• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छठ पूजाको तयारी पूरा

metakhabar by metakhabar
१० कार्तिक २०८२,
0
मिथिलामा छठको तयारी सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, ९ कात्तिकः मधेस प्रदेशमा आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ ।

विशेषगरी तराई मधेश क्षेत्रमा बस्ने हिन्दू धर्मावलम्बीले यसलाई महत्त्वका साथ मनाउने गर्दछन् । यो पर्व मधेस प्रदेशका आठवटै जिल्लामा अझ विशेष रूपमा मनाउने प्रचलन छ । यहाँ एक अर्कालाई सहयोग गर्दै नदी, नहर, तालतलैया, पोखरीलगायत जलाशय क्षेत्रमा छठको घाट निर्माण गरी यो पर्व मनाउने चलन छ ।

यस वर्षको छठको पूजाका लागि मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका नदी, नहर, पोखरी, इनारलगायत जलाशयमा छठको घाट निमार्ण कार्य पूरा भएको छ । कोरोनाकालदेखि कतिपयले आफ्नो घरको छतमा जलाशय बनाएरसमेत छठपूजा गर्ने गर्छन् ।

गङ्गा सागर पोखरी छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले जनकपुरधामका छठका घाटहरू विगतको तुलनामा व्यवस्थित गरी सिङ्गारिएको बताउनुभयो ।

हिन्दू धार्मिक मान्यताअनुसार यो पर्व वर्षमा दुईपटक अर्थात् कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने गरेको छ । पण्डित सूर्यकान्त झाका अनुसार कार्तिक शुक्ल चतुदर्शीका दिन सुरु हुने सूर्य उपासनाको यस पर्वलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा छठी महापर्व पनि भनिन्छ ।

छठ पर्व चार दिनसम्म मनाउने गरिएको छ । पूजाको प्रथम दिन व्रतालुहरू नुहाई धुवाई शुद्ध भई पूजन सामग्री तयारीमा लाग्ने गर्छन् । यसदिन व्रत बस्नेले चोखो अरवा चामलको भात, चना तथा रहरको दाल तथा लौका वा फर्सीको तरकारी खाने गर्छन् । दोस्रो दिन व्रतालुहरूले खरना मनाउने गर्छन् । जसमा व्रतालु निर्जल रही बेलुका माटोको चुलोमा खिर, रोटी तथा पुरी पकाएर भगवान्लाई चढाएर त्यही प्रसाद खाने तथा आफन्तजनलाई प्रसाद खुआउने गर्छन् ।

त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुन्छ । त्यस अवधिमा व्रतालुहरू पानीसमेत नखाई सूर्यपूजा तथा उपासनामा रहन्छन् । यसै क्रममा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ ।

हाल छट पर्व मनाउन रोजगारी तथा काम विशेषले घरबाहिर रहेका युवायुवती, केटाकेटी, वृद्धवृद्धा तथा आफन्तहरू आ–आफ्ना घरमा पुगेर खुुुसी साटासाट र आवश्यक सहयोग गरिरहेका छन् । छठ पर्वका लागि आवश्यक पूजा सामग्री किनमेल, घरआँगन लिपपोत, सजावट, बाटोघाटो सरसफाइलगायत काम धमाधम भइरहेको छन् ।

यसैबीच यस वर्षको छठ पर्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष योजनाका साथ सुरक्षा प्रबन्ध मिलाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले शान्ति सुरक्षाका लागि ‘अपे्रसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यावयनमा ल्याइएको जानकारी दिनुभयो ।

Previous Post

थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

Next Post

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In