• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    सुनको मूल्य घट्यो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    सुनको मूल्य घट्यो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कलैया यातायातमा आर्थिक आतंक: लाइसेन्सका लागि हजारौँको घुस, सिसिटिभी फुटेजसमेत मेटिएको आरोप

metakhabar by metakhabar
२० पुस २०८२,
0
कलैया यातायातमा आर्थिक आतंक: लाइसेन्सका लागि हजारौँको घुस, सिसिटिभी फुटेजसमेत मेटिएको आरोप

{"remix_data":[],"source_tags":[],"total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । यातायात व्यवस्था कार्यालयहरूमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरणका क्रममा हुने अनियमितता र घुस लेनदेनका घटनाहरू नौला होइनन्। तर बारा जिल्लाको यातायात व्यवस्था कार्यालय, कलैयामा पछिल्लो समय व्यापक आर्थिक चलखेल, संगठित भ्रष्टाचार र सत्ताको दुरुपयोग भएको गम्भीर आरोप सार्वजनिक रूपमा बाहिर आएको छ, जसले समग्र यातायात प्रशासनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख अबिन्दर दास कार्यालयमा हाजिर भएदेखि नै लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरूबाट रकम असुली गरी उत्तीर्ण गराइरहेको आरोप लागेको छ। सेवाग्राही र आन्तरिक स्रोतहरूका अनुसार प्रमुख दासले आफ्ना विश्वासपात्र कर्मचारी, ट्रायल प्रमुख र बिचौलियाहरू परिचालन गरी खुलेआम घुस उठाउने कार्य गर्दै आएका छन्। यसका कारण कार्यालयमा आर्थिक आतंकको अवस्था सिर्जना भएको र सेवाग्राहीहरू चरम हैरानीमा परेका छन्।

सेवाग्राहीहरूका अनुसार मोटरसाइकल लाइसेन्सका लागि १० हजारदेखि १५ हजार रुपैयाँ, चार पाङ्ग्रे सवारीका लागि १५ हजारदेखि २५ हजार रुपैयाँ, हेभी सवारी तथा मेसिनरी साधनका लागि २५ हजारदेखि ७० हजार रुपैयाँसम्म रकम लिई लिखित वा ट्रायल परीक्षामा फेल भएकाहरूलाई पास गराइने गरेको छ। पैसा बुझाएपछि कम्प्युटर प्रणालीमै पास देखिने गरी लाइसेन्स भेरिफिकेसन मिलाइने गरिएको एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन्। स्रोतका अनुसार ट्रायल सेन्टरमा जडान गरिएका सिसिटिभी क्यामेराका फुटेजसमेत आवश्यकताअनुसार सम्पादन गरी हटाइने गरिएको छ।

यस अवैध कारोबारमा कार्यालय प्रमुख दासका विश्वासपात्र ट्रायल प्रमुख, एक जना नेतासँग नजिकको सम्बन्ध भएका व्यक्ति तथा दर्जनभन्दा बढी बिचौलिया सक्रिय रहेको पीडितहरूको भनाइ छ। लिखित परीक्षामा सेटिङ भएका परीक्षार्थीहरूलाई ५–६ वटा प्रश्नमा मात्र संकेत चिन्ह लगाउन लगाई बाँकी खाली छोडेपछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरूले नै उत्तर भरी पास गराउने गरिएको आरोप छ। प्रयोगात्मक परीक्षामा सेटिङ भएका परीक्षार्थीहरूका लागि प्रमुख दासले व्यक्तिगत रूपमा खरिद गरेका मोटरसाइकल प्रयोग गरिने, दक्ष चालकलाई हेल्मेट र मास्क लगाएर अनुहार नदेखिने गरी ट्रायल दिन लगाइने गरेको स्रोतको दाबी छ।

