• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

metakhabar by metakhabar
२९ माघ २०८२,
0
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीको चक्रपथलाई सुरक्षित र व्यवस्थित बनाउन काम थालिएको छ । सहरी विकास तथा भवन आयोजना बागलुङ मार्फत गत असार महिनामा कालीगण्डकी र म्याग्दीको किनारै किनार नौ सय मिटर सडक ढलान भएको थियो । सडकको डिलतर्फ फलामको रेलिङ राखेर सुरक्षित तथा सडक र रेलिङ बीचको खाली भागमा फुटपाथ बनाउन थालिएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

“सडकको डिलतर्फ खाली हुने र पैदलयात्रीहरु सडकमै हिड्दा दुर्घटनाको जोखिम बढेकाले सुरक्षित र ब्यवस्थित बनाउन रेलिङ राख्ने र पैदलयात्रीका लागि पुटपाथ बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा फरक फरक शिर्षकमा रु. १८ लाख बिनियोजन गरेको यस योजना मार्फत रेलिङ, फुटपाथ निर्माणका साथै रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरेका छौ ।”

चक्रपथबाट मोटरसाइकल सहित कालीगण्डकीमा खसेका एक युवाको शव भेटिएको थियो भने एक जना अझै वेपत्ता छन् । गर्मीयाममा शितलताका साथै अन्यसमय हिडडुल गर्नेहरुको चहलपहलका साथै चक्रपथमा सवारी साधनको चाप पनि बढेको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा चक्रपथ समेटिएको छ ।

वडा नम्बर ८ को सिफारिसमा रु. आठ लाख बिनियोजन भएको यस योजना मार्फत दुई सय मिटर दुरीमा रेलिङ राखिएको छ । फुटपाथ बनाउन थालिएको छ । गत वर्ष वडा नं.–८ को भूगोलमा ८० मिटर रेलिङ राखिएको थियो । वडा नम्बर ७ को सिफारिसमा रु. १० लाख बिनियोजन भएको योजना पनि कार्यान्वयनको चरणमा छ ।

बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडकमा ‘आइ क्याट’ राखिएको छ ।

नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ आकर्षक देखिएको छ । बजारभित्र सवारी साधनको चाप घटाएको छ । नदी किनारको सडकमा साँझ बिहान, पैदलयात्रा गर्न, हिउँदमा घाम ताप्न तथा बर्खामा गर्मी छल्न बजारबासीहरुको चहलपहल बढेको छ ।

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा मार्फत पक्की पर्खाल निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएपछि किनारमा माटो राखेर फिलिङ गरेर सडक बनाइएको थियो ।

Previous Post

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

Next Post

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
Load More
Next Post
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In