काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।
डा। केसीले २० औँ अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा। केसीले २० औँ पटक अनसनमा बस्न पर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।
आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा। केसीले सोमबार धनगढीमा गई २०औँ अनसन सुरु गरेका हुन् ।
‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्विकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन रु वेलैमा सोचौँ,’ डा। भट्टराईले भनेका छन् ।