• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

    बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

    सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…

    भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

    ‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

    ‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

    पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’

    पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम, ५ वैशाखः विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलुखेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका–४ जस्बिरे गाउँ आइपुग्नुभएको थियो । रिसालले यहाँ आउँदा आलुखेती मात्र सिकाउनुभएन । उहाँले चिया रोप्न पनि सिकाउनुभयो । त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन गर्नुभएका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरुले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर अहिले उहाँका छोराहरुले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको छ ।

सूर्यका चार भाइ छोरा हुन् । त्यसमध्येका जेठो र माइलो शरद् र गृष्मले १० वर्षअघि जम्मा १४ लाख रुपैयाँ लगानीमा उद्योग सुरु गर्नुभएको थियो । हाल सो उद्योगको लगानी आठ करोड रुपैयाँ पुगिसकेको छ । उहाँहरुले आफ्नो ६० रोपनी जमिनमा चियाखेती गर्नुभएको छ । चार सय रोपनी जमिन भाडामा लिएर चियाखेती गर्नुभएको छ ।

गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया यही उद्योगमा आउँछ । वार्षिक ३० हजार केजी तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस उद्योगले यस वर्षदेखि एक लाख केजी तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँ उत्पादित चियाको मुख्य बजार नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क, र जर्मनीलगायतका देश हुन् ।

जस्बिरे चिया प्रशोधन उद्योग ब्रान्डका रुपमा स्थापित हुनुका पछाडि सुब्बा परिवारको अथक मेहनत उदाहरणीय छ । सूर्यका जेठा छोरा गृष्म उद्योगको बजार व्यवस्थापन गर्नुहुन्छ । माइला शरद् नेपालकै ‘बेस्ट टी मेकर’ हुनुहुन्छ । उहाँले काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा ‘बेस्ट टि मेकर’को अवार्डसमेत प्राप्त गर्नुभएको थियो । उहाँले चिया बनाउन थाल्नुभएको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरद्ले बनाउने गर्नुहुन्छ ।

साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । मेसिन फेर्ने, बनाउने वा हटाउनेसहितका काम उहाँको जिम्मामा छ । कान्छा छोरा विकल्प अष्ट्रेलियामा मार्केटिङबारे अध्ययनरत हुनुहुन्छ । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आउनुभएको छ । उहाँको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो ।

यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुने गरेको छ । “उद्योगमा हामी परिवारका सदस्य सबै खटिएका छौँ”, गृष्मले भन्नुभयो । हाल सात हजार केजी ‘स्पेशल टी’ र अन्य सबै किसिमका गरी ३० हजार केजी तयारी चिया उत्पादन हुने गरेको गृष्म बताउनुहुन्छ । जस्बिरे चिया उद्योगको पहिचान ‘स्पेशल टी’ हो । यस उद्योगमा ‘स्पेशल टी’ मात्र वार्षिक सात हजार केजी उत्पादन हुँदै आएको छ ।

“एक वर्षमा स्पेशल टी मोटामोटी सात हजार केजी उत्पादन हुन्छ । सुइरोबाट मात्र उत्पादित दुई हजार केजी हुन्छ । किनकी त्यसलाई धेरै मेहेनत पर्छ”, माइला छोरा शरद्ले भन्नुभयो, “अरु ‘स्पेशल टी’ एक पात एक सुइरो, दुई पात एक सुइरो, तीन वा चार पात एक सुइरोको फरक स्वाद हुन्छ । फरक सिजन, मौसम र उचाइअनुसार उत्पादन हुने चियाको स्वाद फरक हुन्छ । मूल्य पनि फरक हुन्छ ।”

उहाँका अनुसार विश्व बजारमा ‘स्पेशल टी’ को माग धेरै छ । यहाँ उत्पादन भएको ‘स्पेशल टी’ उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्छ । दराज अनलाइनमा त्यही चियाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकेजी रहेको छ । उहाँका अनुसार विदेशमा सोही चियाको प्रतिकेजी मूल्य एक लाख रुपैयाँ नेपालीसम्म पर्छ ।

गत वर्षसम्म उद्योगको क्षमताले माग धान्न सकेको थिएन । तर, यसवर्ष उद्योगमा पूर्वाधार र प्रविधि थपिएको छ । अब २५ हजार केजी तयारी चिया उत्पादन गर्दै आएको उद्योगले वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्ने तयारी थालेको छ । “यसअघि आठ करोड रुपैयाँसम्मको कारोबार थियो, यस वर्षदेखि बढ्छ । वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्न उद्योगको क्षमता बढाएका छौँ”, गृष्मले भन्नुभयो, “उद्योगमा नियमित काम गर्ने २६ जना हुनुहुन्छ । स्पेशल टी भएकाले मेसिनभन्दा बढी हातकै काम हुन्छ । टिप्ने, केलाउनेजस्ता काम भएकाले महिला कामदार बढी हुनुहुन्छ ।”

