• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

metakhabar by metakhabar
३० अशोज २०८२,
0
बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ।सुत्केरीको स्वास्थ्यमा १४ वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ।

सङ्घीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२/२०८३ बाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिका कार्यालयले अस्पताललाई पठाएपछि अस्पतालले आउँदो कात्तिक १ गतेदेखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो।

अस्पतालले पत्रकार सम्मेलनमार्फत गराएको जानकारीअनुसार विसं २०६८ मा नगर कार्यालय र अस्पतालबीच द्विपक्षीय सम्झौता भई सङ्घीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।

नगरले यही असोज २७ गते अस्पताललाई पत्र लेख्दै आउँदो कात्तिक १ गते देखि उक्त कार्यक्रम स्थगित गर्न अनुरोधक पत्राचार गरेको थियो।उक्त कार्यक्रममार्फत सुत्केरी हुने महिलाका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, बिरामीको तर्फबाट २० प्रतिशत र सङ्घीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमतिअनुसार सुत्केरी हुँदाका बेला उपचारमा भएको खर्चमा सङ्घीय सरकारले अस्पतालका लागि शल्यक्रिया गर्नुपरेमा रु १० हजार र सामान्य अवस्थामा रु दुई हजार ५०० उपलब्ध गराउँदै आएको थियो।यस्तै बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्न रु २५ देखि २९ हजार र सामान्य अवस्थामा रु तीन हजार ६०० देखि रु चार हजारसम्म खर्च हुँदै आएको थियो।

अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगित गरे पनि ल्याब टेस्ट, युएसजी र एक्सरेबाहेकका अन्य सेवामा दिइरहेको ५० प्रतिशत छुट (जनरल वार्डमा सेवा प्राप्त गर्नेहरुका लागि मात्र) र औषधिमा पाँच प्रतिशत छुट भने अस्पतालको तर्फबाट उपलब्ध गराउँदै आएको अस्पतालको मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले जानकारी दिइन्।उनका अनुसार रकम तिर्न नसक्ने सुत्केरी हुँदा र भएपछि घर फर्कने खर्च भने अस्पतालको च्यारिटी फन्डबाट सेवा उपलब्ध गराइने छ।अस्पतालका अनुसार आमा सुरक्षा कार्यक्रम सञ्चालन भएको गत आवमा मात्रै रु एक करोड ४० लाख च्यारिटीबाट उपलब्ध गराइएको थियो।

चौध वर्षको अवधिमा उक्त कार्यक्रममार्फत २८ हजार महिलालाई सुत्केरी सेवा प्रदान गरिएको अस्पतालको तथ्याङ्कले देखाएको छ।विसं २०१६ मा स्थापित अस्पतालले सुत्केरी महिलाको स्वास्थ्य सेवालाई सहज र सरल बनाउने उद्देश्यले ५० प्रतिशत अनुदान अस्पताल स्वंयले ब्यहोर्ने गरी ‘शिर मदर केयर प्रोगाम’ सञ्चालनमा ल्याएको जनाएको छ।

Previous Post

विपिन जोशीको परिवार काठमाडौं फर्कियो, शव ल्याउने प्रक्रिया जारी

Next Post

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In