• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

metakhabar by metakhabar
१२ पुस २०८२,
0
गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइ–नभ्याइ छ ।

जुनार टिप्ने मध्य समय मङ्सिरदेखि पुस १५ गतेसम्म भएकाले यहाँका जुनार–सुन्तला बगैँचामा किसान, कामदार र व्यापारी तछाडमछाड गरिरहेका छन् । वरिष्ठ पत्रकार डण्ड गुरुङ भन्छन्, “जन्मथलोको सुगन्धले पत्रकारिता पेसासँगै कृषि कर्ममा जोडिएको छु । हेर्नुस् त पाखैभरि पहेँलपुर जुनार–सुन्तला ! यहाँको बगैँचामा सुनै–सुन छ । बोटमा पैसा फलेको छ ।”

प्रत्येक वर्ष व्यापारिले किसानको बगैँचाबाटै फल उठाउने भएकाले अहिले त्यस क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ । तीनकन्या बगैँचामा सुनौला रङका जुनार–सुन्तला हाँगै भाँचिने गरी लटारम्म फलेको देखिन्छ । फल थेग्न नसकेर झुलेका हाँगालाई टेको लगाएर अड्याइएको छ ।

पैसा कमाउन विदेश जानुपर्छ, पैसा रुखमा फल्छ र ? भन्नेलाई किसानले गलत सावित गरिदिएको उल्लेख गर्दै लटारम्भ जुनार देखाउँदै पत्रकार गुरुङ भन्छन्, “हेर्नुस् त्यहाँ रुखमै झुप्पाका–झुप्पा पैसा फलेको छ ।” गोलञ्जोर–४ तीन कन्या माझकुभिण्डेका उत्पादित जुनार–सुन्तला गुणस्तरीय र रसिलो भएकाले खरिद गर्ने व्यापारी पैसाको बिटो बोकेर बगैँचामा घुमिरहेका पाइन्छ । त्यसक्षेत्रका किसानका बगैँचामा न्यूनतम ५० देखि अधिकतम एक हजारसम्म जुनार सुन्तलाका बोट रहेको पाइएको छ । जुनारबाट राम्रो मूल्य पाएपछि यहाँका किसानसमेत हर्षित छन् ।

हो, त्यहाँका जुनार–सुन्तलाको एउटै बोटले किसानलाई वार्षिक रूपमा रु २५ हजारसम्म मूल्य बराबरको उत्पादन दिँदै आएको छ । अहिले त्यहाँ बगैँचाबाट जुनार प्रतिकिलो रु ५५ र सुन्तला रु १०० का दरले बिक्री हुँदै आएको छ । बजारमा उपभोक्ता मूल्य भने जुनारको प्रतिकिलो रु ९० र सुन्तलाको रु १३० रहेको छ ।

पत्रकार गुरुङले भने, “तपाईंहरू यहाँको बगैँचा घुम्नुस्, प्रत्येक घरका बगैँचामा जुनार र सुन्तला नामको पहेँलपुर सुनै–सुन फलेको छ । अहिले व्यापारी तछाड–मछाड गर्दै पैसाको बिटो लिएर बगैँचामा घुमिरहेको देख्नुहुन्छ ।” उनले भनेजस्तै बगैँचाका प्रत्येक बोटमै पैसा फलेको छ, जुनार–सुन्तला नोटसँग साटिन तम्तयार भएर झुलेको देखिन्छ । गोलञ्जोरको सातै वडाको महाभारत क्षेत्र हावापानीका हिसाबले जुनार–सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ ।

सरकारी तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा करिब रु ४० करोड मूल्य बराबरको जुनार–सुन्तला उत्पादन हुने गरेको छ । पत्रकार गुरुङकै सल्लाह र सुझावमा पालिकाले गत मङ्सिरको २३ देखि २५ गतेसम्म माझकुभिण्डेमा बृहत् जुनार प्रवर्द्धन मेलासमेत आयोजना गरको थियो । मेलाका अवसरमा बगौँचा पुगेर आफ्नै हातले टिपेर जुनार–सुन्तलाको स्वाद चाख्न तथा बगैँचा अवलोकन गर्न हजारौँ व्यक्ति आन्तरिक कृषि पर्यटकका रूपमा पुगेका छन् ।

स्थानीय मौलिक फल जुनारको राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने, आर्थिक र पौष्टिक महत्त्वबारे जानकारी गराउने, कृषकलाई सम्मान गर्ने तथा उत्पादन बजारसम्म पुर्याउन सरकारसँग सहज सडकको माग गर्ने उद्देश्यले मेला गरिएको थियो । मेलामार्फत देश–विदेशका राष्ट्रिय सञ्चार माध्यममा समेत गोलञ्जोरको जुनारले स्थान र चर्चा पाएको थियो र छ ।

राज्यप्रति स्थानीयवासीको एउटै गुनासो छ, बीस वर्षदेखि सडक कालोपत्र होस् भनी उठाएको आवाज कहिले पूरा हुन्छ ? पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख प्रमुख लक्ष्मीप्रसाद सापकोटा किसानको माग बमोजिम चिल्लो र कालोपत्र सडक भएमा सजिलै बजारसँग जोड्ने र उत्पादित फल समयमै बिक्री गर्न सजिलो हुने बताउछन् ।

