• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 6, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

    आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    किसानलाई चैते धान थन्क्याउने चटारो

    तनहुँमा धान उत्पादन बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तोरीले पहेँलपुर बेथानचोकका बारी

metakhabar by metakhabar
१६ मंसिर २०८२,
0
तोरीले पहेँलपुर बेथानचोकका बारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।

स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उहाँले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताउनुभयो । “बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ”, सापकोटाले भन्नुभयो, “गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।”

सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताउनुभयो । “कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।”

पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताउनुभयो ।

बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताउनुभयो । पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उहाँको भनाइ छ ।

“अझ गाउँपालिकाको वडा नं १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिक रूपमा १०÷१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ ।”

हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ । यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जबाट मनग्य आम्दानी हुने गरेको छ ।

Previous Post

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

Next Post

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

metakhabar

metakhabar

सम्बन्धित खबर

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
जीवन शैली

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

१९ मंसिर २०८२,
जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू
जीवन शैली

जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

१९ मंसिर २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

१९ मंसिर २०८२,
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
आर्थिक

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

१९ मंसिर २०८२,
स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन
फिचर-ब्यानर

स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

१९ मंसिर २०८२,
किसानलाई चैते धान थन्क्याउने चटारो
आर्थिक

तनहुँमा धान उत्पादन बढ्यो

१९ मंसिर २०८२,
Load More
Next Post

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In