• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हराउँदै पिङ हाल्ने परम्परा

metakhabar by metakhabar
१६ अशोज २०८२,
0
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डुम्रे (तनहुँ),  दशैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति हो । पिङ नेपालीको संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिन्छ । तर, समयको परिवर्तन, आधुनिकीकरण र युवा पुस्ताको प्रवास बसाईले यो परम्परा क्रमशः लोप हुँदै गएको छ ।

लोपोन्मुख अवस्थामा पुगेकाले स्थानीय युवाले पिङ संरक्षणमा सक्रिय भूमिका खेल्दै यस परम्परालाई निरन्तरता दिएको भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पिङ बिना गाउँमा दसैँ जस्तो लाग्दैन । लोप हुन नदिन समुदायबाट बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो ।” क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ ।

यस्तै, बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले मौलिक संस्कृतिको संरक्षणका लागि पिङ बनाउने परम्परालाई निरन्तरता दिइएको बताउनुभयो । खर्च जुटाएरै भए पनि परम्परालाई निरन्तरता दिदै आएको उहाँको भनाइ छ ।

स्थानीय बुढापाकाको अनुभव अनुसार केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने पिङ अहिले हराउँदै गएको छ । व्यास–७ कलेस्तीका प्रदीप घिमिरेले दसैँ र तिहारमा पिङमा मच्चिने रमाइलो परम्परा अहिले लोप हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा नै चर्के पिङ, रोटे पिङ, लिङे पिङ देखिदैनन् । हाम्रा परम्परालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ । संरक्षण गर्न सकिएन भने पछिल्ला पुस्ताका लागि पिङ कथा जस्तै लाग्नेछन् ।”

पिङ निर्माणका लागि बलियो सालको काठ आवश्यक पर्छ । त्यसका लागि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । जनशक्ति र सीपको कमी, प्रविधिको विकास र आधुनिक मनोरञ्जनका विकल्पले गर्दा पनि पिङ लोप हुने खतरा बढ्दै गएको छ ।

पिङ वर्षौ पुरानो र जीर्ण अवस्थामा पुग्न लागेकाले संयमित भएर खेल्न र खेलाउन आग्रह गरिएको चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले बताउनुभयो । उहाँका अनुसार मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी खेल्न तथा खेलाउन पूर्ण रुपमा रोक लगाइएको छ । उहाँले भन्नुभयो, “हर्षोल्लासका साथ दसैँ, तिहार मनाउन राखिएको पिङको पनि संरक्षण गर्दै सम्भावित दुर्घटनालाई न्यूनीकरणमा समेत आफैँ सचेत हुनुपर्छ ।”

Previous Post

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

Next Post

असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In