• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यान्मार सेनाले दुई वर्षमा २९ सय निर्दोष सर्वसाधारणको ज्यान लियो

by
१९ माघ २०७९,
0
म्यान्मार सेनाले दुई वर्षमा २९ सय निर्दोष सर्वसाधारणको ज्यान लियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

याङ्गुन। म्यान्मार सेनाले दुईवर्ष अगाडि आंशिकरूपमा रहेको प्रजातन्त्र खोसेर ‘सैन्य शासन’ लागू गर्यो। सत्ता हत्याएपछि सैन्य ‘कू’ यता म्यान्मारमा मानवअधिकार विरुद्धका घटना व्यापक रूपमा बढेका छन् । सत्तासीन सेनाले २९ सय ४० निर्दोष सर्वसाधारणको ज्यान लिइसकेको छ । विद्यालयदेखि जन्मस्थलसम्मका ‘नागरिक–हत्या’ भइरहेको छ।

सेनाले प्रजातन्त्रवादीलाई सैन्य जेलमा थुनेको छ । राजनेताहरूलाई नजरबन्दमा राखेको छ । नेत्री आङ सान सुकीलाई अनेकौँ झुटा आरोप लगाउँदै ३३ वर्षको जेल सजाय सुनाएको छ । उनीप्रति आस्था राख्ने देश तथा विदेशका लाखौँ मानिसहरूले सिघ्र रिहाइको कामना गर्दै आएका छन् । तर, सैन्य तानाशाह गहिरो निन्द्रामा छ । अतिवादी सेनाले नागरिकलाई युद्धमैदानमा उत्रिन बाध्य पारेको छ। कलिला केटाकेटीहरू सुन्दर भविष्यबारे चिन्तित छन्।

के छैन म्यान्मार अर्थात् पुरानो बर्मामारु सबथोक छ । तर शान्ति र स्वतन्त्रता छैन। बर्माको ग्रामीण शहरीक्षेत्रका बासिन्दाहरूको जीवन उज्यालो छैन । उनीहरू दुईवर्ष देखि कहालीलाग्दो कुहिरोभित्र हराइरहेका छन् । म्यान्माली नागरिक वर्षौदेखि अन्धकारमा बाँचिरहेका छन् । टोल–टोलमा सेनाको आतंक छ । मनमनमा त्राशैत्राश छ । वयोवृद्ध, बालक अकाल मृत्युवरण गर्न बाध्य छन् ।सरकारले हरसमय बन्दुक ताकिरहेको छ । युवाहरू गोली पर्खेर बसेका छन् । शासकले बस्तीहरूमा बमबारुद्ध बर्साइरहेको छ ।

म्यान्मारका हरेक क्षेत्र र बस्तीहरूमा सेनाको बर्बर आतंक छ । बन्दुक बोकी घरघरमा छिरेर सेनाका जवानहरूले निर्दोष म्यान्मालीलाई यो वा त्यो नाममा आतङ्कित पार्छन् । यो समय म्यान्मालीहरूका लागि निकै चुनौतीपूर्ण र कठिन रह्यो। तनाब उस्तै छ । सैन्य आतंक झन्झन् बढेको बढेकै छ ।

स्वतन्त्रताको पक्षमा वकालत गर्दा हजारौँ प्रजातन्त्रवादीहरू सेनाको आतङ्कमा पिल्सिएका छन् । सयौँ मारिएका छन् । हजारौँहजार अंगभंग छन् । प्रजातन्त्रको पक्षमा बोल्दा युवायुवती कुटिएका छन् । पिटिएका छन् । तर पनि कू–को विरोधमा प्रर्दशन उस्तै छ । लाखौँ परिवारहरू विस्थापित भएका छन् । भारत, थाइल्याण्ड र कतिपय नेपालसम्मै पुगेका छन् ।

सैन्य कू यता लाखौँ बर्मेलीहरू सरकारी सेनाविरुद्ध युद्ध मैदानमा उत्रिएका छन्। उनीहरू देशमा पूर्ण प्रजातन्त्र र स्वतन्त्रता चाहन्छन्। प्रदर्शनका क्रममा एक दर्जन नेपालीभाषीले पनि ज्यान गुमाएका छन्। मारिनेमा एक दर्जन नेपालीभाषी छन्। गोर्खालीसहित रैथानेहरू पनि सेनाको आतंकबाहिर छैनन्। म्यान्मारमा सैन्य अत्याचार बढ्दो छ ।

यो आन्दोलनको अग्रपंक्तिमा वीर गोर्खाली अर्थात् नेपालीभाषी पनि छन्। उनीहरू दिनरात नभनी युद्ध मैदानमा खटिएका छन् । केआईए भनेर चिनिने कचिन स्वतन्त्र सेना म्यान्माको सबैभन्दा ठूलो सशस्त्र विद्रोही समूह हो । केआईएभित्र एउटा गोर्खा बटालियन छ । त्यहाँ झण्डै एक हजारभन्दा बढी नेपालीभाषी विद्रोही सेना छन्। लगभग ६६ वर्षदेखि केआईएले कचिन प्रान्तमा राज गर्दै आएको छ । कुनै समय म्यान्माको दोस्रो नेपाल भनेर चिनिने मिनिचामा पनि जातीय विद्रोहीको ज्यादै प्रभाव छ ।

सेनाविरुद्ध प्रदर्शन गर्दागर्दै सातजना नेपालीभाषीले ज्यान गुमाइसकेका छन्। मण्डले नगरका विद्यार्थी नेता रमेश सुवेदी (२५), टमु नगरका नेपाली दम्पती किशन गौतम (४०) र हरिमाया गौतम (३०) सेनाको गोलीबाट मारिए । मुसेनगरमा सोधपुछका लागि सेनाको हिरासतमा लगिएका सानाभाइ विश्वकर्मा (४३) को लास खाल्डोमुनि भेटियो। त्यस्तै, टमू नगरका राजु आचार्य (२७) र यांगौका (२२) वर्षीय एक युवक र माण्डलेका अर्का एक नेपालीभाषी सेनाको गोलीबाट हिँड्दाहिँड्दै बाटोमै ढले। यस्ता धेरै घटनाहरू छन्, जसले कैयौं नागरिक गुमाएको छ । आन्दोलनको क्रममा निभेका गोर्खालीसहित म्यान्माली शहीदहरूप्रति सलाम छ ।

हामी म्यान्मालीहरू दशकौंदेखि स्वतन्त्रता प्राप्तिको लागि पिल्सिरहेका छौँ। एकातिर विश्व महामारी कोरोना आतंक छ । अर्कोतर्फ सैन्य कू को बर्बता । म्यान्माका लागि यी दुबै कुरा थेगिसक्नु छैन । म्यान्माको अँध्यारो नै अँध्यारो दौड कायमै छ । यहाँको सैन्य जुन्ता प्रशासनको अत्याचारले सबैभन्दा बढी म्यान्माको युवा पुस्ता पेलिएका छन् । भविस्यमाथि बन्दूकका छर्राहरू छन् । सबैभन्दा मूख्य कुरो हाम्रो मानसि हुनुको आधारमा प्राप्त हुने आधारभूत स्वतन्त्रता नै छैन ।

Previous Post

चुट्किलाः कसरी प्रमाणित गर्छाै ?

Next Post

सफलताको कथाः अमिताभ वच्चन यसरी बने सफल

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
सफलताको कथाः अमिताभ वच्चन यसरी बने सफल

सफलताको कथाः अमिताभ वच्चन यसरी बने सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In