• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ५ जेठः बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाको तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित हुनुहुन्छ । उहाँको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतका अनुभव सँगालेका आचार्य विगत लामो समयदेखि कृषिका क्षेत्रमा सक्रिय बन्दै नयाँनयाँ प्रयोग गर्दै आउनुुभएकामा २०७८ सालदेखि ‘तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म’ मार्फत आफ्नो कृषिकर्मलाई थप व्यावसायिक बनाउनुुभएको छ ।

आचार्यले गरिरहनुुभएको तरबुजाखेतीसहितको पशुपालन, तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन अरुका लागि पनि दरिलो पाठशाला बनेको छ । अघिल्लो वर्ष ज्ञानबहादुर कार्कीसँगको सहकार्यमा संयुक्त रुपमा तरबुजाखेती गर्नुुभएका उहाँले यस वर्ष भने एकल रुपमा नै ४० रोपनी क्षेत्रफलमा यो खेती गर्नुुभएको हो । हरेक तरबुजाको बिरुवामा सुरौदी खोलाको पानीलाई मोटरमार्फत तानेर थोपा सिँचाइ प्रणालीलाई उहाँले उपयोग गर्नुुभएको छ ।

यस वर्ष तरबुजा खेती लगाएपछि दुई पटकसम्म असिनाले क्षति पु¥याए पनि लगभग ३० हजार किलो बजारमा बिक्री गर्न सकिने आचार्य बताउनुहुन्छ ।

“असिनाका चोटसँगै केही दिनयता लगातार आएको पानीका कारण केही तरबुजा कुहिने डर छ”, उहाँले भन्नुुभयो, “अघिल्लो वर्ष यस क्षेत्रकै बागमारा, खुदी, गगनगौँडा, खल्याण, दुलेगौडा हुँदै पोखरासम्म बिक्री भएका कारण यस वर्ष पनि बिक्री सहजै हुने विश्वास लिएको छु ।”

आचार्यले फर्ममा थप १० रोपनी क्षेत्रफलमा घिरौँला, काँक्रा, लौका, फर्सी, करेला आदिको खेती गरिहनुुभएको छ भने भैँसीपालन पनि सँगसँगै गरिहनुुभएको छ । उहाँको फर्ममा हाल ३० वटा भँैसी छन् । पछिल्ला वर्षमा आचार्य जस्तै पोखराका विभिन्न स्थानमा कृषकले तरबुजाखेती गरिहेका छन् ।

यस वर्ष पोखराका विभिन्न स्थानमा ५०० रोपनी क्षेत्रफल जमिनमा तरबजुजाखेती भइरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । पछिल्ला वर्षमा महानगरपालिकाले तरबुजा खेतीका लागि अनुदानलगायत कार्यक्रम बढाइरहेको छ ।

महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको जानकारी दिँदै प्रमुख कडरियाले यस वर्ष तरबुजाखेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरिएको बताउनुुभयो ।

“पोखरा महानगरपालिकामा यस वर्ष तरबुजाखेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएको छ”, उहाँले भन्नुुभयो । प्रमुख कडरियाका अनुुसार महानगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागेको छ । तरबुजाखेतीप्रतिको आकर्षण बढाउनकै लागि पोखरा महानगरपालिका वडा नं १३ मा पोखरा तरबुजा मेला–२०८३ गर्न लागिएको छ ।

पोखरामा भइरहको तरबुजाखेतीको प्रवद्र्धनसँगै कृषकलाई यसतर्फको आकर्षण बढाउनले लक्ष्यका साथ महानगरपालिकाको कृषि विकास शाखा र वडा नं १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकलाई सम्मान गर्ने कार्यक्रमसँगै तरबुजा सम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा गरिनने महानगरपालिकाले जनाएको छ ।

Previous Post

समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

Next Post

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

metakhabar

metakhabar

सम्बन्धित खबर

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
आर्थिक

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

२२ असार २०८३,
बागरमा खानेपानीको समस्या
आवाज

बागरमा खानेपानीको समस्या

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समाचार

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२२ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
फिचर-ब्यानर

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

२२ असार २०८३,
Load More
Next Post
‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In