• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

metakhabar by metakhabar
८ कार्तिक २०८२,
0
युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा – हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भने, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन। स्थिति अझै भयावह छ।”“अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच अक्टोबर १० देखि युद्धविराम लागू भएपनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकि त्यहाँ पर्याप्त खाना छैन,” उनले भने ।

इजरायलले युद्धको क्रममा गाजा पट्टीलाई दिने सहायता बारम्बार बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो। संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।

सन् २०२५ को सुरुदेखि गाजामा कुपोषणको प्रभावबाट ४११ जनाको मृत्यु भएको र यसमध्ये १०९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले पत्रकारहरूसँग भने ।

“यी सबै मृत्युहरू रोक्न सकिने थिए,” डब्ल्यूएचओको मानवीय र विपद् कार्यका लागि एकाइ प्रमुख टेरेसा जकारियाले भने।

“गाजामा छ लाखभन्दा बढी मानिसहरूले हाल ‘खाद्य असुरक्षाको विनाशकारी स्तर’ को सामना गरिरहेका छन्,” उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताले प्रति दिन ६०० ट्रकहरू खाद्यान्नलगायत अति आवश्यकीय सामग्री लिएर प्रवेश गर्ने प्रावधान गरेको भएपनि अहिले पनि दैनिक २०० देखि ३०० ट्रकहरू मात्र प्रवेश गरिरहेका छन्।

“व्यावसायिक ट्रकहरूको ठूलो सङ्ख्या गाजामा भित्रिएको छ तर यस क्षेत्रका धेरै मानिसहरूसँग सामान किन्न कुनै स्रोत छैन,” उनले भने ।

पन्ध्र हजार व्यक्ति उपचारको पर्खाइमा

डब्ल्यूएचओ प्रमुखले उल्लङ्घनका बाबजुद युद्धविराम कायम रहेको तथ्यको प्रशंसा गरे । उनले भने, “सङ्कटको निधान धेरै टाढा छ र आवश्यकताहरू अझै धेरै छन्।”

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै विश्व स्वास्थ्य सङ्गठनका स्वास्थ्य आपतकालीन घटना व्यवस्थापक नबिल तब्बालले युद्धविरामपछि ८९ जनाको मृत्यु भएको र ३१७ जना घाइते भएको जानकारी दिए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि प्यालेस्टाइन क्षेत्रमा इजरायलको दुई वर्षे युद्धको क्रममा गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ। टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीको पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर खर्च हुने चेतावनी दिएका छन् ।

टेड्रोसले भने, “गाजामा पूर्ण रूपमा काम गर्ने अस्पतालहरू छैनन् । गाजामा भएका ३६ मध्ये १४ वटा अस्पतालबाट पूर्ण क्षमतामा नभएपनि उपचार कार्य भइरहेको छ। त्यहाँ अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव छ।”

डक्ल्युएचओका अनुसार गाजामा एक लाख ७० हजारभन्दा बढी मानिसहरू घाइते भएका छन् भने योमध्ये पाँचहजार भन्दा बढी अङ्गभङ्ग भएका र तीन हजार ६०० मानिसहरू गम्भीर रूपमा जलेको अवस्थामा छन्।

उनले भने, “युद्धविराम लागू भएदेखि नै डब्लुएचओले थप स्वास्थ्य सामग्री अस्पतालहरूमा पठाउँदै आएको छ, थप आपतकालीन मेडिकल टोली तैनाथ गरिरहेको छ र स्वास्थ्य उद्धार बढाउन प्रयास गरिरहेको छ।”

विश्व स्वास्थ्य सङ्गठनले बुधबार ४१ बिरामी र १४५ साथीलाई उद्धार गर्न सहजीकरण गरेको थियो । उनले भने , “गाजा बाहिर लगेर उपचारको आवश्यकता भएका अझै पनि १५ हजार बिरामीहरू छन् र तीमध्ये चार हजार विरामी बालबालिका रहेका छन् ।”

टेड्रोसले गाजाबाट विशेष हेरचाहका लागि बिरामीहरू लैजान थप देशहरूलाई आग्रह गर्नुभयो । उहाँले इजरायललाई ‘इजिप्टमा थप बिरामीहरूको उपचार गर्न अनुमति दिन र सहायताको मात्रा बढाउन सक्षम बनाउन सबै सीमा नाकाहरू खोल्न अनुमति दिन आग्रह गरे ।

“विशेष गरी केही बिरामीहरूको लागि चिकित्सा सामग्रीको निकासीमा ढिलाइ हुनुले उनीहरूले उपचारको प्रतीक्षा गर्दा गर्दै मृत्यु हुन सक्ने अवस्था आउन सक्छ,” उनले चेतावनी दिए ।

Previous Post

रुकुम पश्चिममा जिप दुर्घटना : ७ जनाको मृत्यु १० घाइते (नामावली)

Next Post

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

२ मंसिर २०८२,
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
काष्ठकलामा सिपालु भीमबहादुर
आवाज

काष्ठकलामा सिपालु भीमबहादुर

१ मंसिर २०८२,
Load More
Next Post
जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In