• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

    दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    सरकार आयो, युवा गए

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ मंसिर २०८२,
0
बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ। चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन्।

‘मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ,’ बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि नवलपरासीको पिठौलीका ईश्वरी चौधरीले भने, ‘हामीले यहाँको चुरे क्षेत्रको अवलोकन गर्यौँ, यो त प्राकृतिक पर्यटनको भण्डार रहेछ।’ राइमण्डलडाँडास्थित गिद्धबास/गिद्धको बासस्थानलाई संरक्षण गर्न मुख्यतः आहाराको व्यवस्थापनमा जुट्न उनको बर्दिबास नगरपालिका र नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई सुझाव छ।

आफ्नो ठाउँको पिठौली सामुदायिक वन क्षेत्रमा स्थापित गिद्ध संरक्षण उद्देश्यको जटायु रेष्टुरेन्ट स्थापना भएयता बढेको पर्यटकीय चहलपहलको अनुभव साट्दै चौधरीले बर्दिबासको यो क्षेत्र अझ मनोरम रहेको बताए। ‘यहाँको चुरे क्षेत्र सम्पदाले भरिपूर्ण रहेछ,’ उनले भने,’यहाँ पर्यटकीय सम्भावनाका प्रशस्त आधार रहेछन्।’

राइमण्डलडाँडाको गिद्धबास, राइमण्डल क्षेत्रकै मध्य पाषण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, मधेसको जिल्ला भएर पनि सुन्तला, जुनार फल्ने चनौटेडाँडा र यहाँका टुटेश्वर, पञ्चधुरा माईस्थान र राइमण्डलधामसहितका आदिकालदेखिका धार्मिकस्थल पर्यटकीय विकासका लागि महत्त्वपूर्ण आधार रहेको अवलोकनकर्ताको प्रतिक्रिया छ।

त्यसैगरी, वातावरण र पर्यावरण संरक्षणका क्षेत्रमा लामो अनुभव सँगालेका धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डल आफूले महोत्तरीको चुरे क्षेत्रको अवलोकन गर्दा लोपोन्मुख पन्छी गिद्धसँगै अनेकौ चराचुरुंगी र वन्यजन्तुको बासस्थान रहेको देखिएको बताए।

‘यहाँको चुरे क्षेत्रमा अहिले सघन वन रहेछ। यहाँ बहुमूल्य वनस्पति तथा बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलसहितका वन्यजन्तु बाक्लै रहेछन्,’ मण्डल भन्छन्, ‘यसका अतिरिक्त अन्य पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थलले यहाँको परिचय विशिष्ट बन्ने आधार छन्, यिनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सक्नुपर्छ।’

अवलोकनकर्ताको सुझाव मनन गरेर नै बर्दिबास नगरपालिकाले संस्थागत प्रयत्नबाटै सम्भावना चिन्हित गर्न र तदनुरुप योजनाबद्ध काम अघि बढाउन नगरमा संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउँछन्।

‘पर्यटकीय सम्भावनाका क्षेत्र पहिचान गर्न र यी क्षेत्रमा गर्न सकिने कामको खाका बनाउन जिम्मेवारीसहितको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेका छौँ,’ क्षेत्री भन्छन्, ‘समितिले विभिन्न क्षेत्रको काम हेर्नेगरी उपसमिति बनाएर अघि बढेको छ।’ यहाँको पर्यटकीय क्षेत्रको पहिचान र योजनाबद्ध काम अघि बढाउने कुरालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले मध्य पाषाण युगकालीन हतियार कारखानाको विज्ञहरूबाट पहिलो चरणको अन्वेषण कार्य र गिद्ध संरक्षणका काम पहिल्याउन काम सुरु गरेको जनाएको छ। ‘हामीले मध्य पाषाण युगकालीन हतियार कारखानाको पुरातत्वविद्बाट पहिलो चरणको अन्वेषण कार्य सम्पन्न गराएका छौँ, त्यसबाट प्राप्त विज्ञहरूको निष्कर्षले हामी उत्साहित छौँ,’ समितिका अध्यक्ष हीरालाल गौतम भन्छन्,’पुरातत्व विभागका विज्ञ र भारतीय पुरातत्वविद्ले गर्नुभएको प्रारम्भिक अन्वेषणबाट यहाँ १० हजार वर्ष पहिलेको ढुङगे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको छ।’ यस काममा अझ योजनाबद्ध ढङ्गले अघि बढ्न सङ्घीय सरकारको चासो बढाउन प्रयत्न गरिएको गौतमको भनाइ छ।

