• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

metakhabar by metakhabar
२० जेष्ठ २०८३,
0
नोट्रे डेममुनि १७ सय वर्षको इतिहास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नोट्रे डेम क्याथेड्रल पुनः खुलिसकेपछि हजारौँ पर्यटकहरू यसको टावर, गार्गोयल र वास्तुकलाको आकर्षण हेर्न लामबद्ध छन् । तर उनीहरू उभिएको जमिनको केही मिटर तल भने पुरातत्त्वविद्हरूले अर्को संसार उजागर गरिरहेका छन्—रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास । फ्रान्सेली सञ्चारमाध्यमले यसलाई ‘शताब्दीको ऐतिहासिक उत्खनन’ भनेर वर्णन गरेका छन् ।

सन् २०१९ को भीषण आगलागीले नोट्रे डेमको शिखर भत्काएपछि विश्वभर चासो पैदा भएको थियो । लामो पुनर्निर्माणपछि क्याथेड्रल सन् २०२४ को अन्त्यमा पुनः खुल्यो । अहिले पेरिस प्रशासनले यसको अगाडिको विशाल खुला क्षेत्रमा रूख, छायाँ र हरियाली थप्दै नयाँ सार्वजनिक चौक बनाउने योजना अघि बढाइरहेको छ । तर यति पुरानो सहरमा जमिन खन्नुअघि त्यसको मुनिको इतिहास पढ्नैपर्ने हुन्छ । यही कारण नोट्रे डेमको अगाडिको भाग अहिले घेराबार गरिएको सक्रिय उत्खननस्थल बनेको छ ।

पर्यटकहरूको लाइनभन्दा केही कदम पर, काठका अस्थायी बाटोले काटिएको खुला खाडलभित्र पुरातत्त्वविद्हरूले जमिनमुनि गाडिएको पेरिसको इतिहास उत्खनन गरिरहेका छन् । पहिलो ऐतिहासिक सङ्केत सतहबाट करिब ५० सेन्टिमिटर तल देखिन्छ भने चार मिटरभन्दा बढी गहिराइमा पुग्दा टोली अझै पुराना सभ्यताका अवशेष निकालिरहेको छ । कतिपय दिन उनीहरूले दशकौँदेखि नछोइएको जमिनबाट १५ वटा टोकरीभरि सामग्री निकाल्ने गरेका छन् ।

पेरिस पुरातत्त्व एकाइकी संरक्षक लुसी एल्टेनबर्गले यस्तो अवसर अत्यन्त दुर्लभ भएको बताउनुभयो । “हाम्रा लागि पेरिसको इतिहासलाई नयाँ रूपमा बुझाउने काममा प्रत्यक्ष संलग्न हुन पाउनु असाधारण अवसर हो”, उहाँले भन्नुभयो ।

उत्खननबाट सयौँ वस्तुहरू फेला परिसकेका छन् । तीमध्ये चौथो शताब्दीको एउटा सिक्कामा रोमन सम्राट कन्स्टान्टाइनको अनुहारको छाप भेटिएको छ । मध्ययुगीन सिरेमिक भाँडाका टुक्राभित्र भेटिएका हल्का रातो अक्षर र रहस्यमय चिह्नहरूले पनि अनुसन्धानकर्तालाई चकित बनाएका छन् । विशेषज्ञहरूका अनुसार ती चिह्नहरूको अर्थ अझै खुल्न बाँकी छ, जसले यो उत्खननलाई आधुनिक रहस्यकथाजस्तै रोचक बनाएको छ ।

म्यानचेस्टरबाट आएका दुई बालबालिकाका साथ लाइनमा उभिएकी ३४ वर्षीया पर्यटक एमिली कार्टरले क्याथेड्रलको अनुभव अब झन् फरक बनेको बताउनुभयो । “तपाईँ क्याथेड्रल हेर्न आउनुहुन्छ, तर अचानक तपाईँको खुट्टामुनि अर्को सहर दबिएको छ भन्ने महसुस गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

