• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

metakhabar by metakhabar
५ मंसिर २०८२,
0
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशूली (नुवाकोट), ५ मङ्सिर : नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ ।

नगर कार्यपालिकाको बैठकले किसानलाई राहत वितरणका लागि करिब रु ८० लाख लाग्ने अनुमानसहित स्रोत सुनिश्चित गर्दै एक साताभित्र वडा कार्यालयमार्फत राहत रकम वितरण गर्ने निर्णय गरेको हो । धानबाली क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन जनप्रतिनिधिहरूको एक महिनाको सेवासुविधा, नगरपालिका र वडा कार्यालयका सम्पूर्ण कर्मचारी, स्वास्थ्य संस्था, विद्यालयका शिक्षक–कर्मचारीको एक दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अपुग हुने रकम नगरपालिकाबाट थप गरिनेछ ।

गत कात्तिक ११ गतेदेखि परेको अविरल वर्षाले प्रभावित भएका किसानको कात्तिक १६ गतेदेखि तीन दिन लगाई तथ्याङ्क सङ्कलन गरिएको थियो । जनप्रतिनिधि, प्रहरी र कृषि प्राविधिकको रोहवरमा गरिएको क्षतिको विवरण र किसानले दिएको निवेदनका आधारमा नगरका एक हजार ५५७ किसान प्रभावित भएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ती किसानले सात हजार ७४५ रोपनी खेतमा लगाएको धानबालीमा वर्षाले क्षति पुगेको पाइएको छ ।

धानबालीमा पुगेको क्षतिको राहत वितरणका लागि कृषि प्राविधिकसँगको रायका आधारमा पारदर्शी र वैज्ञानिक मापदण्ड अपनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ । त्यसका लागि पीडित किसानलाई जग्गाको भूगोलका आधारमा राहत वितरण मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार धानबाली क्षति भएको एकदेखि तीन रोपनीसम्मलाई प्रतिरोपनी रु एक हजार ३००, चारदेखि पाँच रोपनीसम्म प्रतिरोपनी रु एक हजार, छदेखि सात रोपनीसम्मलाई प्रतिरोपनी रु आठ सय ५०, आठदेखि नौ रोपनीसम्मलाई रु सात सय ५० र १० रोपनीभन्दा धेरै खेतमा क्षति पुगेका किसानलाई प्रतिरोपनी रु छ सय ७५ का दरले नगद उपलब्ध गराउने निर्णय भएको छ ।

नगरपालिकाले पीडित किसानलाई समयमै राहत पुर्याउने प्रतिबद्धतासहित कोषमा रकमको व्यवस्थापन गर्दै वडा कार्यालयमार्फत नगद वितरण गरेर किसानलाई सहज रूपमा सेवा दिने जनाएको छ । राहत रकम लिन पीडित किसानलाई एक साताभित्र वडा कार्यालयमा सम्पर्कमा आउन भनिएको छ ।

Previous Post

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

Next Post

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

metakhabar

metakhabar

सम्बन्धित खबर

गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
जीवन शैली

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

४ साउन २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

४ साउन २०८३,
Load More
Next Post
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In