काठमाडौं । सङ्खुवासभा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ३२ मिनेटमा संखुवासभाको तिब्बत सीमावर्ती क्षेत्र किमाथांकालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का संखुवासभा लगायत आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन । स्थानीय प्रशासनले सबै विवरण लिइरहेको र जनजीवन सामान्य रहेको जनाएको छ।