जुनार किसानको मागअनुरूप खतियाखर्कबाट बाहुनतिल्पुङ र देउरालीसम्मको सडक प्रदेशिक सरकारको गुरु योजनामा परेकाले सबैको पहलमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । बिपी राजमार्गको महाभारत क्षेत्रको खनियाखर्कबाट करिब ३५ किमी कच्ची सडकको यात्रा गरी पुग्न सकिने माझकुभिण्डेमा पुग्ने जोकोही पाखैभरि लालुपातेझैँ झुलेका जुनार–सुन्तलाका बोट देखेपछि छक्कसँगै दङ्गसमेत अवश्य पर्ने छन् ।

पछिल्ला वर्षमा त्यहाँ व्यावसायिक उत्पादन गरेका जुनार–सुन्तला किसानले हचुवाका आधारमा बोटबाटै मोलतोल गरी व्यापारीलाई बिक्री गर्दै आएका छन् । जुनार र सुन्तलाको फूल फल्नासाथ व्यपारी टोकनबापतको रकम लिएर किसानका बगैँचामा पुग्ने गरेका छन् । केही वर्षदेखि जुनारमा औँसा, सुडेपुतली र ढुसीलगायत रोग देखिएपछि किसानले जुनारस्रोत तथा अनुसन्धान केन्द्र स्थापनाका लागि माग गरिरहेका छन् ।

महाभारत शृङ्खलाको काखमा पूर्वउत्तर ढल्किएको तीनकन्या क्षेत्रबाट तल सुनकोशी गडतिर र रामेछाप क्षेत्रको भूगोल तथा गौरी शङ्करलगायत हिमाल छर्लङ्ग देखिने भएकाले प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत यो भू–भाग महत्त्वपूर्ण मानिन्छ ।

कस्तो फल हो जुनार, नाम कसरी रह्यो ?

जुनारको इतिहास दुई सय वर्ष अघिको छ । जुनारलाई गोलञ्जोरमै उत्पत्ति भएको फल मानिन्छ । यसको इतिहास नेपालको लोपोन्मुख जाति हायु परिवारसँग जोडिएको छ । प्रारम्भमा जुनारका बिरुवा कोसेलीका रूपमा नजिकको गाउँ वितरण गरिएको भन्ने छ ।

करेसाबारीमा फलेको अनौठो फल फलेपछि स्थानीय हायु परिवारले तत्कालीन राजा-महाराजलाई चखाउन पठाएका थिए । उनीहरूले ‘जिउनार’ गरेको र मिठो रहेको सुनाएपछि त्यो फलको नाम ‘जुनार’ रहन पुगेको विश्वास गरिएको छ । दानेदार रसिलो जुनार भर्खरै जन्मिएको बालकदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई खुवाउन मिल्ने फल हो । स्थानीय तीन कन्यामै उत्पत्ति भएको मानिएको जुनारको व्यावसायिक खेती भने विसं २०३२ देखि हुँदै आएको छ ।

नेपालको मौलिक फलका रूपमा परिचित जुनारखेती जिल्लाको एक हजार ११३ हेक्टरमा फैलिएको गोलञ्जोर गाउँपालिका प्रमुख शङ्करराज बराल बताउछन् । जिल्लामा उत्पादन हुने कुल ९० प्रतिशत जुनार गोलञ्जोरमा उत्पादन हुने गरेको छ । यो वर्ष ११ हजार मेट्रिक टन जुनार यसै क्षेत्रबाट उत्पादन हुने अनुमान छ । महाभारत शुङ्खलाको ७२ किमी क्षेत्र जुनार–सुन्तला उत्पादनका लागि उपयुक्त मानिएको छ ।

अनौपचारिक तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा रु ७५ करोड मूल्य बराबरको जुनार–सुन्तला बिक्री हुने गरेको छ । जुनार उत्पादन सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेल भन्छन्, “स्वादिला र गुणस्तरीय भएकाले होला, व्यापारीहरू पैसाको बिटो लिई बगैँचामै आएर जुनार किन्न व्यापारी तछाड–मछाड गर्छन्, त्यसैले भनिएको हो, यहाँको रुखमै पैसा फल्छ ।” त्यस पालिकाका सात वटै वडामा जुनारखेती छ ।

साथै जिल्लाका अरु गाँउपालिका कमलामाई, सुनकोशी, तीनपाटन, हरिहरपुरगढीमा पनि पछिल्लो समय जुनारखेती विस्तार हुँदै गएको छ । गोलन्जरको एउटा मौलिक फल जिल्लाकै पहिचान बनेको प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष बराल भन्छन्, “जिल्लाभरमा यसको एक अर्बभन्दा बढीको व्यापार छ । धेरैले रोजगारी पाएका छन् । अघिल्ला वर्षमा औँशा र सुडेपुतलीले दुःख दिएकामा अहिले त्यो नियन्त्रण हुँदै गएको छ । यद्यपि हरेक वर्ष रोगकिसाबाट फललाई जोगाउन सजग र सचेत रहनुपर्ने देखिन्छ ।

