• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलमा आज दुईवटा खेल

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ भदौ २०८३,
0
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

त्रिशूली (नुवाकोट), १९ भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धार, राहत वितरण एवं पुनरुत्थानका विषयमा जिल्लास्थित सरोकारवालासँग छलफल गर्नुभएको छ ।

बिहीबार नुवाकोट आउनुभएकी मन्त्री रावलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनधनको क्षति, उत्पन्न समस्या तथा तत्काल गर्नुपर्ने समाधानका विषयमा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गर्नुभएको हो ।

विदुर नगरपालिकाका जनप्रतिनिधिसहित जिल्लास्थित सरोकारवालासँगको छलफलमा मन्त्री रावलले अकल्पनीय विपत्तिका बीच जतिसक्दो छिटो गरिएको खोज तथा उद्धार, विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न सञ्चालन गरिएको ‘होल्डिङ सेन्टर’ तथा त्यसको व्यवस्थापनको प्रशंसा गर्नुभयो ।

“जनप्रतिनिधि र कर्मचारी स्वयं प्रभावित भएको अवस्थामा पनि दिनरात नभनी बाढीपीडितको असहज परिस्थितिलाई सहज बनाउन पु¥याएको योगदान उच्च छ”, मन्त्री रावलले भन्नुभयो, “अकल्पनीय विपत्तिमा गरिएको उद्धार, विस्थापित नागरिकलाई सुरक्षित बासस्थानमा राख्ने कार्य र असहज परिस्थितिलाई सहज बनाउन भएका अभ्यास सबैका लागि नमुना बनेका छन् । अब यही सन्देश पुनरुत्थानको काममार्फत पनि दिनुपर्दछ ।”

मन्त्री रावलसँगको छलफलमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपीडित नागरिकका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सुरक्षित बसोबास सुनिश्चित गर्न तीन तहका सरकारबीच विशेष पहलसहित निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले तत्कालको उद्धार कार्य सम्पन्न भए पनि बाढीबाट प्रभावित नागरिकका घर तथा संरचनाको खोजी, अवरुद्ध सडक तथा पहुँच मार्ग तत्काल सञ्चालनमा ल्याई प्रभावित क्षेत्रको आवागमन सहज बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, विगतमा पुल रहेका स्थानमा तत्काल बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन उहाँले माग गर्नुभयो ।

‘होल्डिङ सेन्टर’मा बसोबास गरिरहेका बाढीपीडितलाई दीर्घकालीन समाधानसहित सुरक्षित र सम्मानजनक रूपमा घर फर्काउने वातावरण बनाउन तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

“बाढीबाट बेत्रावती, भैँसे, अक्करे, त्रिशूली, देवीघाटलगायत बजार उठिबास लागेको छ । नयाँ बस्ती निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक जग्गाको व्यवस्थापनमा सङ्घीय सरकारको साथ खोजेका छौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विपद्का कारण आर्थिक रूपमा प्रभावित भएका र प्रभावित क्षेत्रका नागरिकले लिएको ऋणमा लचकता अपनाई अनुदान र थप सहयोग भएमा लक्ष्यभित्र पुनरुत्थान सम्पन्न गर्न सकिने छ ।”

मन्त्री रावललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी उपरीक्षक विपिन रेग्मीलगायत जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरूले जिल्लाका होल्डिङ सेन्टरको अवस्था तथा व्यवस्थापन, प्राप्त राहत सामग्री र त्यसको समानुपातिक वितरणका साथै नागरिकको दैनिक जनजीवनसँग जोडिएका स्वास्थ्य, आवागमन, विद्युत्, खानेपानीलगायतका विषयमा जानकारी गराएका थिए ।

अघिल्लो समाचार

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

अर्को समाचार

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१० कात्तिक २०८३,
बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?
खेलमैदान

बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

१० कात्तिक २०८३,
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का
आवाज

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो
टुरिजम

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित
समाचार

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
सुनको मूल्य घट्यो

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१० कात्तिक २०८३,
बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

१० कात्तिक २०८३,
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन