• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

metakhabar by metakhabar
१५ मंसिर २०८२,
0
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १५ मङ्सिरः शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ ।

पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ ।

‘पोखरा सबै मौसमका लागि’ नाराका साथ कृषिलाई पर्यटनसँग जोड्न परिषद्ले २०६१ सालदेखि बर्सेनि असार १५ गते पोखरा आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव गर्दै आएको थियो । परिषद्ले गर्दै आएको महोत्सवकै कारण त्यसको सिको गर्दै पोखरा आसपासका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय सरकार, स्थानीयवासीको सक्रियतामा रोपाइँ महोत्सव गरिँदै आएको छ ।

यस वर्ष पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो दाइँ महोत्सव सम्पन्न गरेको परिषद्का प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिनुुभयो । पोखराको सेती नदीको किनारस्थित ढुङ्गे साँघुमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेला नेपालकै प्राचीन मेला मध्येमा पर्दछ । भगवान रामसीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि लाग्दै आएको विश्वास गरिएको छ । ऐतिहासिक दस्तावेजअनुसार यो मेला १९६४ सालदेखि लाग्दै आएको पाइन्छ ।

स्थानीय उत्पादन ठूलो मात्रामा बिक्री वितरण हुने यस मेलामा कास्की जिल्ला मात्र नभै आसपासका जिल्लाबाट सरसमान किनमेल गर्न र मेला हेर्न सर्वसाधारण आउने गरेका छन् । ढुङ्गेसाँघुको मेला हेर्न माघे संक्रान्तिका दिनमा भगवान शिव, ब्रह्मा, विष्णुलगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ । भगवान् राम र सीता आफ्नो जीवनकालमा यहाँस्थित सीताघाटमा आएको विश्वासले पनि यहाँको धार्मिक महत्व अझै चुलिएको पाइन्छ ।

पोखरामा पछिल्लो समय पुम्दीकोटस्थित विशाल महादेव मूर्ति, सराङ्कोटस्थित पञ्चमुखी महादेव मन्दिरसँगै साहसिक पर्यटनका विभिन्न पूर्वाधार एवं गतिविधि थपिएका कारण मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको छ । मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको परिषद्का अध्यक्ष पहारीले बताउनुुभयो ।

अङ्ग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सवको २७औँ संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म गर्ने गरी तयारी रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुुभयो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा लेकसाइड क्षेत्रमा गरिने सडक महोत्सव पोखराको पहिचान नै बनिसकेको उहाँको भनाइ छ । ‘ सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नारासहित गरिने महोत्सव व्यवस्थित गरिँदै लगिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालिसकेको छ । सङ्घले यही मङ्सिर १७ देखि २२ गते पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ आयोजना गर्न लागेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुुभयो ।

विसं २०११ मा स्थापित सङ्घले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरमा रुपान्तरण गर्नका लागि २०४२ सालमा पहिलो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । मेलाका अवसरमा हुने व्यापार व्यवसायले यहाँको अर्थतन्त्रमा केही न केही योगदान पु¥याउने गरेको छ । पोखराकै लेखनाथ क्षेत्रमा लेखनाथ उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दैआएको छ । होत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेलेको सङ्घका अध्यक्ष जानुका पराजुलीले जानकारी दिनुुभयो ।

सङ्घले पुस ३ देखि १४ गतेसम्म पोखरा महानगरपालिका–२७ तालचोकमा २१औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको छ । सङ्घले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको छ । विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा जुटाएर लेखनाथ क्षेत्रको पहिचान गराउँदै आएको छ । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनको प्रर्दशनी एवम् विक्री हुँदै आएको छ ।

युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४औँ संस्करण आगामी पुष २९ देखि माघको ११ गतेसम्म गरिने भएको छ । पोखराको अमरसिंह चौरमा बर्षेनि हुँदै आएको सो महोत्सव यहाँको पर्यटकीय पहिचान बन्दै गएको छ । यी महोत्सवसँगै हरेक वर्ष नेपाली नयाँ वर्षमा होटेल सङ्घ पोखराले गर्दै आएको फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, तीजमा पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराले गर्दै आएको तीज सांस्कृतिक महोत्सव, पोखरा–४ ले गर्दै आएको यःमरी महोत्सव, नेवाः खलले गर्दै आएको गाईजात्रा महोत्सव, लेखनाथ होटेल तथा रेष्टुरेण्ट एशोसिएशनले गर्दै आएको फिस फेष्टिवललगायत महोत्सवले पोखराको समग्र पर्यटनमा योगदान पुग्दै आएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

पोखरामा सञ्चालन हुने मेला महोत्सवको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गर्दै आएको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले बताउनुुभयो ।

Previous Post

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

Next Post

गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित

गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In