• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

metakhabar by metakhabar
१९ पुस २०८२,
0
बैङ्क तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शङ्कास्पद कारोबारको राष्ट्र बैङ्कले जानकारी पाएको छ ।

नेपालमा भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) को कारोबार अवैध हो । बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्छन् । जसलाई व्यापार गर्न, स्थानान्तरण गर्न, भुक्तानी तथा लगानीका लागि प्रयोग गर्ने गरिन्छ । प्रतिवेदनअनुसार २०२१ जनवरीदेखि २०२५ जुलाईसम्ममा ६५८ शङ्कास्पद कारोबार र शङ्कास्पद गतिविधिको जानकारी राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको छ । सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ वटा यस्तो कारोबार र गतिविधिको जानकारी एकाइलाई आएका छन् ।

त्यस्तै, २०२५ को जुलाई १६ सम्ममा ८२ कारोबार र गतिविधिको जानकारी राष्ट्र बैङ्कले पाएको छ । हालसम्म प्राप्त शङ्कास्पद कारोबार ‘रिपोर्ट’अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सयवटा वाणिज्य बैङ्कका छन् । त्यस्तै, ४८ विकास बैङ्क, ६ वटा रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित रहेको छ । यसरी जानकारीमा आएका शङ्कास्पद कारोबार र गतिविधिलाई राष्ट्र बैङ्कले विभिन्न निकायमा पठाउने गरेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा राष्ट्र बैङ्कले २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीनवटा राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाएको छ । राष्ट्र बैङ्कका निर्देशक तथा वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराई शङ्कास्पद कारोबार बारेका जानकारी विभिन्न अनुसन्धान निकायलाई उपलब्ध गराएको र ती निकायबाट थप अनुसन्धान अघि बढ्ने बताउनुहुन्छ ।

“हामीले जानकारीमा आएका शङ्कास्पद भर्चुअल सम्पत्तिको कारोबारसँग सम्बन्धित विवरण विभिन्न निकायलाई उपलब्ध गराएका छौं । थप अनुसन्धान गर्ने, अदालतमा मुद्दा अभियोजन गर्ने र त्यहाँ पुष्टि भएपछि मात्रै यस्तो कारोबार भए–नभएको यकिन हुने हो,” उहाँले भन्नुभयो ।

भर्चुअल सम्पत्तिको शङ्कास्पद कारोबार गर्ने व्यक्तिको उमेर समूह हेर्ने हो भने ३५ प्रतिशत २६ देखि ३० वर्षका, २० प्रतिशत २१ देखि २५ वर्षसम्मका, २० प्रतिशत ३१ देखि ३५ वर्षका, १२ प्रतिशत ३६ देखि ४० वर्षका, १० प्रतिशत ४१ वर्षभन्दा माथि र तीन प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका छन् । यस्तो शङ्कास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ । त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, पाँच प्रतिशत कृषि, दुई प्रतिशत इञ्जिनियर, नौ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति तथा चार प्रतिशत स्वरोजगार रहेका छन् ।

चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत छन् । २६ प्रतिशत व्यक्तिको बैङ्क अकाउन्ट बाइनान्स, क्रिप्टो, विटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको भनेर उनीहरुकै बैङ्क स्टेटमेन्टबाट देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भनेर विभिन्न अनौपचारिक स्रोतबाट र इमेलबाट जानकारी पाएको, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैङ्क खाता प्रयोग गर्ने (मनी म्युल) को प्रयोग गर्ने गरेका कारण शङ्कामा परेको राष्ट्र बैङ्कले जनाएको छ ।

त्यस्तै, पाँच प्रतिशत क्रिप्टो विटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्डको प्रयोग गर्ने गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न भएको, दुई प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा चार प्रतिशतले क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिले त्यस्तो कारोबारका लागि प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ । बयालिस प्रतिशत भने उनीहरुको कारोबारको अवस्था हेरेर शङ्कामा परेको प्रतिवेदनमा जनाइएको छ । उनीहरुको बैङ्क खातामा पटक–पटक रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएका कारण शङ्कास्पद कारोबारका रुपमा चित्रित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Previous Post

सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइँदै

Next Post

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In