पुरातत्त्वविद्हरूका अनुसार प्राचीन सहरहरूमा विकास र इतिहासबीच यस्तै सम्झौता भइरहन्छ । विगत सङ्ग्रहालयभित्र सीमित हुँदैन, बरु सडककै तल गाडिएको हुन्छ । नयाँ पुस्ताले पुरानो संरचनामाथि निर्माण गर्दै जाँदा जमिनको सतह क्रमशः माथि उठ्दै जान्छ । रोममा रोमन साम्राज्य पतन भएयता जमिनको तह करिब नौ मिटर उक्लिएको उदाहरण दिइन्छ । एथेन्सले सन् २००४ को ओलम्पिकअघि मेट्रो बनाउँदा इतिहासकै ठूलो उत्खननमध्ये एक सम्पन्न गरेको थियो । पेरिसमा अहिले भइरहेको काम पनि त्यही परम्पराको निरन्तरता हो ।

यो सम्पूर्ण कथा सेन नदीको टापु ‘इले डे ला साइट’सँग जोडिएको छ, जहाँबाट पेरिसको आरम्भ भएको मानिन्छ । शताब्दीऔँपछि यही स्थानमा नोट्रे डेम उभिएको थियो । उत्खनन टोलीकी प्रमुख पुरातत्त्वविद् क्यामिली कोलोनाका अनुसार सन् ११६३ मा क्याथेड्रल निर्माण सुरु हुँदा अहिलेको खुला चौक क्षेत्रमा घना मध्ययुगीन घरहरू थिए र तिनलाई एउटा मात्र सडकले छुट्याएको थियो ।

टोली अहिले ती पुराना घरहरूको तहखानासम्म पुगिसकेको छ । त्यसको अझ तल छैटौँदेखि दशौँ शताब्दीसम्मका मेरोभिन्जियन र क्यारोलिङ्गियन कालका अन्न भण्डारण खाडलहरू भेटिएका छन् । अझ गहिरो तहमा चौथो र पाँचौँ शताब्दीका रोमन संरचनाका अवशेष देखा परेका छन् । करिब चार मिटरको माटोभित्र २० शताब्दीको इतिहास तहगत रूपमा थुप्रिएको छ ।

बाइस वर्षीया पुरातत्त्व विद्यार्थी यास्मिन बेनालीले उत्खननस्थल हेर्दै पेरिसलाई अब पोस्टकार्डजस्तो स्थिर सहर नभई अझै पत्ता लगाइँदै गरेको जीवित इतिहासजस्तो लाग्न थालेको बताउनुभयो ।

सबैभन्दा उल्लेखनीय सामग्री मध्ययुगीन घरमुनिका पुराना फोहोर खाडल र शौचालयबाट भेटिएका छन् । त्यहाँबाट जनावरका हड्डी, भाँचिएका प्लेट, पूरै संरक्षित जग र कपहरू निकालिएका छन् । युनिटकी पुरातत्त्वविद् भ्यालेन्टाइन ब्रेलोक्सका अनुसार शताब्दीयौँपछि पनि पूर्ण अवस्थाका सिरेमिक सामग्री भेटिनु असाधारण घटना हो । नरम फोहोरले ती वस्तुहरूलाई सुरक्षित राखेको उहाँले बताउनुभयो ।

केही वस्तुहरूले अनुसन्धानकर्तालाई अझ बढी अचम्मित पारेका छन् । सामान्य मध्ययुगीन भाँडाजस्तो देखिने सामग्री सफा गर्दा भित्री भागमा समान प्रकारका रहस्यमय रातो अक्षर र चिह्नहरू फेला परेका छन् । ब्रेलोक्सका अनुसार नोट्रे डेम उत्खननबाट फेला परेका सामग्रीमध्ये यी सबैभन्दा आश्चर्यजनक हुन् ।

