• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार

    भारत–अमेरिका एलपिजी सम्झौताः ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

    मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

    मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको सम्भावना अस्वीकार

metakhabar by metakhabar
१६ कार्तिक २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ । उहाँको यो अभिव्यक्ति भेनेजुएलामा कोकेन उत्पादन केन्द्र र तस्करी मार्गहरूलाई लक्षित गर्ने अमेरिकी योजना तयार भइरहेको भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो ।

उक्त रिपोर्टहरू सत्य हुन् कि होइनन् भनी पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षेपमा उत्तर दिनुभयो, “होइन, यो सत्य होइन ।”

गत हप्ता अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक समूह युएसएस जेराल्ड आर फोर्डलाई युरोपबाट क्यारिबियन क्षेत्रतर्फ सर्न आदेश दिनुभएको थियो । यो कदमपछि अमेरिकी सैन्य गतिविधि भेनेजुएलासँग सम्बन्धित हुनसक्ने अड्कलहरू बढेका थिए ।

यसअघि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामाथि सम्भावित भूमि आक्रमणलाई ‘वास्तविक विकल्प’ भन्दै चेतावनी दिनुभएको थियो । उहाँका अनुसार वासिङ्टनले ल्याटिन अमेरिकामा फैलिएका नार्को–तस्करी सञ्जालहरू विरुद्धको अभियानलाई अझ सशक्त बनाउन खोजिरहेको छ ।

सिबिएस न्युजसँग कुरा गर्दै सिनेटर ग्राहमले भन्नुभएको थियो, “राष्ट्रपति ट्रम्पले मलाई हिजो नै भन्नुभयो कि उहाँ एसियाबाट फर्किएपछि कङ्ग्रेसका सदस्यहरूलाई भेनेजुएला र कोलम्बियासँग सम्बन्धित सम्भावित सैन्य योजनाबारे जानकारी दिने सोचमा हुनुहुन्छ ।”

यसबीच, अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रका समुद्री मार्गहरूमा लागुऔषध तस्करीमा संलग्न भनिएका डुङ्गाहरूमा हवाई आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

बुधबार युद्धमन्त्री हेगसेथले पूर्वी प्रशान्त क्षेत्रमा भएको पछिल्लो हवाई आक्रमणबारे जानकारी दिँदै उक्त आक्रमणमा लागुऔषध बोकिरहेको एउटा डुङ्गा लक्षित गरिएको, जसमा चार व्यक्तिको मृत्यु भएको बताउनुभयो । सेप्टेम्बरको सुरुदेखि यो १४औँ हवाई प्रहार हो र यस क्रममा १५औँ डुङ्गा नष्ट गरिएको बताइएको छ । यी अपरेसनहरूबाट अहिलेसम्म कम्तीमा ६१ जनाको मृत्यु भइसकेको छ ।

यस घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई तत्काल यस्ता हवाई आक्रमण रोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भन्नुभयो, “सेप्टेम्बरको सुरुदेखि क्यारिबियन र प्रशान्त क्षेत्रमा अमेरिकी सशस्त्र बलले गरेको निरन्तर हवाई आक्रमणमा ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसका लागि अन्तर्राष्ट्रिय कानूनमा कुनै स्पष्ट औचित्य देखिँदैन ।”

उहाँले भन्नुभयो, “यी आक्रमणहरू र तिनको बढ्दो मानवीय मूल्य अस्वीकार्य छन् । अमेरिकाले तुरुन्तै यी आक्रमणहरू रोक्नुपर्छ र ती डुङ्गाहरूमा रहेका मानिसहरूको गैरन्यायिक हत्या रोक्नका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्नुपर्छ — उनीहरूविरुद्ध आपराधिक आचरणको आरोप जेसुकै किन नहोस् ।”

राष्ट्रपति ट्रम्पको भेनेजुएला आक्रमण अस्वीकार सम्बन्धी अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले अमेरिकाको क्षेत्रीय रणनीतिमा सावधानीपूर्वक सन्तुलन कायम गर्न खोजेको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

Previous Post

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

Next Post

भोजपुरको देउराली उद्यान आकर्षकस्थल

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय

भारत–अमेरिका एलपिजी सम्झौताः ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

२ मंसिर २०८२,
मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु
आर्थिक

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

२ मंसिर २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

२ मंसिर २०८२,
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
Load More
Next Post
भोजपुरको देउराली उद्यान आकर्षकस्थल

भोजपुरको देउराली उद्यान आकर्षकस्थल

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In