• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडो मौसममा दैनिक कति पानी पिउने ?

metakhabar by metakhabar
१ पुस २०८२,
0
मनसुनमा मनतातो पानी: स्वास्थ्यलाई कसरी बनाउँछ बलियो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन् ।

अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २.२ लिटर पानी पिउनुपर्ने छ ।

साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मिलिलिटर पिसाबबाट १५०० मिलि गरी लगभग २–३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ ।

कुनै काम नगरी बस्दापनि दुईतीन लिटर पानी पिउँनैपर्छ भने कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ ।

शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा ‘डिहाइड्रेसन’को खतरा बढ्छ । त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा मिर्गौलाजस्ता अंगको कार्यसम्पादन ठिक राख्न पनि बारम्बार पानी पिउन आवश्यक छ ।

जाडो महिनामा पिउने न्यानो पानीले पाचन प्रणाली सुधार गर्ने, कब्जियत कम गर्ने, चिसोका कारण हुने घाँटी दुखाइ र खोकीमा राहत दिने तथा शरीरलाई हाइड्रेट राख्न मद्दत गर्ने चिकित्सकहरूले बताएका छन् ।

विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै एक गिलास न्यानो पानी पिउनु लाभदायक हुन्छ । त्यस्तै खाना खानु अघि वा खानापछि ३० मिनेटको अन्तरालमा पानी पिउन सुझाव दिइएको छ । सुत्नुअघि धेरै पानी पिउनु भने उपयुक्त नहुने बताइएको छ ।

मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाहअनुसार मिलाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

जाडोमा पानी कम पिउँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता समस्या
स्वास्थ्यकर्मीहरूका अनुसार पानीको कमीले टाउको दुख्ने, थकान महसुस हुने, कब्जियत तथा छाला सुक्खा हुने समस्या देखिन सक्छ ।

जाडोमा न्यानो पानी पिउनु पाचन सुधारका लागि उपयोगी
जाडो महिनामा न्यानो पानी पिउनुले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । न्यानो पानीले पेटको गतिविधि बढाउने, खाना सजिलै पचाउन मद्दत गर्ने तथा ग्यासको समस्या कम हुन्छ । बिहान खाली पेट न्यानो पानी पिउनु विशेष लाभदायक हुने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

अत्यधिक तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक
धेरै तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्ने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्।

अत्यधिक तातो पानीले घाँटी, जिब्रो र पाचन नलीमा जलन गराउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार न्यानो पानी नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ । मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले तातो पानीको मात्रा र तापक्रम चिकित्सकको सल्लाह अनुसार मिलाउनुपर्ने सुझाव दिइएको छ ।

Previous Post

कसरी भएको थियो गुगलको शुरुवात ?

Next Post

एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?

एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In