• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

metakhabar by metakhabar
१३ बैशाख २०८३,
0
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बसाइसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चिया खेती लगाउने जुक्ति निकाले

अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–७ मा पर्ने रेशगाउँमा अहिले चिया खेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकर्षित हुँदै गएका छन् । सात वर्ष अगाडि सुरु गरेको चिया खेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनीखोस्री चियाका बिरुवा लगाउन सुरु गरेका छन् । बसाइसराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउको चिया बगानले गाउँलेलाई खुसीमात्रै दिएको छैन, आयआर्जनमा पनि टेवा पुर्‍याउन थालेको छ ।

विसं २०७६ मा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार बिरुवा ल्याएर परीक्षण लगाइएको थियो । सुरुमा बिरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै लागेको थिएन । कतिपयले त ‘नहुने काम गर्ने थाले’ भन्थे । तर विस्तारै बिरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको वडाध्यक्ष लामिछानेले बताए । अहिले अघिल्लो वर्षको तुलनमा धेरै उत्पादन भएको छ ।

सुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चिया खेती सुरु गरिएको र अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको छ । अहिले गाउँका खाली जग्गामा रहेको झाडीसमेत फाडानी गरेर चिया लगाइएको वडाध्यक्ष लामिछाने बताए ।

उनले भने, “चिया खेती फष्टाएपछि हामी निकै उत्साहित भएका छौँ, हिजोका दिनमा बाँझो बनेको जमिन अहिले चियाले ढाकिएको छ, पैसा फल्न थालेको छ, हामीले गाउँका सबै नागरिकलाई जोड्न थालेका छौँ, चियाले अब बसाइसराइ पनि रोकिने अपेक्षा लिएका छौँ, अहिले व्यक्तिगत रूपमा धेरैले चियाका बिरुवा लगाउन थाल्नुभएको छ ।”

रेश साना किसान सहकारी संस्थामार्फत चिया खेती थालिएको थियो । वडाध्यक्ष लामिछानेका अनुसार वर्षको नौ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुई पटक टिपेको भन्दै प्रतिकिलो रु दुई हजारमा बिक्री हुने गरेको छ । यस वर्ष रु २० लाखको चिया बिक्री हुने अपेक्षा छ । रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताए ।

उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । अहिले बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताउनुहुन्छ । अहिले रेश गाउँको टिङरिङ, बौर, फलायडाँडालगायत ३०० रोपनी क्षेत्रमा चिया खेती गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । चियाखेतीमा गाउँका करिब २८० परिवार आबद्ध छन् ।

जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर थापाले चियाखेतीले गाउँमा उत्साह जगाएको बताए । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उनको भनाइ छ । चियाखेतीका लागि गाउँले एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको अध्यक्ष थापाले बताए ।

Previous Post

बाह्र दिनमा चार सय २२ विपद्का घटना

Next Post

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In