• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कराची (पाकिस्तान)। पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका छन् ।

शनिबार मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिए । मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उनले उल्लेख गरे ।

उनको चेतावनीसँगै पञ्जाबका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन् ।

भारी वर्षाका कारण बढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो । अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्युजले जनाएको छ ।

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन् ।

मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन् । उनले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्नसक्ने जानकारी दिए ।

मेमनले ब्यारेजहरूको हालको अवस्था पनि सार्वजनिक गरे। उनका अनुसार गुड्डु ब्यारेजले तीन लाख ५१ हजार क्युसेक, सुक्कुरले दुई लाख ८९ हजार क्युसेक र कोट्रीले दुई लाख ५१ हजार क्युसेक पानी छोडिरहेका छन् । यी ब्यारेजहरूको क्षमता क्रमशः १२ लाख, नौ लाख र छ लाख क्यूसेक छ । हाललाई स्थिति स्थिर रहेको र आगामी दिनमा भारी वर्षा नभए अवस्था नियन्त्रणमै रहने अपेक्षा गरिएको उनले बताए ।

सहरी केन्द्रहरू तत्काल जोखिममा नरहेको उल्लेख गर्दै मन्त्री मेमनले जनतालाई अनावश्यक त्रास नलिन आग्रह गरे । प्रान्तीय सरकार आफैँ सक्षम भएकाले सेनाको सहयोग लिनुपर्ने आपत्कालीन अवस्था अहिलेसम्म नभएको पनि उनले प्रष्ट पारे ।

कच्छ (नदी) क्षेत्रका बासिन्दालाई जोखिमबारे सचेत पारिएको उनले जानकारी दिए । उनका अनुसार त्यहाँका मानिसहरू सामान्यतया नदीको पानीको व्यवहारबारे सचेत हुने भएकाले पानी बढ्दा स्वेच्छाले सुरक्षित क्षेत्रमा जान्छन् वा आफन्तकहाँ बस्न पुग्छन् ।

गाईवस्तुका लागि करिब तीन सय शिविर स्थापना गरिएको छ भने नदी किनारमा रहेका १५ जिल्लालाई नजिकबाट निगरानी गरिएको पनि उनले बताए ।

“पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो । नदी किनारभित्र कुनै पनि प्रकारको निर्माण कहिल्यै हुनु हुँदैन”, उनले चेतावनी दिँदै ब्यारेजमा पानीको बहाव र बहिर्गमनसम्बन्धी जानकारी प्रत्येक तीन घण्टामा सार्वजनिक गरिने बताए ।

Previous Post

चितवनका दुई हात्ती कतार पठाइँदै

Next Post

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In