• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

metakhabar by metakhabar
२९ पुस २०८२,
0
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देवदह (रुपन्देही) । सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बनेका छन् । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उनको दैनिकीले ‘समय अभाव’ भन्ने बहानालाई पनि चुनौती दिएको छ । सार्वजनिक बिदाका दिन तथा बिहान–साँझ समयको सदुपयोग गर्दै कृषिबाट राम्रो आम्दानी गरिरहेको उनले जानकारी दिए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ बोगडी बस्ने यादव युवा उमेरमा नै जिम्मेवार शिक्षक मात्र होइन, नयाँ सोच भएका मिहिनेती कृषकका रूपमा समेत चिनिन थालेका छन् । विद्यालय बाहेकको समयलाई उनले उत्पादनशील बनाउँदै आधुनिक र व्यावसायिक ढङ्गबाट कृषि पेसा अघि बढाएका छन् ।

यादवको कृषि यात्राले आज स्वदेशमा सम्भावना छैन भन्दै वैदेशिक रोजगारीमा गएका धेरै युवालाई नयाँ बाटो देखाएको छ । उनी भन्छन्, “विदेश गएर अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै देशकै माटोमा पसिना बगाएर उत्पादनमा लाग्नु नै उपयुक्त लाग्छ । आफ्नै खेतमा फलफूल र तरकारी उत्पादन गरी स्वदेशमै मात्र होइन, विदेशसम्म पठाउन सकिन्छ । लाखौँ रकम खर्चेर विदेशिनुभन्दा त्यो रकम नेपालमै लगानी गरी कृषि पेसामा लागेर आफ्नै परिवारसँगै बस्न पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।” उनले कृषि पेसामा प्रशस्तै सम्भावना रहेको बताए । कृषिको आधुनिकरण र व्यावसायिकीकरणमा भने सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कृषि कार्यलाई सहज बनाउन उहाँले प्रयोग गर्नुभएको मिनी (हाते) ट्याक्टर उहाँका लागि प्रविधि र श्रमको मिलन बनेको छ । केराखेती गोडमेल गर्न करिब रु १० हजार ज्याला खर्चिनुपर्नेमा मिनी ट्याक्टर प्रयोग गर्दा करिब रु ३०० बराबरको इन्धन खर्चमै काम सम्पन्न भएको उहाँ बताउनुहुन्छ । यसले समय र पैसाको दुवै बचत गरिदिएको यादवको भनाइ छ ।

हाल यादवले करिब पाँच कट्ठामा काउली, आठ कट्ठामा टमाटर र करिब दुई बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । धनियाँ, साग, खुर्सानीजस्ता तरकारी पनि नियमित रुपमा उत्पादन भइरहेको उहाँले जानकारी दिए । कृषिबाट वार्षिक दुई लाख ५० हजार बढी आम्दानी हुने गरेको उनले बताए । सरकारले कृषि क्षेत्रलाई विद्युतीकरण गर्न सके ‘अन्नभण्डार’ का रुपमा चिनिने मर्चवार क्षेत्रमा उत्पादन हुने सागसब्जी नेपालभरि मात्र नभई विदेशसम्म पनि निर्यात गर्न सकिने उनको विश्वास छ ।

यद्यपि उनको कृषि यात्रामा चुनौती पनि उत्तिकै छन् । जङ्गली जनावरको आक्रमणले कृषकहरु मारमा पर्ने गरेको उनी बताउँछन् । यादव भन्छन्, “समयमै बीउ र मल नपाउने, सिँचाइका लागि विद्युतीय पहुँच नहुनु र सरकारले अपेक्षित सहयोग दिन नसक्नु एउटा पीडा हो । लगाइएको तरकारीलाई नीलगाई, बँदेल, छाडा चौपाया तथा अन्य जङ्गली जनावरबाट जोगाउनु अर्को चुनौती छ ।”

जनावरबाट बाली जोगाउन उनले ‘इलेक्ट्रिक फेन्सिङ’ प्रयोग गर्नुभएको छ, जसले केही हदसम्म राहत दिएको उनी बताउँछन् । साथै सामूहिक रूपमा खेतीपाती गर्दै नियमित हेरचाह र निगरानी गर्दा पनि जनावरबाट बाली जोगाउन सहयोग पुगेको उनी बताउँछन् ।

कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहेका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेसाका रूपमा परिभाषित गरेका छन् । उनको जीवन यात्रा आजका युवाका लागि स्पष्ट सन्देश हो ‘सम्भावना विदेशमा मात्रै होइन, आफ्नै माटोमा पनि प्रशस्त छ ।’

Previous Post

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

Next Post

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने
समाचार

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

२३ अशोज २०८३,
डोको बुन्दै, सीप सिकाउँदै
समाचार

डोको बुन्दै, सीप सिकाउँदै

२३ अशोज २०८३,
Load More
Next Post
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In