• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

    बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमयदर कति ?

    एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

शान्ति मिसनमा सैनिक खटाउनेमा नेपाल पहिलो

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
६ कात्तिक २०८२,
0
शान्ति मिसनमा सैनिक खटाउनेमा नेपाल पहिलो
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्दैछ । त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केही न केही असर पर्नेछ ।

युएनको त्यस निर्णयबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको सङ्ख्या पनि कम हुनेछ । यद्यपी युएनमार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने छ ।

विश्वका १२० भन्दा बढी देशका एक लाख २० हजार बढी शान्ति सैनिक युएनमार्फत १४ वटा मिसनमा रही विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि अहोरात्र खटिरहेका छन् ।

शान्ति स्थापनार्थ सैन्य परिचानका लागि युएनको मुख्य आर्थिक स्रोत भनेको सदस्य मुलुकबाट प्राप्त तोकिएको निश्चित सहयोग हो । केही सदस्य मुलुकबाट प्राप्त हुने आर्थिक सहयोग समयमै नआएको र केहीबाट उपलब्ध हुने भएपछि बजेट अभावमा शान्ति सैनिकको सङ्ख्या कटौती गर्न लागिएको हो ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले हाल परिचालित शान्ति सैनिकको सङ्ख्यामा २५ प्रतिशत कटौतीको सम्भावनाको योजनाको जानकारी प्राप्त रहेको बताए । उनले भने , “अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्त्वपूर्ण उपाय र यन्त्रका रूपमा नेपाली शान्ति सैनिक छ । राष्ट्रसङ्घबाट शान्ति सैनिकको सङ्ख्या कटौती भए पनि नेपाल भने धेरै शान्ति सेना पठाउने र योगदान गर्ने सूचीमा अग्रणी भूमिकामै रहन्छ ।”

राष्ट्रसङ्घका मिसनमा अवश्यकता अनुरूप फौजको सङ्ख्या थपघट हुने गरेको भए पनि पछिल्लो समय भने बजेट अभावकै कारण शान्ति सेनाको सङ्ख्या कटौती गर्न लागेको हो । राष्ट्रसङ्घले फौजको सङ्ख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको सेनाले जानकारी दिएको छ ।

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन् । हाल ५३८ म्हिला सैनिकसहित पाँच हजार ८१९ नेपाली शान्ति सेनामा परिचालित छन् । नेपाली शान्ति सैनिकले विश्वमै सहासिक, अनुशासित र व्यावसायिक ‘च्याम्पियन’ सैनिकका रूपमा आफ्नो परिचय बनाइसकेको छ ।

यसअघि निलो हेलमेट धारी एक लाख ५९ हजार ६६४ नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा योगदान पु¥याइ नेपाललाई सोही सङ्ख्यामा शान्ति पदक दिलाउन सफल भएको इतिहास छ । त्यस क्रममा विश्वमा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका ४४ वटा मिसनमा काम गर्ने सिलसिलामा ७४ जना सैनिकको बलिदानी भएको छ भने ७५ जना गम्भीर घाइते छन् ।

युद्धकार्य निर्देशक मनोज थापा भन्छन्, “मिसन आवश्यकता अनुरूप नयाँ स्थापना हुने र सञ्चालनमा रहेका मिसन बन्द हुने नियमित प्रक्रिया हो । आवश्यकताकै आधारमा मिसनमा फौज थपिने र कटौती हुन्छन् । यसपटक भने बजेट अभावकाकारण शान्ति सैनिकको सङ्ख्या घटाउनुपर्ने बाध्यता छ ।”

नेपाल राष्ट्रसङ्घको सदस्य राष्ट्र हुनुका नाताले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकोछ । बजेट कटौती हुँदा नेपाली शान्ति सैनिकलाई मात्र होइन, समग्रमा सबै शान्ति फौज पठाएर योगदान गर्ने राष्ट्रलाई असर पर्नेछ । राष्ट्रसङ्घले १५ प्रतिशतसम्मको बजेट अभावलाई सम्बोधन गर्न फौजको सङ्ख्या घटाउन लागेको जानकारी प्राप्त भएको छ । कटौती गरिने फौज समानुपातिक आधारमा हुनेछ ।

विश्व शान्ति स्थापनाकार्यमा नेपालको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । संयुक्त राष्ट्रसङ्घको छातामुनि रही नेपाली सेनाले विश्वमै जोखिम युक्तकार्यका लागि प्राप्त जिम्मेवारीलाई सहजै स्वीकार गरी इमान्दार, सहासिक, बहादुरी र व्यावसायिक सेनाको परिचय दिलाउन सफल भएको छ । नेपालले यसअघि नै राष्ट्रसङ्घबाट माग भइ आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ ।

शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो । राष्ट्रसङ्घमा फौज उपलब्ध गराएवापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण श्रोत हो । फौज कटौती भएमा त्यसमा केही सङ्कुचन आउने सम्भावना रहन्छ ।”

परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभएपनि परोक्षरूपमा सहयोग पुग्दै आएको छ । नेपाली शान्ति सैनिकको सङ्ख्या कटौती भएको खण्डमा कूटनीतिक र आर्थिक हिसाबले केही हदसम्म नेपालाई पनि असर पर्नेछ । खासगरी विदेशी मुद्रा आर्जन गर्ने शान्ति सेना महत्त्वपूर्ण श्रोत रहीआएको छ ।

अहिले शान्ति सैनिक ठूलो सङ्ख्यामा पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रस्थान (पहिलो) नम्बरमा छ । संयुक्त राष्ट्रसङ्घका अनुसार समानुपातिक हिसाबले फौजको सङ्ख्या कटौती हुँदा पनि नेपालको हालको स्थान कायम नै रहने छ । शान्ति सेनामा फौजको सङ्ख्या कटौतीलाई सेनाले योजनाबद्ध रूपमा कार्यान्वयन गर्नेछ ।

अघिल्लो समाचार

सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

अर्को समाचार

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
समाचार

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

९ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमयदर कति ?

९ कात्तिक २०८३,
एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
खेलमैदान

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

९ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर कति ?

९ कात्तिक २०८३,
एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन