• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

    मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।

होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष-२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो ।

पर्या-पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या-पर्यटनलगायत क्षेत्रमा एकरुपता रहेकाले बेगनास र बर्दियाबीच पर्यटकीय साझेदारीले दुवै लाभान्वित हुनेमा जोड दिइएको हो ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको देश भएकाले राज्यका तीनवटै तहले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पोखरासँगको पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको जनाउँदै उहाँले आपसी समन्वयबाट दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने धारणा राख्नुभयो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका बेगनासतालसहितका सात तालहरू, यहाँबाट देखिने हिमाली दृश्यसँगै पर्यटकीय सम्भावनालाई उजागर गर्नेतर्फ आफूहरू लागेको बताउनुभयो ।

बेगनासतालसहित यस आसपासका क्षेत्र जैविक विविधताले सम्पन्न हुनुका साथै चरा पर्यटनलगायतमा धेरै सम्भावना बोकेको जनाउँदै उहाँले बर्दियाका पर्यटकीय क्षेत्रसँग यस्ता विषय मिल्दोजुल्दो भएकाले सहकार्य गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले बेगनाससहित यहाँका तलतलैया एवं पर्यटकीय गन्तव्य समेटिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो ।

होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले लेखनाथ क्षेत्रमा तालतलैयासँगै हिमाल हेरेर फुटबल खेल्न सकिने, भण्डारढिकस्थिल खेलमैदानलगायत पर्यटकीय पूर्वाधार रहेका जानकारी दिनुभयो । बेगनास क्षेत्रमा आएका पर्यटकलाई बर्दिया पठाउँदा पर्यटकीय गतिविधिसँगै आम्दानी बढ्ने बताउँदै उहाँले बर्दिया आउने पर्यटकलाई बेगनाससहित पोखराका पर्यटकीय गन्तव्य पठाउन आग्रह गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुुमारी भट्टराईले विश्वमा बाघ हेर्ने महत्त्वपूर्ण गन्तव्यका रूपमा बर्दिया विकास भइरहेको उल्लेख गर्दै प्राकृतिक रूपमा सम्पन्न पोखरासँग पर्यटकीय साझेदारी गरेर अघि बढिने धारणा राख्नुभयो ।

पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले बर्दिया र कास्कीमा भएका पर्यटकीय सम्भावनालाई उजागर गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पर्या-पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रिय निकुुञ्जका कारण बर्दिया परिचित बनेको बताउँदै संसारकै घुम्ने गन्तव्यका रूपमा बर्दियाले विश्वव्यापी चर्चा पाउन थालेको जानकारी दिनुभयो । पोखरा आफैँमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएका कारण आफूहरू पोखरासँगको पर्यटकीय साझेदारीका लागि हातेमालो गर्न तयार रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा होटेल एशोसिएसन नेपाल(हान) बर्दियाका महासचिव रेशम थापा, बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीलगायतले पर्यटकीय साझेदारीले दुवै गन्तव्य लाभान्वित हुने भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रवर्द्धन टोली आज कर्णालीको सदरमुुकाम सुर्खेतका पर्यटकीय गन्तव्यको अवलोकनसँगै त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरी पोखरा फर्कने होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महसचिव सुरेश लामिछानेले जानकारी दिनुभयो ।

Previous Post

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

Next Post

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति

metakhabar

metakhabar

सम्बन्धित खबर

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु
आर्थिक

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

२ मंसिर २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

२ मंसिर २०८२,
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
Load More
Next Post
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In