• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

metakhabar by metakhabar
१८ पुस २०८२,
0
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

“कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भने ।

पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली सुचारु गरिने जनाइएको छ। सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।

पोखरालाई ताररहित बनाउन आग्रह

पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरे।

“पोखरा बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ”, उनले भने । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैँले हटाउनेसमेत बताए ।

“विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उहाँहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ”, प्रमुख आचार्यले भने।

पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।

पोखराको सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्‍याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्ने गरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ । यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए ।

पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण गरिरहेको छ ।

प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने आयोजना प्रमुख सुवेदीले बताए । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

Previous Post

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

Next Post

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
मनास्लु पदमार्गमा आवातजावत खुला

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In