समितिले गिद्ध संरक्षण र पर्यापर्यावरणको कामलाई व्यवस्थित गर्न उपसमिति बनाएर काम अघि बढाइएको गौतमको भनाइ छ। यस क्रममा गिद्धको आहारा दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर मिहीन तवरले काम थालिएको गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेत बताउँछन्।

‘हामीले पहिलो चरणमा पिठौली वनको गिद्ध व्यवस्थापनको अवलोकन गरेर केही सिक्दैछौँ, अब राइमण्डलडाँडाको गिद्धबासको पायक पर्नेगरी गिद्धको आहारा व्यवस्थापनको काम अघि बढाउने तरखरमा छौँ,’ बस्नेत भन्छन्, ‘यसका लागि समुदायसँग छलफल भइरहेको छ।’ यसका लागि दिगो काम गर्नुपर्ने हुँदा तयारीमा समय लागेको उनको भनाइ छ।

बर्दिबासको चुरे क्षेत्रमा पर्यटन सम्भावना पहिल्याउन दुई वर्ष पहिले ९२०८०० बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० वटा सामाजिक संस्थाले गरेका चुरे पदयात्राका क्रममा राइमण्डलडाँडामा गिद्धको समूह देखेपछि यहाँ यसबारे चासो बढेको हो। पदयात्रा गर्ने १० सामाजिक संस्थाले नगरक्षेत्रका ३८ ठाउँको परिचयसहित यिनलाई पर्यटकीय क्षेत्र बनाउन पहल गरिनुपर्ने सुझावसहितको पदयात्रा प्रतिवेदन त्यतिबेलै बर्दिबास नगर कार्यपालिकाको कार्यालयलाई बुझाएको थियो। आफूहरूले सुझाएका क्षेत्रमा काम गर्नेगरी नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाए पनि सम्बद्ध पदयात्री संस्थासँग समन्वय भने नगरेको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको गुनासो छ।

अहिले मुलुकका विभिन्न भेगबाट आउने अवलोकनकर्ताले आफ्नो नगरको चुरे क्षेत्रमा पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना औँल्याएका कुराले बर्दिबास नगरवासी पनि उत्साहित बनेका छन्।

‘जिल्लाको सबै चुरे क्षेत्र हाम्रै नगरमा पर्छ, बाहिरबाट आउने अवलोकनकर्ताले हाम्रो ठाउँको पर्यटन विकासको सम्भावना औँल्याएर देखाएका छन्,’ बर्दिबास–११ का नीलहरि गौतम भन्छन्, ‘अब तीनै तहका सरकारले हामी जनतालाई केही हुँदैछ भन्ने अनुभूति दिनेगरी यस क्षेत्रको काम अघि बढाउनुपर्छ।’ यसका लागि मुख्यतः स्थानीय सरकारले योजनाबद्ध काम अघि बढाउँदै प्रादेशिक र संघीय सरकारलाई जोड्न पहल लिनुपर्ने उनको सुझाव छ।

अघिल्लो समाचार

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

अर्को समाचार

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट
फिचर-ब्यानर

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

२० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२० कात्तिक २०८३,
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
आवाज

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२० कात्तिक २०८३,
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

२० कात्तिक २०८३,
सरकार आयो, युवा गए
आवाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

२० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२० कात्तिक २०८३,
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२० कात्तिक २०८३,
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

२० कात्तिक २०८३,
सरकार आयो, युवा गए

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन