• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, November 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

    समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

    शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

    शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

    गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

    गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

    सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

    सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

    भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १८ कात्तिकः यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।

रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।

“हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले भन्नुभयो, “दाजु समापनमा आउने पक्का भएको छ ।” उहाँका अनुसार कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ ।

मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ । यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो । त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ ।

अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन् ।

“भैयाके खबर कैने छि, ओ अयबे करता (दाजुलाई खबर गरेकी छु, उहाँ आउनु हुन्छ)”, बुधबार सामा समापनको तयारीमा रहनुभएकी बर्दिवास–२ की सङ्गीता मुखियाले भन्नुभयो, “आब भैयाके लेल मरमिठाइके जोगारमें लागल छि” (अब दाजुका लागि मिष्ठान्न परिकार जुटाउन लागेकी छु) ।

आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरूको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको मुखियाले जानकारी दिनुभयो ।

“रातिको समयमा टोलभरिका मन मिल्ने साथीहरू जम्मा भएर आआफ्ना दाजुभाइलाई सम्झँदै सामा गीत गाउँछौँ, यतिखेर मन खोलेर सखीसँगीबीच ख्यालठट्टा गरिन्छ”, बर्दिवास–९ की सुधा महतोले भन्नुभयो, “हामीलाई साथीसँगीबीचको जमघटको रमाइलोले ११ दिन बितेको पत्तै हुँदैन ।”

मिथिलानीजस्तै दाजुभाइलाई पनि सामाको पर्खाइ हुन्छ । दिदीबहिनीबाट पाउने प्रेम र समर्पणले मैथिल दाजुभाइ हर्षित हुन्छन् । पर्वका माध्यमले दिदीबहिनीले गीतमार्फत आपूmहरूप्रति दर्शाएका प्रेम र समर्पण भावले प्रत्येक मैथिल गर्व गर्छन् । “सामामा दिदीबहिनीले गीतमार्फत दर्शाउने प्रेमले यी हुनुको खुसी मिल्छ”, भङ्गाहा–४ का नन्दन चौधरी थारुले भन्नुभयो, “गीतमा दिदीबहिनीले दर्शाएका भावले ऊर्जा दिन्छ ।”

‘कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौं बरख जियौ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छौ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिई सकेकी छन् ।) दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता गीत सुन्दा दिदीबहिनी नहुनेहरु मेराचाहिँ किन भएनन् ? भन्ने भाव र खुल्दुली लगाउने गरेको पाइन्छ ।

‘चलु बहिना सामा खेल भैयाके आँगन हे…जुगजग जियथिन भैया अपन हे…!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाउँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्) । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिकमा यस्तो नाताभित्र पर्व मनाउने गरेका जलेश्वर–१२ का मनोज साहले बताउनुभयो ।

पर्वमा मिथिलानीले सामाचकेवा, सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चुडक’ नाउँको एक पात्र) र वृन्दावनसहित माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन् । यस्ता आकृति पर्व सुरु हुनपूर्व मिथिलानीहरूले पोखरीको डिलबाट माटो खनेर ल्याई बनाउँछन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति घुँडामा राखेर फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । पर्व समापनसँगै दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउँछन् ।

यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ । दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व द्वापरयुगदेखि सुरु भएको विश्वास गरिन्छ ।

द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथाको प्रसङ्ग यो पर्वको परिवेश रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले जानकारी दिनुभयो ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउनसक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको कर्णको भनाइ छ ।

Previous Post

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

Next Post

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

metakhabar

metakhabar

सम्बन्धित खबर

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति
आर्थिक

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

२९ कार्तिक २०८२,
शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी
फिचर-ब्यानर

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

२९ कार्तिक २०८२,
गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
फिचर-ब्यानर

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

२९ कार्तिक २०८२,
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
आवाज

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

२९ कार्तिक २०८२,
ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन
आवाज

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

२९ कार्तिक २०८२,
भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार
आवाज

भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

२९ कार्तिक २०८२,
Load More
Next Post
‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In