• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ मंसिर २०८२,
0
कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुर, १९ मङ्सिर : बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक रु एक लाखसम्म कमाउने हैसियत बनाउनुभएको छ ।

सामान्य सङ्घर्ष मात्रले त्यो हैसियत बनेको होइन । बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिनुभएका डगौराको सङ्घर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ । उहाँ भन्नुहुन्छ, “दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदोरहेछ ।”

डगौराका बुबा वर्षौँसम्म जमिन्दारको घरमा कमैया थिए । आमाको मृत्यु हुँदा उहाँ छ महिनाका मात्र हुनुहुन्थ्यो । बाल्यकालदेखि नै जमिन्दारको घरमै हुर्कनुपरेको उहाँले १० वर्षको उमेरमा गोरु चराउने जिम्मेवारी पाउनुभयो । पन्ध्र वर्ष पुग्दा बुबासँगै हलो जोत्ने काममा संलग्न हुनुभयो । त्यसको केही समयमै ‘सौंकी हालेर’ कमैया बस्न बाध्य भए । घरजग्गा केही थिएन, आश्रय पनि जमिन्दारकै ठाउँ थियो । “कमैया बस्नुबाहेक कुनै विकल्प थिएन”, डगौराले सम्झनुभयो ।

कमैयाको दिनचर्या अत्यन्त कठोर थियो । बिहान सबेरै हलो जोत्ने, गोरुका लागि घाँस काट्ने र फुर्सदमा जमिन्दारका भैँसी चराउने उहाँको दैनिकी थियो । चाडपर्वका दिन पनि गोरु स्याहारिसकेपछि मात्र बिदा मिल्थ्यो । “दसैँ, तिहार, माघी सबै दिन काम गर्नुपर्ने, कमैया जीवन भनेको कामकै बन्धन थियो”, उहाँले विगत सम्झँदै भन्नुभयो ।

सौंकी लिएको रकमको ब्याज तिर्नुपर्ने बाध्यताले वर्षौँ उहाँ त्यही गाह्रो चक्रमा बिताउनुभयो । चार भाइमध्ये कान्छा डगौराले भन्नुभयो, “हामी चारै भाइ ठूलो भएपछि बुबालाई कमैया बस्न दिएनौँ, तर आफैँ कमैयाबाट मुक्त भने हुनसकेनौँ, ती दिन सम्झँदा आज पनि मुटु काम्छ ।”

सरकारले कमैया मुक्तिको घोषणा गरेपछि डगौराको जीवनमा नयाँ मोड आयो । कमैयाका नाममा लिइएको सौंकी रकम सरकारले मिनाहा गरे पनि ‘अरूको ऋण खान मिल्दैन’ भन्दै उहाँले आफूले लिएको सौंकी रकम जमिन्दारलाई फिर्ता गर्नुभयो । त्यसपछि २०५८ सालमा पुनःस्थापना कार्यक्रमअन्तर्गत झलारी बजार नजिकै चार कट्ठा घरबासको जग्गा पाएँ । त्यहीँ झुपडी बनाएर नयाँ जीवन सुरु भयो ।

त्यही समयमा गरिबी निवारण कोषले मुक्त कमैयाहरूका लागि समूह गठन गर्न थाल्यो । डगौरा पनि सो समूहमा आबद्ध हुनुभयो । समूहको कर्जा र आयमूलक कार्यक्रममार्फत किराना, पशुपालनजस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय भयो । “मैले बङ्गुर पाल्ने निर्णय गरेँ”, उहाँले भन्नुभयो, “समूहबाट पहिलोपटक रु १० हजार ऋण लिएर चारवटा बङ्गुरका पाठा ल्याएँ तर चुनौतीहरू अझै बाक्लिँदै थिए, खानका लागि अन्न थिएन, बङ्गुरका लागि चारो जुटाउन त परकै कुरा भयो, केही दिन मजदुरी गरेर जीविका चल्यो, त्यसबाटै आएको रकमले बङ्गुरको चारो जुटाउन थालियो ।”

त्यही बेला अधियाका रूपमा दुई बिघा जग्गा खेती गर्न पाइयो । “त्यहाँबाट आएको अन्नले परिवारको पेट पाल्नेमात्र नभई बङ्गुरका लागि पनि चारोको व्यवस्था भयो डगौराले भन्नुभयो, “बचेको अन्न बेचेर समूहको ऋण तिर्न भ्याएँ, बङ्गुर हुर्कँदै गए, बेच्दा केही आम्दानी पनि भयो ।”

