट्रिय

इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको अमेरिकी सेनाको दाबी

३ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

३ साउन २०८३,
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जानेः सरकार
अन्तर्राष्ट्रिय

स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जानेः सरकार

२ साउन २०८३,
जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा
फिचर-ब्यानर

जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा

२ साउन २०८३,
Load More
Next Post
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

नासाका चन्द्रमा योजनामा असर पर्ने चिन्ता, ब्लु ओरिजिनको पुनर्निर्माण २०२८ सम्म लम्बिन सक्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In