• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, November 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

    समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

    शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

    शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

    गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

    गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

    सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

    सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

    भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

metakhabar by metakhabar
९ अशोज २०८२,
0
दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), ९ असोजः बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ ।

जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमारा नराखी माझी समुदायले दसैँ मनाउने गरेका छन् । जमराबिना दसँै मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन् ।

जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दसैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताउनुभयो । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको उहाँको भनाइ छ । करिब डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताउनुभयो ।

यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दसैँ भने मनाउँदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दसैँ भने मनाउँदै आएका छौँ”, माझीले भन्नुभयो ।

स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताउनुभयो । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उहाँले सुनाउनुभयो ।

खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।

Previous Post

क्याट्रिना कैफ आमा बन्दै

Next Post

‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

metakhabar

metakhabar

सम्बन्धित खबर

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति
आर्थिक

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

२९ कार्तिक २०८२,
शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी
फिचर-ब्यानर

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

२९ कार्तिक २०८२,
गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
फिचर-ब्यानर

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

२९ कार्तिक २०८२,
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
आवाज

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

२९ कार्तिक २०८२,
ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन
आवाज

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

२९ कार्तिक २०८२,
भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार
आवाज

भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

२९ कार्तिक २०८२,
Load More
Next Post
‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In