• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, January 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाको ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ मिशन-यसरी लिएको थियो मदुरोलाई नियन्त्रणमा

metakhabar by metakhabar
२० पुस २०८२,
0
अमेरिकाको ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ मिशन-यसरी लिएको थियो मदुरोलाई नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका हरेक गतिविधि महिनौँदेखि निगरानी गरिरहेका थिए ।

भेनेजुएलाको सरकारभित्रै रहेको एउटा स्रोतसहितको सानो टोलीले ६३ वर्षीय मदुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे भनेर नियालिरहेका थिए । एक जना अमेरिकी शीर्ष सैन्य अधिकारीहरूका अनुसार उनका घरपालुवा जनावरहरू समेत निगरानीमै थिए ।

‘अपरेशन एब्सोल्यूट रिजल्भ’ नाम दिइएको योजनाबद्ध मिशनले डिसेम्बरको आरम्भमा अन्तिम रूप पायो । महिनौँको सूक्ष्म योजना र अभ्यास पछि उक्त मिशन तयार भएको थियो । यसको तयारीका क्रममा अमेरिकी विशेष फौजका सैनिकहरूले राजधानी कराकासस्थित मदुरो बस्ने सुरक्षित आवासजस्तै संरचना बनाएर त्यहाँ प्रवेश गर्ने अभ्याससमेत गरेका थिए ।

शीतयुद्धपछि ल्याटिन अमेरिकामा सबैभन्दा असाधारण अमेरिकी सैनिक हस्तक्षेप मानिएको यो योजना अत्यन्त गोप्य राखिएको थियो । अमेरिकी संसद् कंग्रेसलाई पनि यसबारे जानकारी थिएन । सबै तय भइसकेपछि अमेरिकी उच्च सैन्य अधिकारीहरू उपयुक्त मौकाको प्रतीक्षामा मात्र थिए ।

कराकासमा मध्यरात हुनुअघि आदेश दिइएको थियो र सेनालाई अन्धकारको फाइदा उठाउँदै कारबाही अघि बढाउने अवसर थियो ।

आदेशलगत्तै आकाश, जमिन र समुद्री मार्गबाट २ घण्टा २० मिनेट लामो कारबाही भयो । अमेरिकाको यो आक्रमणले वासिङ्टनसहित र विश्वभरि धेरैलाई स्तब्ध बनायो । आक्रमणको आकार र सटिकताका हिसाबले यो करिब अभूतपूर्व थियो ।ट्रम्पले यो अभियान ह्वाइट हाउसको ‘सिचुएशन रुम’बाट नभई फ्लोरिडाको पाम बीचस्थित आफ्नो एउटा क्लबमा

सल्लाहकारहरूसँगै बसेर प्रत्यक्ष प्रसारणमार्फत् हेरेका थिए । त्यहाँ उनीसँग सीआईए निर्देशक जोन र्‍याट्क्लिफ र विदेशमन्त्री मार्को रुबिओ पनि थिए ।

पछिल्ला केही महिनायता हजारौँ अमेरिकी सैनिक यस क्षेत्रमा तैनाथ भएका थिए । एउटा विमानवाहक युद्धपोत र दर्जनौँ लडाकु विमान सहित दशकौँयताकै ठूलो सैनिक उपस्थिति यो क्षेत्रमा थियो ।

ट्रम्पले मदुरोमाथि लागुऔषध तस्करी र ’लागुऔषध आतङ्कवाद’को आरोप लगाएका थिए । अमेरिकाले यो क्षेत्र वरपर लागुऔषध ओसारपसारमा संलग्न भनिएका दर्जनौँ साना डुङ्गा नष्ट गरिसकेको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार १५० वटा भन्दा बढी बमवर्षक, लडाकु जेट र गुप्तचर विमानहरू रातभरि आकाशमा उडाइएका थिए ।

स्थानीय समय अनुसार बिहान करिब २ बजे कराकासमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । लगत्तै सहरमाथि धुवाँका मुस्लोहरू उठेको देखियो ।

कराकास वरिपरि आक्रमण भइरहँदा अमेरिकी विशेष फौज सहरभित्र प्रवेश गरेका थिए । स्रोतका अनुसार तीमध्ये अमेरिकी सेनाको सबैभन्दा गोप्य विशेष दस्ता डेल्टा फोर्सका सदस्यहरू पनि थिए । मदुरोको सुरक्षित आवास ‘सेफ हाउस’का फलामे ढोका काट्नुपर्ने अवस्थामा प्रयोग गर्न ‘ब्लो–टर्च’समेत उनीहरूले सँगै लिएर गएका थिए ।

पछिल्ला महिनाहरूमा क्युवाका सुरक्षा गार्डहरूमा भर पर्न थालेका मदुरो अमेरिकी सैनिकहरू राष्ट्रपतीय भवनको परिसरभित्र पस्दै गर्दा सुरक्षित कोठातर्फ भाग्न खोजेका थिए ।

‘उनी सुरक्षित स्थानमा जान प्रयास गरिरहेका थिए, तर त्यो सुरक्षित थिएन, किनभने हामी ४७ सेकेन्डमै ढोका उडाइदिन सक्थ्यौँ,’ ट्रम्पले भने ।

‘उनी ढोकासम्म पुगे तर बन्द गर्न भ्याएनन्,’ ट्रम्पले सुनाए, ‘उनी यति छिटो घेरिए कि त्यो कोठाभित्र पस्न नै पाएनन् ।’

ट्रम्पका अनुसार कारबाहीमा संलग्न अमेरिकीहरूमध्ये केही घाइते भए पनि कसैको मृत्यु भएन । भेनेजुएलाको पक्षतर्फ भएको क्षतिबारे अधिकारीहरूले आधिकारिक विवरण दिएका छैनन् ।

शनिवार बिहान ४ बजेर २० मिनेट हुनुअघि नै हेलिकप्टरहरूले मदुरो र उनकी पत्नीलाई भेनेजुएलाबाट बाहिर पु¥याइसकेका थिए ।

यसअघि अमेरिकाले मदुरोको गिरफ्तारीका लागि सहयोग पुग्ने गरी सूचना दिनेलाई पाँच करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । मदुरोलाई नियन्त्रणमा लिएको करिब एक घण्टापछि मात्रै ट्रम्पले विश्वलाई त्यसको जानकारी दिएका थिए ।

Previous Post

पाथीभरा क्षेत्रमा हिमपात

Next Post

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

metakhabar

metakhabar

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In