यसैगरी, ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक किरण कार्की पनि यस अवैध धन्दामा संलग्न रहेको गम्भीर आरोप छ। उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक के.सी. का विश्वासपात्र भएकाले ट्रायल सेन्टरमा उनको प्रभाव अत्यधिक रहेको कर्मचारीहरू बताउँछन्। स्रोतका अनुसार सई कार्की जुनसुकै जिल्लामा सरुवा भए पनि सोर्स–फोर्सको बलमा ट्रायल सेन्टरमै बसेर आर्थिक लाभ लिँदै आएका छन्। उनी यसअघि पर्सा र रौतहट जिल्लाका ट्रायल सेन्टरमा कार्यरत रहँदा लाखौँ रुपैयाँ असुली गरेको आरोपपछि तत्कालीन मधेश प्रदेश प्रहरी प्रमुख वसन्त कुँवरले उनलाई मधेश प्रदेशबाट हटाएका थिए। तर हाल पुनः बारा ट्रायल सेन्टरमा सक्रिय भएपछि अवैध कारोबार झनै खुलेआम भइरहेको आरोप छ।

नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्, “यातायात कार्यालयमा प्रमुखपछि सबैभन्दा ठूलो प्रभाव सई किरण कार्कीको छ। ट्रायल सेन्टरमा कसलाई पास गर्ने र कसलाई फेल गर्ने भन्ने निर्णय धेरै हदसम्म उनकै हातमा हुन्छ।”सेवाग्राहीहरूले पास भइसकेकाहरूलाई समेत फेल गराई पुनः रकम असुल्ने गरिएको गुनासो गरेका छन्। लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुने भएकाले उनीहरूको सहमतिविना कुनै काम अघि नबढ्ने आरोप छ। मधेश प्रदेश ट्राफिक प्रहरी नेतृत्व र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको मिलेमतोमा भ्रष्टाचार मौलाएको सेवाग्राहीहरूको भनाइ छ।

विवादास्पद कर्मचारीका रूपमा चिनिएका अबिन्दर दास यसअघि वीरगंज यातायात कार्यालयमा नायब सुब्बा रहँदा कानूनविपरीत भारतीय सवारी चालक अनुमतिपत्रलाई नेपाली बनाएको र त्यसको अभिलेख नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेपछि निलम्बनमा परेका थिए। पछि शक्ति केन्द्र धाउँदै निलम्बन फुकुवा गराएपछि उनी रौतहट यातायात कार्यालयको प्रमुख बनेका थिए, जहाँ पनि विवादास्पद कार्यशैलीका कारण कार्यालय बदनाम भएको थियो। त्यसपछि मधेश प्रदेश मन्त्रालयले उनलाई काजमा तानेको थियो।

मन्त्रालयबाट २०८१ माघ ९ गते बारा सरुवा भएर आएका दासले दर्जनौँ बिचौलियामार्फत लाइसेन्स बिक्री गर्दै करोडौँ रुपैयाँ असुलेको आरोप छ। सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगर, धर्मशाला टोल निवासी दासले रामनगर गाउँपालिका वडा नं. ३ सर्लाही निवासी आफ्ना नातामा बहिनीज्वाइँ पर्ने सिकिन्द्र दासलाई मुख्य हर्ताकर्ता बनाएको स्रोतको दाबी छ। सिकिन्द्र दासको बसोबास कलैयामै रहेको र बिचौलियाहरूसँगको सम्पूर्ण हिसाबकिताब उनीमार्फत हुने गरेको बताइन्छ। प्रमुख दासका भाइ भिखारी दास र बिकेश दास तथा उनका चालक सुशील सिंहसमेत असुली कार्यमा संलग्न रहेको आरोप छ।

स्रोतका अनुसार मासिक रूपमा करोडौँ रुपैयाँको अवैध आम्दानी हुने गरेको र त्यसबाट प्रमुख दासको भागमा २० प्रतिशत, प्रहरी निरीक्षक दीपक के.सी. को भागमा २० प्रतिशत, लिखित प्रमुख तथा कर्मचारीहरूको भागमा २० प्रतिशत, ट्रायल प्रमुख इ. सन्तोष सिंहको भागमा १५ प्रतिशत र बाँकी २५ प्रतिशत अन्य व्यवस्थापन तथा मिलेमतोमा जाने गरेको छ। सई किरण कार्कीले हिसाबकिताब गरी प्रहरी निरीक्षक के.सी. लाई बुझाउने र त्यसमध्ये केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार सिलवालसम्म पुग्ने गरेको गम्भीर आरोप पनि स्रोतले लगाएका छन्।

