• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

    मधुवा रोगको समस्याले किसान चिन्तित

    मधुवा रोगको समस्याले किसान चिन्तित

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

    नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

    मधुवा रोगको समस्याले किसान चिन्तित

    मधुवा रोगको समस्याले किसान चिन्तित

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

    नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

metakhabar by metakhabar
२४ मंसिर २०८२,
0
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रातामाटा (दैलेख) । भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिइन् । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहेकी थिइन् ।

छ वर्षीया छोरी उनकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि ? जिज्ञासा झर्न नपाउँदै उनले भनिन्, “महिला, यसमाथि गर्भावस्था, यसमा सुत्केरी हुँदा नपाएको दुःख र कष्ठ कहिले पाउनु ? प्रसव पीडा बिना नयाँ सृष्टि कहाँ हुन्छ ?” जवाफ दिइरहँदा उनको अनुहारमा चमक पनि देखियो । छोरा जन्मिएकाले खुसी भएको ? भन्ने जिज्ञासामा उनले भनिन्, “होइन होइन । अहिले जमानामा छोराले भन्दा छोरीले पाल्दछन् । नानीबाबुमा केही फरक छैन । नानी जन्माउनभन्दा बाबु पाउन सजिलो भयो भनेर । खासै पीडा भएन भनेर ।”

उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिन्थिन् । स्वास्थ्यकर्मीले दिएको निर्धारित मितिभन्दा करिब १५ दिन अगाडि नै उनी सुत्केरी भएको थियो । अमृतालाई सुत्केरी व्यथाले च्याप्ने बित्तिकै उनका पति निर्मल खड्काले छिमेकीको सहायताले ‘स्ट्रेचर’मा बोकेर घरभन्दा करिब एकघण्टा टाढाको स्वास्थ्य संस्था (बर्थिङ सेन्टर)मा पु¥याएका थिए । निर्मलले भने, “गर्भवतीलाई ‘स्ट्रेचर’मा बोक्नुको अर्को विकल्प यहाँ छैन । बर्थिङ सेन्टर त छ टाढा पर्छ । सेवा त ठीकै छ ।”

अमृतालाई गाउँका महिला स्वयंसेविकाले अमृता गर्भावस्था भएदेखि सुत्केरी नहुञ्जेलसम्म ख्याल गरिरहे । उनले भने, “आज पनि तपाईँ आउनुअघि स्वयंसेविकाको आएको थियो । मलाई र बाबु (शिशु)लाई केही समस्या भएको छ कि छैन भनेर सोध्नुभयो । मैले ठीकै छ भनिदिए । उहाँ जानुभयो । स्वयंसेविकाका सबै सल्लाह मानेका कारणले गर्भावस्थादेखि सुत्केरी हुन सजिलो भयो । श्रीमान्ले भन्दा महिला स्वयंसेविकाले ख्याल गर्दछन् । प्रसव पीडा हराइसक्यो । भुलिसकियो । सम्झेर पनि के गर्नु र ?”

गाउँका गठन भएका स्वास्थ्य आमा समूह र महिला स्वयंसेविका गर्भवती एवं नवजात शिशुको स्याहार गर्न प्रायः साँझ बिहान तल्लीन छन् । कतिपय अवस्थामा उनीहरुले नै गर्भवतीलाई ‘स्ट्रेचर’मै बोकेर बर्थिङ सेन्टरमा लैजानुपर्ने अवस्था यहाँ विद्यमान छ । हालसम्म गाउँमा एम्बुलेन्स छैन । गाउँका युवा र अन्य पुरुष कामको खोजीमा अन्यत्र गएकाले यहाँ स्वास्थ्य आमा समूह र महिला स्वयंसेविका नै गर्भवतीका लागि भरोसा बनेका हुन् ।

भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काका अनुसार गाउँपालिकाभर ८१ स्वास्थ्य आमा समूह क्रियाशील छन् । उनी भन्छन्, “पुरुष घर नभएका अवस्थामा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गर्भवतीलाई ‘स्ट्रेचर’मै बोकेर बर्थिङ सेन्टरमा लैजानुपर्ने अवस्था छ । यसमा सुधार ल्याउन ‘एम्बुलेन्स’ को व्यवस्थापन गर्न पहल गरिराखेका छौँ । ‘गर्भावस्थादेखि सुत्केरीपश्चात् स्वास्थ्य आमा समूह र स्वयंसेविकाले कसरी हेरचाह गर्दछन्’ भन्ने कुराको सिकाइ रातामाटा बन्न सक्छ । ”