सिन्धुलीमा उत्पादित जुनारको बजार पूर्वमा काकडभिट्टादेखि पश्चिमा पोखरा र बुटवलसम्म छ । बिपी राजमार्ग भएर पूर्व–पश्चिम यात्रा गर्ने जो कोहीको झोलामा कोसेलीका रूपमा जुनार रहने गरेको छ । सिन्धुलीमाढी, खनिया खर्क र खुर्काेट बजारमा हार मिलाएर बिक्रीका लागि राखिएको जुनारका थुप्राले एक पटक यात्रुको ध्यान खिच्ने गरेको छ ।

अहिले गाउँमा मात्र होइन, सहरबजारका हरेक फलफूल पसलमा जुनार राखिने गरिएको छ । सुन्तला र एभोगाडोको तुलनामा निकै सस्तो जुनार अत्याधिक रसिलो फल हो ।

जुनारबाट जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्याण्डीजस्ता विभिन्न परिकार बनाउन सकिन्छ । त्यस्तै जुनार बगैँचामा अन्तरबालिकारूपमा भटमास, सिमी, अदुवा, दाल, बेसार र कफीखेतीलाई किसानले अघि बढाइएको छ । त्यसबाट किसान निकै लाभान्वित भएका छन् । नयाँ बालिका रूपमा त्यस क्षेत्रमा एभोकाडो र अम्बा पनि किसानले भित्र्याएको देखिन्छ ।

गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने भन्छन्, “जुनार–सुन्तला खेतीका लागि यहाँको हावापानी उपयुक्त छ, उत्पादित फल निकै मिठो छ ।” यस क्षेत्रमा उत्पादित जुनार–सुन्तलालाई सहजरूपमा बजारसम्म पुर्‍याउन तथा यसको महत्त्वबारे राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा परिचित गराउने अभियानमा जनप्रतिनिधिहरू जुटिरहेको उनी बताउछन् ।

भर्खरै जन्मिएको शिशुदेखि १०० वर्षसम्मका वृद्धलाई पनि जुनारका रख खुवाउँदा कुनै असर गर्दैन । बरु हुर्कन र ताकत प्राप्त हुन्छ । त्यसैले पनि जुनारको माग र महत्त्व बढेको छ । तर यति हुँदाहुँदै पनि किसानको रोजाइमा भने जुनारको तुलनामा सुन्तला नै रहेको पाइन्छ ।

सुन्तला सर्लक छोडार खान सजिलो हुन्छ । रोग किराको सङ्क्रमण जुनारको दाँचोमा सुन्तलामा कम हुन्छ । स्थानीय गुणबहादुर ठकुरीका अनुसार सुन्तला एक गाडी लिएर बेच्न निस्कियो भने रु डेढ लाख कमाइन्छ भने सोही परिणामको जुनार बेच्दा रु ५० हजार मात्र हुन्छ ।

तथापि, जुनार नेपालकै मौलिक फल रहेकाले यसको प्रचारप्रसार गरी किसानलाई बजारको पहुँच सहजताका लागि सरकारले कालोपत्रे कृषि सडक बनाइ दिनुपर्ने उनको भनाइ थियो । उनका अनुसार, उपयुक्त हावापानी भएकाले नेपाल र नेपालीका लागि आम्दानीको राम्रो स्रोत जुनार–सुन्तलाभन्दा राम्रो अरु केही छैन । पैसा कमाउन युवापुस्ता बाहिर जान पर्दैन । यही स्रोत राम्रो छ ।

विसं २०३५ देखि व्यावसायिक जुनारखेती गर्दै आएका ठकुरीको हाल ६०० बोट जुनार सुन्तला छ । उनको वार्षिक कमाइ हाल रु ३० लाखसम्म हुँदैआएको छ । पछिल्लो समय रामेछाप, ओखलढुङ्गा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पनि जुनारखेती व्यावसायिक रूपमा अघि बढिरहेको छ ।

जुनारखेती विस्तार र प्रवर्द्धन सरकारले कालोपत्र सडक, मेला र महोत्सव गर्नुपर्ने व्यावसायिक खेती गर्दै आएका किसानको भनाइ छ । हुन पनि बजार व्यवस्थापन, सहज पहुँच र प्रचारप्रसार गर्न सके रसिलो, पोषिलो अनि स्वादिलो नेपालकै स्थानीय मौलिक फल जुनारले अरु फलफूलसँग प्रतिस्पर्धा गर्न पर्दैन ।

सिन्धुली जुनार सङ्घका अध्यक्ष कर्णबहादुर आलेमगर हावापानीका कारण धेरै गुणस्तरीय फल उत्पादनको सम्भावना रहेको बताउछन् । यद्यपि कृषक गुणबहादुर ठकुरीका अनुसार माझकुभिण्डे आम्दानीको हिसाबले धेरै फल्ने, छिटो बिक्री हुने, पैसा पनि धेरै आउने भएकाले सुन्तला प्रतिको मोह बढ्दो छ ।

Previous Post

नेपालको राजनीति: नयाँ अनुहार, उही सत्ता लोभ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In