उहाँ अगाडि भन्नुहुन्छ, “अर्कोपटक समूहबाट रु ५० हजार ऋण लिने निर्णय गरेँ, सुरुमा सदस्यहरू आशङ्कित भए, तर कुटानी पिसानी मिल राखेर कर्जा तिर्ने अश्वासन दिएँ, त्यसपछि एउटा चक्की र धान कुट्ने हलर मेसिन राखेँ ।” त्यतिबेला झलारी क्षेत्रमा विद्युत् थिएन, त्यसैले मिल डिजेल इन्जिनमा चलाइयो । चार वर्षभित्रै मिल चल्यो र ग्राहक बढ्दै गए ।

“मिल चलेपछि नाफा पनि मनग्य भयो”, डगौराले भन्नुभयो, “ग्राहक बढेपछि सानो मेसिनले नधानेपछि ठूला मेसिन राख्ने योजना बनाएँ, यसका लागि समूहबाट लिएको कर्जा तिरेर फेरि रु एक लाख ५० हजार कर्जा लिएर आधुनिक मेसिन जडान गरेँ ।” यसबीच झलारीमा विद्युत् सुविधा पनि आइपुग्यो । रु २० हजार तिरेर डगौराले विद्युत् मिटर जडान गर्दा मिल डिजेलबाट विद्युत्मा चल्न थाल्यो ।

हालसम्म डगौराले मिलमा झण्डै रु सात लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । अहिले दुईवटा सेलर, दुईवटा स्पेलर, दुई चक्की र आवश्यक विद्युतीय मोटरसहित मिल ठूलो परिमाणमा सेवा दिन सक्षम छ । मासिक कमाइबारे उहाँ भन्नुहुन्छ, “खर्च कटाएर महिनामा रु ५० हजार जति बचत हुन्छ, सिजनमा त रु एक लाखभन्दा बढी कमाइ हुन्छ ।” मिलबाट निस्कने खलि, ब्रानजस्ता वाइ–प्रोडक्ट बेचेर पनि थप आम्दानी भइरहेको छ ।

मिलबाटै आएको आयले डगौरा परिवारको हाल जीवनस्तर नै बदलिएको छ । पहिले झुपडीमा बस्ने उहाँ अहिले छकोठे पक्की घर बनाएर त्यसमै बस्दै आउनुभएको छ । मिल पनि पक्की पिलरसहित स्थायी संरचनामा विस्तार हुँदैछ । उहाँका पाँच छोरी र दुई छोरा सबै निजी विद्यालयमा पढ्दै आएका छन् । मिलका सबै काम मेसिन मर्मत, इन्जिन सरसफाइ, धान–गहुँ प्रशोधन उहाँ आफैँले सिक्नुभएको छ, जसले मिस्त्री खर्च पनि बचत हुन्छ । श्रीमती भागरथी चौधरी पनि मिलमै काम गर्नुहुन्छ ।

“पहिले के लगाउने, के खाने, कहाँ बस्ने भन्ने ठूलो चिन्ता थियो”, भागरथीले भन्नुभयो, “अब त्यो पीर छैन, कमाइले जीवन सहज भएको छ, छोराछोरीलाई राम्रो पढाइदिने मात्र चाहना बाँकी छ, हामीले विद्यालयको मुखसम्म देख्न पाएनौँ, छोराछोरी पढेर ठूलो मानिस बनेको हेर्ने इच्छा छ ।”

डगौराले कुखुरा, हाँस र बङ्गुरपालनलाई पनि निरन्तरता दिनुभएको छ । कुनै बेला कमैयाको कठोर जीवनमा बाँधिएका उहाँहरू अहिले मिहिनेत, अनुशासन र सही निर्णयले आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएको छ ।

यद्यपि, डगौरा दम्पतीको एउटै गुनासो छ, “गरिबका बालबालिकाले उच्च शिक्षा पढ्न सरकारबाट छात्रवृत्ति पाउनुपर्ने व्यवस्था सुनिन्छ, तर व्यवहारमा पाएका छैनौँ, यदि त्यो सुविधा प्राप्त हुन्थ्यो भने हाम्रा छोराछोरी पनि डाक्टर, इन्जिनियर वा पाइलटजस्ता पेसामा पुग्थे ।” डगौराको जीवनले देखाउँछ– सङ्कट र कठिनाइ कहिले पनि अन्त्य हुँदैन, सही समय, मिहिनेत र योजना भए जीवनको दिशा परिवर्तन गर्न सकिन्छ ।

अघिल्लो समाचार

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

अर्को समाचार

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन