• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    यस्तो छ आजको मौसम पूर्वानुमान

    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    यस्तो छ आजको मौसम पूर्वानुमान

    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रतिनिधिसभा : ‘अब आश्वासन होइन, डेलिभरी चाहिन्छ’

metakhabar by metakhabar
२५ चैत्र २०८२,
0
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ चैत : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विशेष अवस्थामा भएको निर्वाचनबाट विजयी भएको दल र सरकारले जनतालाई सुशासन दिनुपर्नेमा दिनुभएको छ ।

सभाको आजको विशेष समयमा दलीय आधारमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लीमा अधिकारीले नयाँ सरकारले चालेका सुधारात्मक कामको प्रशंसा गर्दै समग्र आर्थिक विकासको नयाँ आयाम दिन सरकार सफल हुनुपर्ने बताउनुभयो । उहाँले अब जनतालाई आश्वासन र भागभण्डा होइन डेलिभरी चाहिने भएकाले त्यसअनुसार सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही पार्टीका जगदीश खरेल (ललितपुर) ले सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच भएको सम्झौताको अक्षरशः पालना हुनुपर्ने बताउनुभयो । रास्वपाकै समीक्षा बास्कोटाले उच्च सम्भावना भएको कर्णाली प्रदेशलाई उपेक्षामा नराख्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका जनकराज गिरीले जमुनादेखि हिल्सासम्म हुँदै मानसरोवरसम्मको त्रिदेशीय मार्गलाई स्तरोन्नती गर्न सके बाजुराको पर्यटन, रोजगारी र स्थानीय उत्पादन वृद्धि हुने बताउनुभयो । उहाँले सेती लोकमार्ग निर्माण अलपत्र परेकाले शीघ्र निर्माणमा जोड दिनुभयो । कांग्रेसकै सन्दीप रानाले खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुने समस्यालाई समाधान गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले राज्यले अछामलाई पिछडिएको क्षेत्र घोषणा गरे पनि त्यहाँका जनता शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या खेपिरहेको बताउनुभयो । उहाँले विदेशमा गएर रोजगारी गर्न बाध्य नागरिकलाई फर्काएर स्वदेशमै रोजगारी दिन र पहाडी जिल्लाका सडकहरूको स्तरोन्नति र निर्माण ध्यान दिन आग्रह गर्नुभयो ।

एमालेका साजिदा खातुन सिद्धिकीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको र एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शमौ ओली र कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई विधि विपरीत हिरासतमा लिइएको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रमा बिचौलिया र नवउदारवाद हावी भएको र वैदेशिक ऋणमा निर्भरता कायम रहेकाले आत्मनिर्भर अर्थतन्त्र विकासको जोड दिनुभयो । उहाँले सबै भ्रष्टाचार प्रकरणको छानबिन गरी दोषीलाई कारवाही गर्न आग्रह गर्नुभयो ।

श्रम संस्कृति पार्टीका रुवी कुमारीले मधेस प्रदेशमा ‘दहेज’, युवाहरूको बेरोजगारीको समस्याको समाधान र किसानका लागि सिँचाइ, मल र उचित सुविधा दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत गिरीले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माणका लागि भारतसँग भएको सम्झौताबमोजिम स्थानीय सरकारको करको बाधा हटाएर छिटो कार्य प्रारम्भ गर्नुपर्ने माग गर्नुभयो । उहाँले प्रदेशस्तरीय मेडिकल कलेज निर्माणको बजेट फ्रिज भएको र काठमाडौँ तराई दु्रतमार्ग छिटो निर्माण गर्न आग्रह गर्नुभयो ।

स्वतन्त्र सांसद महावीर पुनले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गरिए पनि पाउनुपर्ने सहुलित प्राप्त नभएकोमा ध्यानाकर्षण गराउनुभयो । उहाँले राणाकालदेखि मुलुकमा भाइरसका रूपमा रहेको नातावाद, कृपावाद र चाप्लुसीवादबाट मुक्त हुन सक्नुपर्ने बताउनुभयो ।

Previous Post

मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

Next Post

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण
आर्थिक

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

६ बैशाख २०८३,
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
आवाज

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

६ बैशाख २०८३,
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

६ बैशाख २०८३,
म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
Load More
Next Post
विद्यालय पुग्न दुई घण्टा पैदल

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In