स्वास्थ्य आमा समूहको मुख्य काम नै गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको जीवन रक्षा गर्न सहजीकरण गर्नु नै हो । यसका लागि ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले सेतुको काम गरिराखेको छ । ब्रिटिस रेडक्रस र स्विस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा सो कार्यक्रम कार्यान्वयन गरिराखेको हो ।

महिला स्वयंसेविका पानसरा खड्काले भने, “पछिल्लो समय गाउँमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा छ । गर्भावस्था, सुत्केरीपश्चात् आमा र नवजात शिशुको मृत्यु यहाँ भएको छैन । सुत्केरी हुनेक्रममा जटिलता भएर केही गर्भवतीको मात्र हवाई उद्धार भएको छ । हामी यो अवस्था पनि नआओस् भनेर काम गरिरहेका छौँ । व्यवहार परिवर्तलाई जोड दिइराखेका छौँ । गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको जीवन कसरी रक्षा गर्न हामी घरघरमा सचेतनाका काम गर्दछौँ ।”

‘सुरक्षित मातृत्व कोष’

गाउँका गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको हेरचाहका लागि स्वास्थ्य आमा समूहले छुट्टै ‘सुरक्षित मातृत्व कोष’ स्थापना गरेका छन् । यो कोषमा सो परियोजनाले पाँच हजार सहयोग गरेको छ । यसमा समूहले पाँच हजार थप गरेर १० हजार बनाएका छन् । भगवतीमाई–३ कि महिला स्वयंसेविका अमृता खड्काले भने, “गर्भवती र पाँच वर्षमुनिका बालबालिकालाई विपद्मा कोषबाट सहयोग हुने गरेको छ । कतिपय अवस्थामा ‘स्ट्रेचर’ बोक्ने पुरुष गाउँमा पाइन्न । अस्पताल त छ टाढा छ । अझै गर्भवती बाटोमा नै सुत्केरी हुनुपर्ने अवस्था छ । महिलाले नै ‘स्ट्रेचर’मा बोकेर स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था छ । गाउँमा एम्बुलेन्स छैन । यस्तो अवस्थामा सहयोग गर्न कोष बनाएका हौँ । कोषबाट अप्ठ्यारो पर्नेलाई सहयोग गर्ने गरेको छौ । ”

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि गाउँपालिकाअन्तर्गतका सात स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरिएको जानकारी दिए ।

उनले भने, “परियोजनाले गाउँपालिकाको सहकार्यमा गाउँ घर क्लिनिक तथा खोप केन्द्र भवनको निर्माण, दुईवटा स्वास्थ्यचौकीको मर्मत तथा खानेपानी र सरसफाइका सुविधा, स्वास्थ्यकर्मीका लागि नवजात शिशुको हेरचाह तथा मातृ तथा नवजात शिशु स्वास्थ्यका लागि ‘अनसाइट कोचिङ’ सञ्चालन गरेको छ । स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा प्रजनन स्वास्थ्य, नवजात शिशु स्वास्थ्य, बाल तथा किशोर स्वास्थ्य, पोषण, यौन तथा प्रजननन स्वास्थ्य अधिकार, महिनावारी स्वच्छता जस्ता विषयहरुमा छलफल तथा अभिमुखीकरण गरिएका छन् ।”

परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनलाई एकीकृत गरी समुदायका विभिन्न तहमा स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमार्फत समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्न गाउँपालिकासँगको समन्वयमा विभिन्न विभिन्न गतिविधि सम्पन्न भएको जानकारी दिए । उनले भने, “यस्ता गतिविधिबाट समुदायका व्यक्तिहरुको स्वास्थ्यमा सुधार ल्याउने काम छ ।”

Previous Post

कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

Next Post

कुखुरामा ‘एनेमिया भाइरस’

metakhabar

metakhabar

सम्बन्धित खबर

वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
आर्थिक

वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

६ बैशाख २०८३,
यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने
आवाज

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख २०८३,
सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना
फिचर-ब्यानर

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

६ बैशाख २०८३,
मधुवा रोगको समस्याले किसान चिन्तित
आवाज

मधुवा रोगको समस्याले किसान चिन्तित

६ बैशाख २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

६ बैशाख २०८३,
नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा
आवाज

नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

६ बैशाख २०८३,
Load More
Next Post
कुखुराजन्य व्यवसाय धरासयी अवस्थामा

कुखुरामा ‘एनेमिया भाइरस’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In