• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हस्ताक्षर संकलन अपुरो भएपछि २९ दलको दर्ता प्रक्रिया रोकियो

metakhabar by metakhabar
४ मंसिर २०८२,
0
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका धेरै दल पाँच सय मतदाताको हस्ताक्षर संकलन गर्न नसक्दा दर्ता प्रक्रिया रोकिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल दर्ताका लागि पाँच सय सदस्यको प्रतिबद्धतापत्र तथा नागरिकता/मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहित हस्ताक्षर बुझाउन पर्ने व्यवस्था छ। यो प्रक्रिया पूरा नगरेका करिब २९ दल अहिले आयोगमा रोकिइरहेका छन्।

पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले पाँच सय व्यक्तिको हस्ताक्षर प्रमाणित गर्न नसक्ने समूहले दल सञ्चालन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाउँदै दल दर्ता प्रक्रियामा आवश्यक सामूहिक जिम्मेवारी पूरा गर्न नसक्नु गम्भीर कमजोरी भएको बताए। धेरै दलले केन्द्रीय समितिका पदाधिकारी र सदस्यको सनाखतसमेत गर्न सकेका छैनन्।

पाँच सय हस्ताक्षर गर्ने व्यक्तिले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउनुपर्ने व्यवस्था छ। दलका पदाधिकारीले भने आयोगमै सनाखत गराउनुपर्छ।

आयोगका अनुसार मङ्सिर ३ गतेसम्म राष्ट्र निर्माण दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले मात्र दर्ताको प्रमाणपत्र पाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन कात्तिक ३० गतेसम्म निवेदन दिएका दलले मङ्सिर १० गतेभित्र सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।

उज्यालो नेपाल पार्टीले साउन २७ गते निवेदन दिएको भए पनि हालसम्म ३५९ जनाको हस्ताक्षर मात्र सनाखत गराएको छ। स्वाभिमान पार्टीले कात्तिक ३० गते निवेदन दिएर चार दिनमा चार सय हस्ताक्षर बुझाएको छ। कात्तिक २५ गते निवेदन दिएको पिपुल फर्स्ट पार्टीले बुधबार सबै प्रक्रिया पूरा गर्दै दर्ता अन्तिम चरणमा प्रवेश गरेको छ।

बाँकी २१ दलका जिल्लास्तरीय सनाखतबारे आयोगमा कुनै जानकारी आएका छैनन्। पूर्वआयुक्त गुरुङका अनुसार पहिले पाँच हजार हस्ताक्षरको व्यवस्था राखिएको भए पनि दलहरूले काल्पनिक नाम राख्न थालेपछि सत्यापन गर्न कठिन भएकाले सङ्ख्या घटाइएको थियो। आयोगसँग हस्ताक्षर र नागरिकता मिलान गर्ने सफ्टवेयर नभएकाले अन्य दलको सदस्य नभएको कसरि यकिन गरिने भन्ने अस्पष्ट रहेको आयोग स्रोतले जनाएको छ।

Previous Post

एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै

Next Post

जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In