• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एआईसँग बलिउडको नयाँ दौड

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
एआईसँग बलिउडको नयाँ दौड

This photograph taken on April 11, 2026 shows visuals from Maharaja in Denims, a book adaptation being developed as the world’s first full-length AI-generated realism film, displayed on computers at the residence of Khushwant Singh, the book's author and co-founder of artificial intelligence-driven production house Intelliflicks Studios in Chandigarh. Many filmmakers fear the existential threat of artificial intelligence, but in India the race is on to produce the first hit Bollywood feature generated by the technology. One contender is "Maharaja in Denims", based on a popular 2014 novel by Khushwant Singh and set for cinematic release this summer. (Photo by Tauseef MUSTAFA / AFP) / To go with 'India-Entertainment-Bollywood-AI' FOCUS by Seema SINHA

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही दौडमा अग्रपङ्क्तिमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ ।

खुशवन्त सिंहको सन् २०१४ को लोकप्रिय उपन्यासमा आधारित यो फिल्म यसै गर्मीमा प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ । परम्परागत फिल्म निर्माणभन्दा फरक, यसमा कलाकार, महँगो सेट वा लामो सुटिङ तालिकाको आवश्यकता नपरेको निर्माण टोलीले जनाएको छ । “यहाँ कलाकारको पारिश्रमिक छैन, ढिलाइको झन्झट छैन, सेट निर्माणको बोझ पनि छैन—यो दिमाग र मेसिनबीचको सिर्जनात्मक सहकार्य हो”, सिंहले भन्नुभयो ।

भारतीय फिल्म उद्योगले बर्सेनि दुई हजारभन्दा बढी फिल्म उत्पादन गर्ने क्षमतासहित एआईलाई छिटो आत्मसात गरिरहेको छ । यसको विपरीत, हलिउडमा भने एआईको प्रयोगलाई लिएर विवाद, हड्ताल र कडा युनियन सर्तहरू देखिएका छन् । भारतमै ‘चिरञ्जीवी हनुमानः द इटर्नल’ र कन्नड भाषाको ‘लभ यु’ जस्ता परियोजनाहरू पनि एआईमा आधारित अग्रगामी प्रयासका रूपमा प्रस्तुत भइरहेका छन् ।

यद्यपि, सबै परियोजनाहरू सहज छैनन् । ‘नाइशा’ नामक अर्को एआई फिल्म प्राविधिक समस्याका कारण निर्धारित समयमै प्रदर्शन हुन सकेन । ‘महाराजा इन डेनिम्स’ पनि एआई प्रविधिको तीव्र विकासका कारण बारम्बार परिमार्जन गर्नुपर्दा ढिलाइको सामना गर्न बाध्य भएको थियो । “नयाँ प्रविधि प्रयोग गर्ने लोभले पहिले तयार सामग्री पनि असन्तोषजनक लाग्छ, तर यसले लागत बढाउँछ”, सिंहले स्वीकार गर्नुभयो ।

सन् २०२४ मा सुरु गरिएको यस परियोजनामा सिंह र इन्टेलिफ्लिक्स स्टुडियोका सह–संस्थापक गुरदीप सिंह पालले निर्देशक र सिनेमाटोग्राफरसहित सानो टोली बनाएर काम अघि बढाउनुभएको थियो । पाल यसअघि माइक्रोसफ्टमा एआई र प्रोडक्ट विकाससँग सम्बन्धित जिम्मेवारीमा रहनुभएको थियो ।

फिल्मको कथा एक किशोर वरिपरि केन्द्रित छ, जसले आफू १९औँ शताब्दीका सिख शासक महाराजा रणजीत सिंहको पुनर्जन्म भएको विश्वास गर्छ । यस्ता ऐतिहासिक र बहुपरत कथा सामान्यतया महँगो निर्माणसँग जोडिन्छन्, तर एआईले लागतलाई करिब दशौँ भागमा सीमित गरेको निर्माण पक्षको दाबी छ ।

तर यथार्थपरक दृश्य निर्माण सबैभन्दा ठूलो चुनौती बनेको छ । एआई मोडेलहरू भारतीय अनुहार र सिख ऐतिहासिक पात्रहरूका लागि पर्याप्त प्रशिक्षित नभएकाले बारम्बार समस्या समाधान गर्नुपरेको थियो । “पश्चिमी कथा बनाउन सजिलो हुन्थ्यो, किनकि मोडेलहरू त्यसका लागि तयार छन्”, सिंहले भन्नुभयो, “यदि चुनौती थाहा हुन्थ्यो भने सायद फरक कथा रोज्ने थियौँ ।”

फिल्ममा पूर्ण एआई प्रयोग भए पनि केही मानवीय पक्ष जोगाइएको छ । विशेषगरी, सङ्गीतमा परम्परागत शैली समेटिएको छ, जसमा चर्चित गायक सुखविन्दर सिंहको स्वर रहनेछ । “भारतमा दर्शकले सङ्गीत हेर्छन्, त्यसैले यसलाई समावेश गर्नु आवश्यक हुन्छ”, सिंहले भन्नुभयो ।

एआई फिल्म निर्माणप्रति रुचि फिल्म उद्योगबाहिर पनि फैलिन थालेको छ । सिंहका अनुसार केही मन्दिर ट्रस्टहरूले समेत पौराणिक कथामा आधारित एआई फिल्म बनाउन प्रस्ताव पठाएका छन् ।

चुनौतीहरू हुँदाहुँदै पनि सिंह एआईले फिल्म उद्योगलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुहुन्छ । “प्रविधि यसरी अघि बढ्दै जाँदा कुनै गाउँमा बसेको १८ वर्षको युवाले पनि ठूला स्टुडियोलाई चुनौती दिन सक्नेछ”, उहाँले भन्नुभयो ।

Previous Post

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

Next Post

‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

metakhabar

metakhabar

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In