यसैबीच, बारा यातायात कार्यालयमा भएको अव्यवस्थाले हिंसात्मक रूपसमेत लिएको छ। मंसिर १७ गते बुधबार साँझ करिब साढे पाँच बजे कार्यालयभित्रै प्रमुख अबिन्दर दास र खरिदार सत्यनारायण साहबीच लेनदेन नमिलेको विषयमा हाताहात भएको थियो। कुटाकुटका क्रममा खरिदार साहको अनुहार सुन्निएको र प्रमुख दासको अनुहारमा समेत चोट लागेको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो। पछि विषय बाहिर नआओस् भन्ने उद्देश्यले घटनालाई मिलाइएको आरोप पनि लागेको छ।

बाराको यातायात कार्यालयमा भइरहेको यो अव्यवस्था र भ्रष्टाचार दीर्घकालसम्म लुक्न नसक्ने स्थानीयहरूको धारणा छ। पीडित सेवाग्राहीहरू तीन जनाको अवैध लुटपाटविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दिने तयारीमा छन्। तर अख्तियारले यस विषयमा चासो नदिएको आरोपसमेत उनीहरूले लगाएका छन्। एक कर्मचारीका अनुसार प्रमुख दास खुलेआम भन्ने गर्छन्, “म अख्तियार, नेता सबैलाई कसरी हातमा पार्ने हो, जान्दछु।” उनी आफूलाई मन्त्री तथा मुख्यमन्त्री कार्यालयसम्म सिधा पहुँच भएको भन्दै कर्मचारीहरूलाई समेत त्रसित बनाउने गरेको स्रोतको दाबी छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्य जिल्लाका यातायात कार्यालयहरूमा स्टिङ अपरेसन गरी मुद्दा दायर गरिरहँदा बारा यातायात कार्यालयप्रति मौन बसेको आरोप पनि उठेको छ। हालै भरतपुर, चितवन यातायात कार्यालयमा कार्यालय सहयोगी इन्द्रजित गुरुङ घुससहित पक्राउ परी मुद्दा दर्ता भएको घटनालाई उदाहरण दिँदै सेवाग्राहीहरूले बारामा पनि तत्काल स्टिङ अपरेसन गरी निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।

मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिश सिंह र तत्कालीन श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई प्रभावमा पारी विवादास्पद र बदनाम छविका अविन्दर दास यातायात व्यवस्था कार्यालय, कलैया, बाराका प्रमुखको जिम्मेवारी पाएको थियो ।

अब प्रश्न उठेको छ—मधेश प्रदेश सरकारका नवनियुक्त श्रम तथा यातायात मन्त्री मनिष सुमनले यस्ता भ्रष्ट कार्यालय प्रमुख, कर्मचारी र सुरक्षाकर्मीहरूविरुद्ध कडा कारबाही गर्छन् कि भ्रष्टाचारको स्वाद चाखेर आँखा चिम्लेर बस्छन्। सुशासन, कानूनी शासन र नागरिकको विश्वास कायम राख्न बारा यातायात कार्यालय प्रकरणमा तत्काल निष्पक्ष अनुसन्धान र कठोर कारबाही अपरिहार्य देखिएको छ।

Previous Post

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

Next Post

नसोचेको खतरा: प्लास्टिकले यसरी बिगार्दैछ तपाईंको स्वास्थ्य

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
आर्थिक

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

९ माघ २०८२,
आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
कृषि

आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

९ माघ २०८२,
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
आवाज

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

९ माघ २०८२,
भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए
फिचर-ब्यानर

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

९ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

९ माघ २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

९ माघ २०८२,
Load More
Next Post
नसोचेको खतरा: प्लास्टिकले यसरी बिगार्दैछ तपाईंको स्वास्थ्य

नसोचेको खतरा: प्लास्टिकले यसरी बिगार्दैछ तपाईंको स्वास्थ्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In