• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ५ जेठः सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो ।

बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । “क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवि (किरा÷जुका)को अवस्थाका विषयमा पनि अध्ययन भइरहेको छ ।”

हाब्रेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरि अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ । समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ््कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको कार्यक्रम अधिकृत राइले बताउनुभयो । सो क्षेत्रमा छवटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उहाँले बताउनुभयो ।

स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्विर भिडियो सार्वजनिक गरेका थिए ।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

Previous Post

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

Next Post

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

metakhabar

metakhabar

सम्बन्धित खबर

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
आर्थिक

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

२२ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
आर्थिक

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
बागरमा खानेपानीको समस्या
आवाज

बागरमा खानेपानीको समस्या

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समाचार

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२२ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
फिचर-ब्यानर

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२२ असार २०८३,
Load More
Next Post
नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In