त्यसो त यो सफलताको कथामा छैन । दुई वर्षअघि उद्योग जलेर ध्वस्त भएको तीतो कथा पनि शरद्ले सुनाउनुभयो । २०८१ फागुन १३ गते उद्योगमा आगलागी हुँदा आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको थियो । उहाँका अनुसार चार करोड बराबरको अर्गानिक अर्थाेडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना जलेर नष्ट भएको थियो । विद्युत् सर्ट भई आगो लाग्दा उद्योग पूर्ण रूपमा जलेको थियो । “पुनः शून्यबाट उठ्नुपर्ने अवस्था भएकाले हाल बैंकको ऋण चार करोड रुपैयाँ छ”, उहाँले भन्नुभयो ।

जस्बिरे गाउँका सबै घरपरिवारको मूख्य आयस्रोत चियाखेती नै हो । “गाउँमै उद्योग छ । नबिक्ला की भन्ने पीर छैन । अन्य खेती छोडेर गाउँ नै चियामय बनाइयो”, स्थानीय किसान मिलन मुखियाले भन्नुभयो, “सुब्बा परिवारको उद्योगले हामी गाउँलेलाई झन् सजिलो भएको छ ।” जस्बिरेमा चिया रोप्नुपर्छ भन्ने सुरुआत लेखक तथा पत्रकार स्व भैरव रिसालले गर्नुभएको हो । उहाँ पहिलोपटक विसं २०४२ मा जस्बिरे आउनुभएको थियो ।

“भैरव सरले हामीलाई आलु रोप्ने उन्नत विधि सिकाउनुभयो । उहाँकै सक्रियतामा यहाँ चिया विस्तार आयोजनाको अवधारणा सुरु भयो”, सूर्य सुब्बाले भन्नुभयो, “त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजना कार्यालय हुँदै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । भैरव सरले यहाँ आएर आलु, चियाखेती गर्न मात्र होइन, गाउँमा विकासको लहर भित्र्याएर जानुभएको थियो ।”

त्यसो त जस्बिरे गाउँ र चियाको इतिहास सुब्बा परिवारसँग जोडिएको छ । राणाकालमा जस्बिर सिंह सुब्बाको नामबाट जस्बिरे गाउँ रहेको बताइन्छ । तिनै जस्बिर सिंह, सूर्य सूब्बाका हजुरबुवा हुनुहुन्थ्यो । तत्कालीन राणाहरू सदरमुकाम स्थापनाका लागि विभिन्न ठाउँ हुँदै कुटीडाँडासम्म आइपुगेका थिए । उनीहरूसँगै आएका विभिन्न जातजातिका मानिसमध्ये जस्बिर सुब्बा पनि एक हुनुहुन्थ्यो । अरू सबै फर्किए, तर जस्बिर सुब्बा भने त्यहीँ बसिरहनुभयो । समय बित्दै जाँदा उहाँको बसोबास रहेको ठाउँ ‘जस्बिरे’ नामले चिनिन थालेको इतिहासमा पाइने पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले बताउनुभयो ।

उद्यमी गृष्मका अनुसार, चिया तीन प्रकारको हुन्छ । सिटिसी, अर्थोडक्स र स्पेशल । सिटिसी मधेसमा उत्पादन मात्र हुन्छ । अर्थोडक्स पहाडमा हुन्छ । अन्तरराष्ट्रिय बजारमा बढी माग हुने अर्गानिक स्पेशल टी हो । “जस्बिरेमा चिया बुझ्न देश, विदेशका पाहुना आउँछन् । हामी उत्पादन, प्रशोधन र मार्केटिङसम्मका कुरा सिकाएर पठाउँछौँ”, उहाँले भन्नुभयो ।

उहाँहरु जिल्लाकै सफल र उदाहरणीय उद्यमी रहेको इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले बताउनुभयो । “हामीले धेरै अनुदान दिएर होइन । आफ्नै बलबुता र अध्ययनले स्थापित हुनुभएको हो”, प्रमुख थापाले भन्नुभयो ।

सरकारकोे अनुदानभन्दा पनि आफैँ गर्नुपर्छ भन्ने हिम्मत आवश्यक रहेको गृष्मको भनाइ छ । “हामीले यस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा संसारका मान्छेलाई थाहा छैन । त्यो काम हाम्रो पहुँचले भ्याउँदैन । यस्तो कुराचाहीँ सरकारले मार्केटिङ गर्दिए हुन्थ्यो जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “अनुदानका नाममा एक बेला उन्नति परियोजनाले हामीलाई ५० प्रतिशत अनुदान दियो । त्यो बेला हाम्रो उद्योग सानो थियो । हामीलाई सतप्रतिशत अनुदान पा जस्तै भयो । हामीलाई रु ७० लाख जति अनुदान दिइएको थियो ।”

Previous Post

एआईसँग बलिउडको नयाँ दौड

Next Post

पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’

metakhabar

metakhabar

सम्बन्धित खबर

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश
आवाज

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

५ बैशाख २०८३,
बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो
फिचर-ब्यानर

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

५ बैशाख २०८३,
सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…
समाचार

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

५ बैशाख २०८३,
‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि
फिचर-ब्यानर

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

५ बैशाख २०८३,
पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’
फिचर-ब्यानर

पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’

५ बैशाख २०८३,
Load More
Next Post
पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’

पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In