सिक्काहरू पनि अनुसन्धानका लागि महत्त्वपूर्ण प्रमाण बनेका छन् । कालो र खिइएका धातुका टुक्राजस्ता देखिएका सिक्का एक्स–रे परीक्षणपछि रोमन सम्राट कन्स्टान्टाइनकालीन रहेको पुष्टि भएको छ । एल्टेनबर्गका अनुसार यस्ता वस्तुहरूले भूमिगत तहहरूको समय निर्धारण गर्न अमूल्य सहयोग पुर्‍याउँछन् ।

रोमनकालीन अवशेषलाई पुरातत्त्वविद्हरूले विशेष महत्त्वका साथ हेरेका छन् । रोमन शासनकालमा पेरिसलाई ‘लुटेटिया’ भनिन्थ्यो र त्यसको केन्द्र नदीको बायाँ किनारमा रहेको मानिन्छ । रोमन साम्राज्य पतनपछि मानिसहरू फेरि इले डे ला साइटतर्फ फर्किए, जहाँपछि नोट्रे डेम निर्माण भयो । पुराना भवनबाट निकालिएका ढुङ्गाले टापुलाई मजबुत बनाइएको प्रमाण पनि टोलीले भेटेको छ । एउटा विशाल रोमन भवनको ढोकाको भाग काटेर उल्टो पार्दै सडक निर्माणमा प्रयोग गरिएको अवशेष पनि फेला परेको छ ।

उत्खननबाट निकालिएको प्रत्येक वस्तु पछि पेरिसको पुरातत्त्व केन्द्रमा पठाइन्छ, जसलाई कोलोनाले ‘पेरिसको विशाल पुरातात्त्विक भण्डार’ भन्नुभएको छ ।

फ्रान्समा यस्ता उत्खनन प्रायः नयाँ निर्माण कार्यसँगै सम्भव हुने गर्छन् । एल्टेनबर्गका अनुसार नोट्रे डेम क्षेत्रमा यस्तो अनुसन्धान सम्भव हुनुको कारण पेरिस सहरले सार्वजनिक चोकलाई पुनः डिजाइन गर्ने निर्णय गर्नु हो ।

नयाँ चोक सन् २०२८ सम्ममा तयार हुने लक्ष्य राखिएको छ । त्यहाँ १६० नयाँ रूख रोपिनेछन्, ढुङ्गामाथि पानीको पातलो तह बहाइनेछ र बढ्दो गर्मीको सामना गर्न चिसोपन दिने संरचना बनाइनेछ । अहिले घाममा लामबद्ध हुने पर्यटकहरू भविष्यमा छायाँमुनि क्याथेड्रल प्रवेशको प्रतीक्षा गर्न सक्नेछन् । पुरानो भूमिगत पार्किङस्थललाई आगन्तुक केन्द्रका रूपमा पुनः सञ्चालन गर्ने योजना पनि छ ।

तर पुरातत्त्व टोलीको ध्यान अझै जमिनमुनि छ । उनीहरू रोमन तहभन्दा पनि तल पुगेर पेरिसको पहिलो पहिचानसँग जोडिएका गौल सभ्यताका सङ्केत खोज्न चाहन्छन् । एल्टेनबर्गले भन्नुभयो, “हाम्रो आशा पहिलेभन्दा पनि अझ पुरानो इतिहाससम्म पुग्ने हो ।”

Previous Post

सत्तरी वर्षमा नागरिकता !

Next Post

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

metakhabar

metakhabar

सम्बन्धित खबर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
फिचर-ब्यानर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

२० जेष्ठ २०८३,
जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
फिचर-ब्यानर

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

२० जेष्ठ २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
फिचर-ब्यानर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

२० जेष्ठ २०८३,
थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
समाचार

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

२० जेष्ठ २०८३,
संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने
फिचर-ब्यानर

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

२० जेष्ठ २०८३,
नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने
समाचार

नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

२० जेष्ठ २०८३,
Load More
Next Post
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In