• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तमानखोला गाउँपालिकाका कार्यालयमा इन्टरनेट नचल्दा समस्या

by
१९ माघ २०७९,
0
तमानखोला गाउँपालिकाका कार्यालयमा इन्टरनेट नचल्दा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरमा छ तमानखोला गाउँपालिका । यहाँका गाउँ निकै विकटमा छन् । अग्ला–अग्ला पहाड र छरिएका बस्तीहरू हुँदा एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्ने गर्छ । गाउँहरू सामान्य विकासको पूर्वाधारले भर्खर–भर्खर जोडिँदै छन् । स्थानीय सरकार आएपछि विकासले जोडिन थालेका गाउँका नागरिक अहिलेसम्म इन्टरनेटको पहुँचदेखि निकै टाढा छन् ।

हरेक पालिकाको केन्द्रदेखि वडा–वडासम्म इन्टरनेट विस्तार गर्ने सरकारको नीतिअनुसार गाउँपालिकाले छ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरेको छ । चार वर्ष अगाडि गाउँपालिकाले इन्टरनेट जडान गरे पनि राम्रोसँग नचल्दा कर्मचारी र सेवाग्राहीले समस्या भोग्नुपरेको छ । भौगोलिक विकटताका कारण इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।

अध्यक्ष बुढामगरले टेकमाइन कम्पनीसँग सम्झौता गरेर सबै वडामा इन्टरनेट विस्तार गरेको भन्दै सुरु सुरुमा राम्रोसँग चले पनि अहिले कहिले चल्ने कहिले नचल्ने गरेको बताउनुभयो । इन्टरनेट नियमित नचल्दा सेवाग्राही मर्कामा पर्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । सेवालाई थप प्रभावकारी र गुणस्तरी बनाउन थाले पनि इन्टरनेटका कारण सोचेअनुसार काम गर्न नसकेको उहाँले बताउनुहुन्छ ।

अध्यक्ष बुढामगर भन्नुहुन्छ, “वडा कार्यालय निकै विकट ठाउँमा छन्, डाँडापाखा हुँदै इन्टरनेटको केवल पुर्‍याइएको छ, नेट कहिले चल्छ कहिले चल्दैन, पञ्जीकरण, राजस्व सङ्कलन, कार्यालयका कागजातसम्बन्धी तथा अन्य काम इन्टरनेटबाटै गर्नुपर्छ तर नचल्दा समस्या भएको छ, सेवाग्राहीलाई दिउँसोभर कुराउनुपर्ने अवस्था छ ।”

उहाँले पालिकाको वडा नम्बर ४, ५ र ६ मा बढी समस्या भएको बताउनुभयो । वडा कार्यालयसँगै केही विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उहाँको भनाइ छ । इन्टरनेटलाई व्यवस्थित र द्रूत गतिमा चल्ने गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरिरहेको अध्यक्ष बुढामगर बताउनुहुन्छ ।

भौगोलिक विकटताका कारण तारमा समस्या आउँदा कहिलेकाहीँ तत्काल मर्मत गर्न नसक्दा इन्टरनेट अवरुद्ध हुने टेकमाइन नेटवर्क बुर्तिबाङका प्रमुख टेकबहादुर कार्कीले बताउनुभयो । उहाँले बर्खामा बाहेक अन्य समय नियमित इन्टरनेट सञ्चालन हुने गरेको बताउनुभयो । सेवालाई थप व्यवस्थित गर्नका लागि कम्पनीले व्यवस्थापनलाई चुस्त बनाइरहेको उहाँ बताउनुहुन्छ ।

कार्की भन्नुहुन्छ, “तमानखोलाको धेरै ठाउँमा भौगोलिक विकटताका कारण पुग्न गाह्रो हुन्छ, टाढाबाट वन जङ्गल हुँदै तारमार्फत इन्टरनेट वडा कार्यालयसम्म पुर्‍याएका छौँ, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा सेवा अवरुद्ध हुनु स्वाभाविक भयो, धेरै समय तीव्र गतिमै नेट चल्छ, बर्खामा हो अलिकति समस्या हुने नत्र त्यसरी सबै अवरुद्ध हुँदैन ।”

निसीखोला गाउँपालिका–६ को कार्यालयमा पनि निरन्तर इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान) ले बताउनुभयो । उहाँले इन्टरनेट आउने जाने गर्दा सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।

Previous Post

अध्यक्ष ओली भन्छन् : निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक

Next Post

नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि भित्तो काट्न सकस

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि भित्तो काट्न सकस

नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि भित्तो काट्न सकस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In