• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

    अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

    रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

    रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

    तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

    तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

    नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

    नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१५ कात्तिक २०८२,
0
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि सरोकारवालाले यसले हिमालको सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन्।

जलवायु परिवर्तनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुँदै गर्दा चिन्ता र चासो व्यक्त गर्ने हिमालवासीहरु हिमपातपछि भने यसबाट हिमालमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए।

मुख्य पर्यटकीय याममा परेको हिउँले तत्कालका लागि पर्यटक व्यवस्थापन तथा उद्धारमा समस्या भए पनि दीर्घकालीन रुपमा भने यो सकारात्मक भएको उनीहरूको भनाइ छ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जेन शेर्पाले हिउँ परेपछि अहिले हिमाल बल्ल हिमाल जस्तो देखिएको भन्दै खुसी व्यक्त गरे। ‘गत वर्ष यो समयमा हिउँ नै परेन, यसपाली अक्टोबरमै हिउँ परेको छ, हिउँ परेपछि हिमाल हेर्न लायक भएका छन्, हिमालमा हिउँ देख्न पाउँदा खुसी लागेको छ‘, उनले भने, ‘जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लनेक्रम बढेको थियो, हिमपातले हिमाललाई राम्रो गरेको छ।‘

उनले आफूहरु सानो छँदा प्रशस्त हिउँ पर्ने गरेको भए पनि विगतका वर्षमा मङ्सिर, पुस र माघसम्म पनि हिउँ पर्न छाडेको उल्लेख गरे। ‘हिमालमा हिउँ पर्न थालेपछि नदीमा पानीको बहाव बढ्छ, यसले जलविद्युत् आयोजनलाई पनि सहज हुन्छ, हिउँ नपर्दा हिमनदीमा पानीको सतह कम थियो‘, उनले भने।

अध्यक्ष शेर्पाले हिमपातले हिमाली क्षेत्रमा रहेका टे«किङ गाइड र आरोही, पदयात्री केही असहज भएको उल्लेख गरे। ‘अहिले हिमाली क्षेत्रमा हवाई उडान ठप्प भएको छ, पर्यटकहरु रोकिएको अवस्था छ, पर्यटनका दृष्टिले तत्कालका लागि असहज भए पनि दीर्घकालका लागि भने यसको सकारात्मक प्रभाव पर्नेछ‘, उनले भने।

उनले यो हिमपातले कृषि क्षेत्र, चाँैरी र भेडापालनमा खासै असर नगर्ने बताए। हिउँ पर्न सुरु भएसँगै चौँरी र भेडालाई सुरक्षित स्थानमा राखिएकाले समस्या नहुने उनको भनाइ छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुम्जुङ खुन्दे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले अहिले तेङबुचेभन्दा माथि हिउँ परेको बताए।

‘हामी सानो छँदा दसैँपछि पानी पर्दथ्यो, दसैँमा भएको काटमार त्यसपछि परेको पानीले पखाल्छ भन्ने मान्यता थियो, यो समयमा परेको हिउँले गाईबस्तुमा खासै असर गर्दैन, हिमाललाई राम्रो भएको छ‘, उनले भने।

उनका अनुसार यो याम पर्यटक आउने समय हो। अधिकांश पर्यटकहरु पदयात्राका लागि उक्त क्षेत्रमा आउँछन्। ‘यहाँ ९५ प्रतिशत बासिन्दा पर्यटन व्यवसायमा आश्रित छन्, अहिलेको हिमपात यहाँको पर्यटन क्षेत्रको विकासका लागि राम्रो भएको छ‘, उनले भने, ‘नाम्चेमा दैनिक औसतमा ५०० पर्यटक आउने समय हो, तत्काल व्यवसायमा असर परेपनि हिमाल सेताम्मे देख्दा खुसी लागेको छ।‘ उनका अनुसार अहिले सुरु भएको हिमपात नोभेम्बर १५ सम्म चल्छ।

नाम्चे बजारका होटल व्यवसायी पेम्बा ग्याल्जेन शेर्पाले पनि हिमपातपछि हवाई उडान प्रभावित भएको बताए। ‘यहाँ आउने पर्यटक प्रभावित भएका छन्, यद्यपि नाम्चे बजारमा भने समस्या छैन, बेमौसमी हिउँ पर्दा पर्यटनका लागि राम्रो भएका छ‘, उनले भने।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरको विषय उठान भइरहेका बेलामा हिमाल हिउँले ढकमक्क हुँदा सौन्दर्य बढेको उहाँको भनाइ छ। ‘यो हिमपातले कृषि र पशुपालनमा पनि राम्रो गर्छ, पर्यटन क्षेत्रका लागि पनि राम्रो छ, समयमै सतर्कता अपनाइएकाले सबैजना सुरक्षित हुनुहुन्छ, होटल भरिभराउ छन्‘, उनले भने।

अघिल्लो समाचार

केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव

अर्को समाचार

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
मनोरञ्जन

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

१२ कात्तिक २०८३,
रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन
मनोरञ्जन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

१२ कात्तिक २०८३,
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार
अन्तर्राष्ट्रिय

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

१२ कात्तिक २०८३,
नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत
समाचार

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

१२ कात्तिक २०८३,
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
अन्तर्राष्ट्रिय

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु
समाचार

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

१२ कात्तिक २०८३,
रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

१२ कात्तिक २०८३,
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

१२ कात्तिक २०८३,
नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

१२ कात्तिक २०८३,
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

१२ कात्तिक २०८३,
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन