• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

metakhabar by metakhabar
९ अशोज २०८२,
0
‘जसलाई गरिबीले पलपल मारिरहेको छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, ९ असोजः लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ । झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन । असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधीहुरी चलेको छ ।

श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकैपटक आइपरेको छ । “तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन । कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ”, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उहाँले हामीसँग भन्नुभयो । तीन नाबालक छोराहरू, जो क्रमशः कक्षा ९, ८ र ५ मा अध्ययनरत छन् । आमासँग कुरा गरिरहँदा बुबाको मृत्युबारे बुझे÷नबुझे झैँ अनुहार लुकाउँदै तीनै भाइ भित्तातिर हेरेर टोलाइरहेका थिए ।

बद्री पासवान चार वर्षदेखि गम्भीर रोगसँग लडिरहनुभएको थियो । सुरुमा उहाँलाई ‘डाइबेटिज’ भयो, पछि दुवै मिर्गौलाले काम नगरेर प्राण त्याग गर्नुप¥यो । सीता र छोराहरूको सङ्घर्ष त उहाँ बिरामी भएसँगै सुरु भइसकेको थियो । मृत्युले त त्यो पीडालाई नयाँ रूप मात्रै दिएको हो । अब त त्यो पीडालाई एकल जीवनको जिम्मेवारीले थिचेको छ ।

पाँच धुर गाउँब्लकको जमिनमाथि बनेको माटोको झुप्रोमा पासवान परिवारले टाउको लुकाइरहेको छ । नगरपालिकाले जस्ता दिने भनेको छ, तर त्यो छानो हाल्न सक्ने आर्थिक स्थिति छैन । “दैनिक ज्यालामा गुजारा चलाउँदा छाना बनाउने खर्च कहाँबाट ल्याउनु !” सीता भन्नुभयो ।

विगतमा उहाँले श्रीमानको पीडासँग सङ्घर्ष गर्नुभयो । अहिले श्रीमानको अनुपस्थितिमा सङ्घर्षको दायरा थप फराकिलो भएको छ । यो सम्झँदा सीताका आँखामा आँसु रोकिँदैनन् । “जब छोराहरूलाई भोकै सुत्न बाध्य हुन्छन्, तब भोकभन्दा ठूलो पीडा हुन्छ । स्कुल शुल्क तिर्न नसक्दा, किताब किन्न नसक्दा भविष्यको बाटो छेकिएको महसुस हुन्छ”, उहाँ भन्नुहुन्छ ।

छिमेकी राजकुमार सदा पासवान परिवारको पीडाले भावुक बन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बद्री त गइहाले, तर त्योभन्दा ठूलो पीडा यो परिवारको हालत देख्दा हुन्छ, मन भक्कानिन्छ । खाने अन्न छैन, बस्ने घर छैन । गरिबीले पलपलमा दुःख दिइरहेको छ ।”

सँगै मर्ने बाँच्ने कसम खाएका जीवन साथी गए । बाँचेकाहरू पनि अभावसँग लड्दैछन् । त्यसैमा चार वर्षदेखि बेपत्ता एउटी छोरी सम्झदा झन् पीडा हुन्छ सीतालाई । “मानसिक अवस्था ठीक थिएन, केही वर्षअगाडि सडकमा देखेको भनेर कसैले भनेका थिए, तर खोज्न सकिनँ, अब पश्चातापबाहेक केही छैन”, उहाँले भन्नुभयो ।

बद्रीको मृत्युपछि लहान नगरपालिकाले राहतस्वरूप केही खाद्य सामग्री दिएको थियो । यसले केही दिन चुल्हो बले पनि अभाव हट्ने कुरो भएन । नगरप्रमुख महेशप्रसाद चौधरी भन्नुहुन्छ, “यो राहत तत्कालका लागि हो, तर दीर्घकालीन समाधानका लागि पनि पहल गर्नेछौँ ।” नगर क्षेत्रभित्रका विपन्न परिवारमा कसैको मृत्यु भएमा नगरपालिका राहत लिएर पुग्ने गरेको उहाँको भनाइ छ । “मेरो कार्यकालमा दुई सयभन्दा बढी मुसहर समुदाय र सयौँ दलित, गरिब परिवारलाई राहत वितरण भइसकेको छ । यो पासवान परिवारलाई पनि थप सहयोग गर्छौं”, नगरप्रमुख चौधरीको भनाइ छ ।

वडा नं १४ का अध्यक्ष धानिकलाल यादवले नरपालिकासँग समन्वय गरेर पासवान परिवारका लागि घर बनाउन पहल गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एक त गरिबी, त्यसैमा श्रीमान्को मृत्यु, अनि छोरी हराएको पीडा । यी सबै सीता दिदीका लागि असह्य बनेका छन् । यस्ता समस्यामा परेकालाई तत्काल राहत दिनु र दीर्घकालीन उपायको खोजी गर्नु हाम्रो कर्तव्य हो ।” वडाध्यक्ष यादवका अनुसार घर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पालिकास्तरमा छलफल चलिरहेको छ ।

सीता भने ‘घर’ मात्रै नभई त्यसभित्रको भविष्य झन् महत्त्वपूर्ण रहेको बताउनुहुन्छ । “त्यो भविष्य भनेको छोराहरूको शिक्षा हो । यदि समयमै साथ, सहारा र सहयोग पाइयो भने मेरा सन्तानले बुबाको सपना पूरा गर्न सक्छन्”, उहाँ भन्नुहुन्छ ।

सीता पासवानको आँखामा आँसु मात्रै होइन, आशा पनि देखिन्छ । एक दिन त केही राम्रो हुनेछ, केही उज्यालो हुनेछ भनेर । सबैबाट सहयोग भए मात्रै यो आशा पूरा हुन सम्भव रहेको उहाँको बुझाइ छ ।

Previous Post

दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In