• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देवघाटमा झोलुङ्गे पुल मर्मत

metakhabar by metakhabar
२५ पुस २०८२,
0
देवघाटमा झोलुङ्गे पुल मर्मत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ।माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल मर्मत गरिँदै छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको हो ।

दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए।

उनले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गरे।

अध्यक्ष कुँवरले भने, ‘दिउँसोको समयमा पुलमा आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको छ । यहाँ आउने सम्पूर्ण स्थानीयवासी तथा भक्तजनलाई वैकल्पिक मार्ग प्रयोग गरी मर्मत कार्यमा सहजता पुर्याउन अनुरोध गरेका छौँ ।’

केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उनले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्यांकन गरी छलफलपछि निर्णय गरिने बताए।

‘यहाँका स्थानीय वारिपारि आवतजावत गर्छन्, पारिपट्टि विद्यालय छ । मोटरसाइकल डोर्‍याएर मात्र लैजान दिने कि भन्ने विषयमा छलफल भइरहेको छ’, अध्यक्ष कुँवरले भने।

उनले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे। हाल देवघाट आउन ठिमुराको पुल, दासढुङ्गा पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल प्रयोग गर्न सकिने उनले बताए।

पुलका पट्टाहरू फेर्ने वा मिलाउने, नट–बोल्ट कस्ने वा फेर्ने, मुख्य केबलको परीक्षण तथा आवश्यक मर्मत, खिया लागेको भाग सफा गरी पेन्ट लगाउने, तथा अन्य जाँचलगायत काम भइरहेको अध्यक्ष कुँवरले बताए। देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाको अनुरोधमा मेलालाई मध्यनजर गरी मर्मत कार्य थालिएको उनको भनाइ छ ।

विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिए। देवघाट आउने अधिकांश भक्तजन यही पुल प्रयोग गरी आवतजावत गर्ने गरेको उल्लेख गर्दै उनले मर्मत कार्यमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरे।

निर्देशक बरालले माघे सङ्क्रान्ति मेलाको तयारीमा सबै पक्ष जुटिरहेको जानकारी दिए। मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी काम भइरहेको उनले बताए।

देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला सबैभन्दा बढी भक्तजन आउने मेला भएकाले सुरक्षा व्यवस्थाका तथा मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको निर्देशक बरालले बताए।

देवघाट–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् ।

Previous Post

एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी, निर्वाचन केन्द्रित कार्यविभाजन

Next Post

विशेष महाधिवेशनबारे कांग्रेस संस्थापनले पत्रकार सम्मेलन गरेर आज धारणा सार्वजनिक गर्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
विशेष महाधिवेशनबारे कांग्रेस संस्थापनले पत्रकार सम्मेलन गरेर आज धारणा सार्वजनिक गर्दै

विशेष महाधिवेशनबारे कांग्रेस संस्थापनले पत्रकार सम्मेलन गरेर आज धारणा सार्वजनिक गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In