• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी, निर्वाचन केन्द्रित कार्यविभाजन

metakhabar by metakhabar
२५ पुस २०८२,
0
सरकार र विदेशी शक्ति आफैं चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन् : केपी ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन् । अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ ।

‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यलाई निर्वाचनको काममा केन्द्रित रहनेगरी परिचालन गर्ने नीतिअनुरुप अस्थायी कार्यविभाजन गर्ने गरिएको छ’, अपानीमा भनिएको छ, ‘मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिङ्गो पार्टीपङ्क्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनु आवश्यक हुन्छ ।’

पार्टीले सबै केन्द्रीय सदस्यलाई आआफ्नो जिल्लामा निर्वाचिन केन्द्रित गरेर जिम्मेवारी दिएको छ । जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई निर्वाचनको संयोजन गर्न र अन्य केन्द्रीय सदस्यलाई सदस्यका रुपमा राखेर कार्यविभाजन गरिएको छ । एमालेले २७७ केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कामको जिम्मेवारी प्रदान गरेको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यमा मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन भने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि गरिने अपानीमा उल्लेख छ । पार्टीले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी त्यसको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन भनको छ ।

यस्तै, युवाकेन्द्रित अभियानका लागि पार्टीले केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी तोकेको छ । पार्टीले युवालाई परिचालन गरी आमयुवालाई पार्टीको अभियानमा जोड्न सातवटै प्रदेशमा पार्टीको युवा केन्द्रीय सदस्यलाई संयोजक तोकेको छ । युवा परिचालन गर्न केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजकः समिक बडाल, कोशी प्रदेशमा संयोजक मनोज ताम्ली, मधेस प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा संयोजक कमला बोहरालाई बनाएको छ ।

यस्तै, पार्टीले बागमती प्रदेशलाई बागमती प्रदेश र राजधानी प्रदेश गरी दुई भागमा विभाजन गरेको छ । बागमती प्रदेश कमिटी र उपत्यका विशेष कमिटीमा रहेका पदाधिकारी र सदस्यलाई उनीहरुको भूगोल वा कार्यक्षेत्रका आधारमा बागमती तथा राजधानी प्रदेश कमिटीमा रहनेगरी सङ्गठन कमिटी निर्माण गरिएको अपानीमा उल्लेख छ । राजधानी प्रदेश सङ्गठन कमिटीको अध्यक्षमा नारायण सिलवाल, उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल, उपसचिवमा शशिजङ्ग थापा र बेलिमाया घलेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै, बागमती प्रदेश सङ्गठन कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल, उपाध्यक्षमा दावा तामाङ, सचिवमा बालकृष्ण देउजा, उपसचिवमा भक्तकुमारी लामा र रमेश आचार्य, सम्पर्क विशेष सङ्गठन कमिटीको अध्यक्षमा अशोक ठकुरी, उपाध्यक्षमा नारायण पाण्डे, सचिवमा कपिल ओली, उपसचिवमा प्रेमराज भट्ट र सत्यदेवी खड्का अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको सो पार्टीले जनाएको छ ।

Previous Post

जेनजी आन्दोलनका क्रममा सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाखको भौतिक क्षति

Next Post

देवघाटमा झोलुङ्गे पुल मर्मत

metakhabar

metakhabar

सम्बन्धित खबर

दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

८ भदौ २०८३,
Load More
Next Post
देवघाटमा झोलुङ्गे पुल मर्मत

देवघाटमा झोलुङ्गे पुल मर्मत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In